नव आगुन्तक प्र.जि.अ. रानामगरलाई स्वागत सहित नियमित ७३ औं श्रष्टा चौतारी

नव आगुन्तक प्र.जि.अ. रानामगरलाई स्वागत सहित नियमित ७३ औं श्रष्टा चौतारी
असार १७ गते
लिबाङ–रोल्पा


राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाद्वारा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरलाई आज स्वागत सहित नियमित ७३ औं श्रष्टा चौतारी सम्पन्न भएको छ ।
यस जिल्लाको नव आगन्तुक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई राप्ता साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायले फूलमालाले स्वागत गर्नुभएको थियो ।

स्वागत कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगर, रोल्पा नगरपालिका कार्यालय रोल्पाको नगर प्रमुख पुर्ण के.सी, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाको अनुसन्धान अधिकृत लक्ष्मण चौधरी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश   न्यौपाने सहित सरोकारवाला निकायहरुको आतिथ्यता थियो ।
यस जिल्लामा राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा विभिन्न साहित्यिक परिषद्, प्रतिस्थानको समन्वयमा सम्पन्न हुँदै आएको श्रष्टा चौतारीको श्रृङ्खला नोबेल कोरोना भाइरस नियन्त्रणका लागि संघीय सरकारद्वारा जारी लक डाउनको कारण रोखिएको थियो । लक खुकुलो भएपछि ७३ औं श्रष्टाचौर श्रृङ्खला सम्पन्न भएको छ । यस श्रृङ्खलामा जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगर, जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगर, जिल्ला समन्वय समिति रोल्पाको समन्वय अधिकारी टंक गौतम, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाको अनुसन्धान अधिकृत लक्ष्मण चौधरी, राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाकी अध्यक्ष कविता उपाध्याय, तिलक संघर्ष मगर, दिलकुमारी बुढामगर, नविन लोचन मगर, दामुमर्सिपूmल, नारायाण जिज्ञासु, शिवराज प्रोखेल, अर्चित बाबु मर्सिपूmल, शुभद्रा गिरी, हरिज घर्तीमगर, घनश्याम बुढाथोकी सहितका साहित्यकारहरुले राचना बाचन गर्नुभएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाकी अध्यक्ष कविता उपाध्यायले यस जिल्ला स्थित साहित्यसँग सम्बन्धि निकायहरुसँग सहकार्य, समन्वयमा श्रष्टा चौतारीबाट साहित्यिक उपलब्धि भएको बताउनुभयो । नव प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरको स्वागत कार्यक्रम सहित नियमित श्रष्टा चौतारी कार्यक्रममा सहभागिताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । लक डाउन यस्तै खुकुलो भएमा आगामी श्रष्टा चौतारीमा उपस्थितिका लागि अनुरोध गर्नुभयो । जिल्ला शाखा रोल्पाको अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य तिलक संघर्ष मगरले गर्नुभएको थियो ।

You may also like