प्रेस युनियनका केन्द्रीय सदस्य केसीद्वारा कोरोना विरुद्धको लडाईमा विभिन्न सहयोग

रोल्पा समचारदाता


लिबाङ रोल्पा असार १९ रोल्पा जिल्लाका आइसोलेनमा रहेका नागरिकहरुलाई नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसीले एक खानाको व्यवस्था गर्नुभएको छ । शुक्रबार रोल्पा आईसोशन सेन्टरमा रहेका नागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई शुक्रबार साँझको खानाको व्यवस्था गर्नुभएको हो । सो खाना रोल्पा अस्पतालका विकास समितिका अध्यक्ष फविन्द्र आचार्यलाई हस्तातरण गर्नुभएको हो ।
खाना प्रदान कार्यक्रममा उहाँले सबैको सहयोग, सहकार्यमा मात्रै कोरोनासंगको लडाई जित्न सकिने भन्दै त्यही अनुरुप आफूले आफ्नो पुख्यौली गृहजिल्ला रोल्पाको आइसोलेशनमा रहेका नागरिक, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मीलाई एक छाँकको खाना व्यवस्था गरेको बताउनुभयो । उहाँले हरेक नागरिकको केही सहयोगले मात्रै देश र नेपालीले मुक्ति पाउन सकिने बताउँदै सबैलाई कोरोना विरुद्धको लडाईमा होमिन अनुरोध गर्नुभयो । आइसोलेशन निर्माण, आइसोलेशनमा स्वास्थ्यकर्मीको टिम,सुरक्षाकर्मी लगायत सबैलाई धन्यवाद दिनुभएको थियो ।
सो हस्तातरण कार्यक्रममा रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण के.सी., सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा, नेपाली कांग्रेसका रोल्पाका कार्यबाहक सभापति किशोर कुमार आचार्य, नेपाली नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, नेपाल प्रेस युनियन रोल्पाका शाखा रोल्पाका निवर्तमान अध्यक्ष कविता उपाध्यक्ष लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।


यसैगरी शुक्रबार नै नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाको आयोजनमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा समाज सेवि जयसिङ केसीले पत्रकारको सुरक्षाको लागी आज एक कार्यक्रमका विच स्वास्थ्य समाग्री हस्तान्त्रण गर्नु भएको छ । कोरोना भाइरस कोभिड –१९ को यो महामारीमा आफ्नो ज्यान जोखिममा पारी काम गरिरहेका पत्रकारहरुलाई केहि हद सम्म भएपनी सहयोग पुगोस भन्ने उद्श्यले रोल्पामा आइ सेनिटाइजर, मास्क, पिपिइ सेट, प्रेस जकेट लगाएतका स्वास्थ्य समाग्रीहरु नेपाल प्रेस युनियन रोल्पामा आवद्ध पत्रकारहरुलाई हस्तान्तरण गर्नुभएको हो । पत्रकारहरु पनि उच्च जोखिममा रहेर यस्तो विषम परिस्थीतीमा रिर्पोटिङ गरिरहेको हुँदा जिल्ला शाखासगं समन्वय गरि स्वास्थ्य समाग्री सहयोग गर्नुभएको हो ।
समाग्री हस्तान्त्रण गर्दै सदस्य केसीले आफ्नो ज्यान जोखिममा राखेर दिन रात काम गरिरहेका पत्रकारहरु प्रति कसैले चासो नदेखाएको गुनासो गर्दै आफुले करिव २० जना रोल्पाली पत्रकारको कोरोना विमा गरिदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । केसीले हाल सम्म २५ जिल्लामा यस्तै खाले सहयोग गर्दै स्वास्थ्य समाग्री हस्तान्त्रण गरिसक्नु भएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अथितिमा नेपाली काग्रेस रोल्पाका कार्यवाहाक सभापती किशोर कुमार आचार्य रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेपाली काग्रेस रोल्पाका निःवर्तमान पार्टि सभापती तथा समाजसेवि कृष्ण वहादुर घर्ति, नेपाल प्रेस युनियन नेपालका केन्द्रिय सदस्य जयसिङ केसी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि, रोल्पा नगरपालीका वडा नं. १० का वडा अध्यक्ष मान वहादुर खत्रि, नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाका निः वर्तमान सभापती कविता उपाध्य लगाएतले मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रमा प्रेस युनियनमा आवद्ध सम्पुर्ण पत्रकार तथा सञ्चारकर्मि हरुको उपस्तिथी रहेको थियो । प्रेश युनियन रोल्पाका उपाद्यक्ष नरेश आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन रोल्पाका सचिव टंक आचार्यले गर्नुभएको आयोजकले जनाएको छ । विपदको समयमा पनी यसरी आफु जोखीम मोलेरै रोल्पा पुगरेर पत्रकारहरुको सुरक्षाको लागी स्वास्थ्य सामाग्री प्रदान गरेकोमा प्रेस युनियन रोल्पाले केन्द्रिय सदस्य केसीलाई धन्यवाद समेत व्यक्त गरेको थियो । केसीले असार १९ गते साझ कोरोना भाइरस सक्रमण भइ जलजला क्याम्पसमा स्थापना गरिएको आइसोलेसन केन्द्रमा रहेका सम्पुर्ण लाई वेलुकिको खाना गरेको पनी प्रेस युनियन रोल्पाले जनाइएको छ ।

You may also like