जिल्ला समन्वय समिति रोल्पाकाे चाेथाै‌ जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समिति रोल्पाको चौथौ जिल्ला सभा सम्पन्न

This image has an empty alt attribute; its file name is j3.jpg


२८ भाद्र, लिबाङ ।
जिल्ला समन्वय समिति रोल्पाको चोथौं जिल्ला सभा आज लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सांसद दीपेन्द्र कुमार पुनले जिल्ला सभाको उद्घाट गर्नुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यन्वयनको जिम्मेवारी पाएको भन्दै यस जिम्मेवारीलाई सक्रिय रुपमा निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले रोल्पा जिल्लाको खाद्यन्न, प्राकृतिक स्रोत साधन, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, आर्थिक अवस्था, लगायतका विषयवस्तुमा व्यापक समीक्षा गर्नुपर्ने आवश्यक औल्याउनुभयो ।

This image has an empty alt attribute; its file name is j1-1-1024x485.jpg

जिल्लाका दश वटास्थानीय तहहरुले फरक÷फकर नीति तथा कार्यक्रम सम्पन्न भएको छन् भने ति कार्यक्रमको समीक्षा गरेर अगाडि बढ्नु पर्ने उहाँले जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रममा पूर्व सांसद लेखनाथ आचार्य, रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, नौं वटा गाउँपालिकाको तर्फबाट लुङ्ग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, नौ वटा गाउँपालिकाका उपाध्यहरुको तर्फबाट परिवर्तन गाउँपालिका गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is j5.jpg

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरले कार्यालयको प्रगति वितरण प्रस्तुत गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is k8.jpg

साथै लुम्बिनी प्रदेश साभ सदस्य सांसद दीपेन्द्र कुमार पुनमगरले रोल्पा नगरपालिकाबाट प्रकाशित ‘नगर किताब’को विमोचन गर्नुभएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारी लगायत सरोकारवाला निकायहरुको उपस्थिति थियो । जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी तिर्थ राज खनालले गर्नुभएको थियो भने स्वागत उपा प्रमुख विमाला बुढा थापाले गर्नुभएको थियो । यो समाचार तयार पार्दासम्म जिल्ला समन्वय समिति रोल्पाको चोथौं जिल्ला सभाको बन्द सञ्चालन भइरहेको आयोजकले बताएको छ ।

You may also like