पत्रकार सन्तोषलाई पितृ शोकमा, बुवाको स्मृतिमा हिकान्त गन्धर्व संगीत पत्ररिताका पुरस्कारको घोषणा

रोल्पा समाचारदाता
रोल्पा, २२ चैत्र

                                           छाेरा  सन्ताेस

पत्रकार तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सन्तोष गन्धर्वलाई पितृ शोक परेको छ । बुवा हिमकान्त गन्भर्बको चैत्र १७ गते निधन भएपछि पृतशोक परेको हो ।

पुख्यौली घर त्रिवेणी गाउँपालिका वडा नं. ३ लिङदुङ बुढागाउँ निवासी हिमकान्त २०१४ साल पौष १४ गते जन्मिनुभएको थियो । स्वर्गिय हिमकान्त गन्धर्वको २ महिनादेखि २३ दिन विर अस्पतालमा र २ दिन भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । मृतकको २०७६ साल चैत्र १७ गतेका दिन ६२ वर्षको उमेरमा निधन भएको हो । उनको मंगलबार नै दाहसंस्कार गरिएको छ । स्वर्गीय हिमकान्त गन्धर्वका एक छोरा, एक  छोरी एक पत्नी छन् । केन्द्रिय सचिव सन्तोष गन्धर्व रेडियो कान्तिपुरमा कार्यरत छन् । हाल उनका परिवार घोराही उपमहानगरपालिका ११ पालसीपुरमा बस्दै आउनुभएको छ । हिमाकान्तले ४० वर्षदेखि रोल्पाको लिबाङ लगायत रोल्पा जिल्लाको महत्पूर्ण स्थानहरुमा सांगीको धुनबाट प्रत्येक दशैमा दुर्गाको गीत गाउनु हुन्थ्यो । दशै भित्र्याउने र विदा गर्ने गर्ने हुन्थ्यो । मिजासिलो एवं मिलनसार स्वभाव भएका हिमकान्त रोल्पा जिल्लामा विभिन्न सामाजिक संघ सँस्थाहरुबाट पनि सम्मानित हुनुभएको थियो ।

बुवा हिमकान्त

बुवाको निधन भएपछि छोरा सन्तोष गन्धर्वले बुवाको स्मृतिमा हिमकान्त गन्धर्व संगीत पुरस्कार स्थापना गर्ने बताउनुएको छ । रोल्पा समाचारका सम्पादक एवं नेपाल पत्रकार महासंघ रोल्पाका पाँचौ अधिवेशका प्रथक कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मासँग टेलिफोनमा कुरामा सो विचार व्यक्त गर्नुभएको हो । सन्तोले भन्नुभयोः–‘बुवाले ४० वर्ष पहिलेदेखि रोल्पामा सांगीतिक यात्रामा कदम चााल्नु भयो, उहाँको स्मृतिमा हाल २० हजारको कोष स्थापना गर्नेछाँै । त्यो पछि थप्दै जानेछौँ । नेपाल पत्रकार महासंघ रोल्पा शाखाले व्यवस्थापन गरिदिनु पर्दछ ।’
हिमकान्त गन्दर्भ संगीत पत्रकारिता पुरस्कारबाट रोल्पा जिल्लाबाट पत्रकारिता र संगीतको क्षेत्रमा कलम चलाउनेलाई पुरस्कृत गर्न सकिने गरी बचन दिनुभएको प्रथमक कार्याकालका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । उहाँको वुधाको निधनप्रति रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक तथा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रथम कार्यकालका अध्यक्ष मासिंह विश्वकर्माले मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

You may also like