राेल्पाकाे एक क्वारेन्टाइनमा झुण्डिएर आत्म हत्या गर्ने पुरूषामा काेरोना संक्रमित पुष्टि

राेल्पाकाे एक क्वारेन्टाइनमा झुण्डिएर आत्म हत्या गर्ने व्यक्ति कोरोना संक्रमित पुष्टि
रोल्पा समाचादाता
लिबाङ–रोल्पा


गंगादेव गाउँपापिलकाको एक गाउँको गोठको क्वारेन्टाइन झुण्डिएर आत्महत्या गरेका ३१ वर्षीय पुरुषमा नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको रिर्पाेट आएको छ । मृतक पुरुषले यही महिनाको १८ गते क्वारेन्टाइनमै आत्महत्या गरेका थिए ।
ति युवाले क्वारेन्टाइनमा झुण्डिएर आत्महत्यापछि मृतकको स्वाब संकलन गरी परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो । यस अस्पतालबाट स्वाब परीक्षणबाट मृतक पुरुषमा कोरोना भाइरस संक्रमित रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानामगरले बताउनुभयो । मृतकमा कोरानो भाइरस संक्रमित देखिएपछि झुण्डिएको अवस्थामा शव निकाल्ने, बोक्ने र पोष्टमार्टमका लागि अस्पतालनसम्म पु¥याउन गएका आफन्त र छिमेकीमा त्रास फैलिएको छ । यस गाउँपालिका–५ का वडा अध्यक्ष मानबहादुर डाँगीले मृतकको कन्ट्याक्टमा रहेका सबैको पहिचान गरी क्वारेन्टाइनमा राख्न र गाउँलाई सिल गर्ने तयारी भएको बताउनुभयो । यस वडा सदस्य कमलप्रकाश खत्री र लक्ष्मी बुढा मृतकको गाउँ पुगेर कन्ट्याक्ट ट्रेसिङमा जुटेनुभएको छ । मृतकका माहिला भाइका अनुसार आत्महत्या गर्ने भाइ आठ महिनाअघि वैदेशिक रोजगारीका लागि दुबई गएका हुन् । कोरोना भाइरस महामारीका कारण उनलाई कम्पनीले नेपाल फर्काएको हो । उनी असार १० गते गाउँ फर्किएका थिए । गाउँ फर्किएपछि वडापालिकाले विद्यालयमा तय गरेको क्वारेन्टाइनमा बसेका थिए । गुराँसे तारा प्राथमिक विद्यालय क्वारेन्टाइनमा भारतबाट गाउँ फर्किएका ७ जना पनि बस्दै आएका छन् । भारतबाट फर्किएकाले तेस्रो मुलुकबाट फर्किएकालाई आफूहरुसँगै राख्न नहुने भन्दै अलग राख्न अनुरोध गरेका थिए । विद्यायलको क्वारेन्टाइनमा नराख्न गुनासो आएपछि दुबईबाट फर्किएका छोरालाई बुबाले भाइको गोठमा क्वारेन्टाइन गर्ने गरी जिम्मा लिएका थिए । घरदेखि करिब अढाइ सय मिटर नजिकैको काकाको गोठमा असार ११ गतेदेखि क्वारेन्टाइन बस्दै आएका थिए । आत्महत्या गर्ने पुरुषको बुबाले घर नजिकैको गोठमा क्वारेन्टाइन बनाइ राख्ने र खाना पु¥याउन सजिलो हुने भनेपछि विद्यालयको क्वारेन्टाइनबाट पठाएका वडा डाँगीले बताउनुभयो । विदेशमा पनि दुई महिना क्वारेन्टाइनमा बसेको मृतकका भाइले जानकारी दिनुभयो । भाइको अनुसार गोठमा बस्ने व्यवस्था मिलाउँदै गर्दा स्वास्थ्यमा समस्या नभए घरपरिवारसँगै बस्नुभन्दा दाइले १४ दिन क्वारेन्टाइनमै बस्छु भनेको बताउनुभयो । क्वारेन्टाइनमा बसेको समयमा परिवारका सदस्यलाई पनि आफ्नो नजिक नआउन भन्नेको बताउनुभयो । मृतक पुरुषको पत्नी, आमा र छोरोछोरीले खाना टाढैबाट पु¥याउन जाने गरिरहेका थिए । परिवारका सदस्य कहिलेकाहीं टाढाबाट गफ गर्न जाने गरेको बुझिएको छ । कुराकानीकै क्रममा विदेशमा पनि कमाइ नभएको, ऋण कसरी तिर्ने होला, छोराछोरीलाई कसरी पढाउने भन्ने गरेको आफन्त बताउँछन् । बुधारबार बिहान पत्नीले गोठमा रहेका पतीलाई फोन गरेकी थिइन् । मोबाइल नउठेपछि छोराछोरीलाई गोठमा हेर्न पत्नीले पठाइएकी थिइनन् । छोराछोरी गोठमा जाँदा प्रवेश ढोका बन्द रहेको थियो । बाहिरबाट जोडले बोलाउँदा पनि केही प्रतिक्रिया नआएपछि आमा र परिवार अन्य सदस्य गोठमा पुगेको मृतक भाइले जनाए ।

ढोका खोलेर हेर्दा, सुत्ने कोठादेखि पल्लो कोठामा गएर वुईगल जाने भ¥याङ माथिको दलिनमा झुण्डिएको हुन् । मृतकका पत्नी सहित दुई छोरा र दुई छोरी छन् । करीव ७ वर्ष साउदीमा बसेर गाउँ फर्किएका मृतक दुई वर्ष गाउँमै बसेका थिए । परिवार पाल्ने चिन्ताले नै उनी २०७६ मंसिर २९ गते दुबई पुगेको थिए । दुवैको कम्पनीमा पुगेपछि करीव एक महिनामात्र काम भएको आफन्तसँग सुनाएको बुझिएको छ । आत्महत्या गरेका पुरुषमा कोरोना भाइरस संक्रमित रिर्पाेट आएपछि गाउँले त्रसित बनेका छन् । घटनास्थल पुगेका र शव पोष्टमार्टमका लागि अस्पताल पठाउन खटिएका आफन्त र छिमेकीमा त्रास फैलिएको छ । वडा अध्यक्ष सहितका जनप्रतिनिधिले गाउँ सिल गर्ने तयारी गरेको बताएको छ । झुण्डिएको शव निकाल्न र पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजान १३ जना आफन्त खटिएका थिए । गाडीमा लैजान उनीहरुले आधा घण्टा टाढाको सडकसम्म शव बोकेका थिए । शव बोकेर सडकसम्म पुगेका मध्ये चारजना शवसँगै गाडीमा तुलसीपुर पुगेका छन् । बाँकी गाउँ फर्किएका थिए । गाउँ फर्किएका परिवारसँग घुलमिल भएको हुनसक्ने अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रानामगरले आत्महत्या गरेका पुरुषसँगको कन्ट्याक्टमा रहेका सबैको पहिचान गर्न निर्देशन दिएको जनाए । सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरी तत्काल जाँच गर्ने जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अनिल के.सी.ले कन्ट्याक्ट ट्रेसिङबाट कति जनाको स्वाब लिनुपर्ने हुन्छ त्यसको जानकारी आउने वित्तिकै स्वाब संकलन गरिने बताउनुभयो । शव उठाउन खटिएका सबैलाई क्वारेन्टाइनमा राख्ने र परिवारलाई होम क्वारेन्टाइनमै राखेर गाउँ सिल गर्ने जनप्रतिनिधिले जनाएका छन् । आत्महत्या भएको स्थानमा पुगेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी र आफन्तको समेत कोरोना भाइरस छिट्टै परीक्षणको व्यवस्था मिलाइ दिन वडा सदस्य लक्ष्मी बुढाले माग गर्नुभएकाे छ ।

You may also like