रोल्पा उद्योग वाणिज्य संघ रोल्पाद्वारा कोरोना भाइरस सम्बन्धि प्रेस विज्ञप्ती

२६ चैत्र, लिबाङ–रोल्पा


रोल्पा उद्योग वाणिज्य सघं रोल्पाले आज कोरोना भाइरस सम्बन्धि एक प्रेस विज्ञप्ती जारी गरेको छ ।
विश्यव्यापि रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्वभरी नै त्रास फैलाइरहेको जानकारी गराउँदै विज्ञप्तीमा भनिएको छ, विश्व बजारमै आर्थिक संकट परिरहेको अवस्थामा रोल्पा जिल्ला सहित देशैभरका उद्योग व्यवसायहरुको आर्थिक अवस्थामा नकारात्मक प्रभाव पारेको छ । त्यस्तै रोल्पा जिल्ला भित्र कारोबार गर्ने सम्पूर्ण उद्योगी व्यवसायिहरुले यहि चैत ११ गतेदेखि आफ्नो उद्योग व्यवसाय बन्द गरेको पनि खाद्यन्न सहित दैनिक जनजीवनका लागि आवश्यक पर्ने बस्तुहरु सहज रुपमा उपलब्ध गराउदै आइरहेको र आगामी दिनहरुमा पनि आफु सुरक्षित रही आफुले सकेसम्म खाद्यन्न सहित अत्यावश्यक वस्तु तथा सेवाहरु सर्वसुलभ ढङ्गले उपभोक्ताहरुलाई उपलब्ध गराइदिनुहुन विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

साथै यस कठीन अवस्थामा संघीय सरकारद्वारा यहि २०७७ वैशाख ३ गतेसम्म लक डाउन समय थप गरी उद्योगी, व्यवसायीहरु सहित सम्पूर्ण रोल्पाबासीहरुलाई यो संक्रमणकालीन अविधिभर संयमित रहि आ–आफ्नो घरमा रही आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित गराउने तथा आम उपभोक्ताहरुमा कुनै मानवीय क्षेति हुन नदिई, भविष्यमा आउन सक्ने विषम परिस्थितिको मध्यनजर गर्दै सम्भावित महामारी संक्रमणको जोखिम रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि विश्वभर फैलिइरहेको कोरोना भाइरसको संक्रमण विरुद्धको अभियानमा साथ र सहयोग गरिदिनुहुन पनि रोल्पा उद्योग वाणिज्य सघं रोल्पाका अध्यक्ष विश्कुमार चन्द द्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

You may also like