रोल्पामा १७ जना कोरोना संक्रमित जलजला क्याम्पसमा रोल्पा कोरोना अस्पताल

 

रोल्पा समाचार लिबाङ जेठ २८

रोल्पा जिल्लामा १७ जना कोरोना संक्रमित भएका छन् । विहीबार रोल्पा जिल्लाका विभिन्न स्थानीयतहमा गरी १७ जना कोरोना संक्रमति भएका हुन् । रोल्पा जिल्लाका संक्रमितहरुलाई राख्नका लागि जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पालाई जिल्लाको कोरोना अस्पताल बनाइएको छ ।
सुलिन स्मृति गाउँपालिका रोल्पाको विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएका १४ जना र गंगादेव गाउँपालिकामा ३ जना गरी रोल्पामा १७ जना संक्रमित भएका भएका हुन् । रोल्पा जिल्लामा आइशोलेशन व्यवस्थापन समितिका प्रमुख एवं जिल्ला समन्वय समिति रोलपाका प्रमुख राजबहादुर बुढामगरको नेतृत्वमा स्थानीयतहको सहयोगमा अस्पताल निर्माण गरिएको हो । सो जलजला बहुमुखी क्याम्पस लिबाङमा ५० बेडको क्षमता भएको आइशोलेशन निर्माण गर्ने गरी बनाएको रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले बतानुभयो । विहीबार पहिलो पटक सो अस्पतालमा ३ जना संक्रमित लिएर उपचार गरिरहेको सो अस्तालमा उपचारका लागि रहनुभएको प्रमुख एवं डा. अनिल केसीले बताउनुभो ।
यस कार्यमा रोल्पा जिल्लाका स्थानीयतहरुले पनि साधानश्रोतको अभाव हुँदा हुँदै पनि सहयोग गरेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख एवं रोल्पा कोरोना आइसोलेन व्यवस्थापन समितिमा प्रमुख राजबहादुर बुढामगरले बताउनुभयो । यति हुँदा हुँदै पनि रोल्पा जिल्लामा यही रफ्तारले बढ्ने हो भने यस १०० बेडको अस्पताल निर्माण गर्नुपर्ने बताउनुभो ।
रोल्पा जिल्लामा पछिल्लो चरणमा व्यवसायीहरु पनि लगायत नागरिकले बजार खुकुलो बनाउन माग गरेपनि रोल्पा जिल्लाका सरोकारवालाहरुले छलफल र परामर्श गरी लकडाउनलाई अलि व्यवस्थित गर्न सकिन्थ्यो होइन भने अब भयाबह हुने अबस्था देखिएकोछ ।

You may also like