निजामति सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम

रोल्पा लिबाङ

रोल्पा समाचारदाता
२०७५ भाद्र २२ गते
नतिजामुखी प्रशासन, समृद्धि र सुशासन भन्ने मुलनाराका साथ १५ औँ निजापति सेवा दिवसको अवसरमा निजामति सेवा दिवस कार्यक्रम सम्पन्न भएको छ ।
निजामति सेवा दिवश कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले समृद्धि नेपाल बनाउनको लागि कर्मचारीको भूमिका प्रमुख हुने भएकाले गर्दा निजामति कर्मचारीहरुले अझै आफ्नो भूमिका निर्वाह गरि दिनका लागि अनुरोध गर्नुभयो । उहाँले आफू सबै सम्बद्ध नेपालका लागि कर्मचारी र जनप्रतिनिधीहरुको सहकार्यमा सम्भव रहेको बताउँदै सबै एक भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले सरकारमा गएपछि सरकारपक्ष जनताबाट अलोकप्रिय बन्दै जाने र प्रतिपक्षमा रहेका शक्तिहरु प्रिय बन्दै जाने प्रवृत्तिका अन्त्य गर्नुपर्ने बताउँदै त्यसका लागि पनि कर्मचारीहरुको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सम्बृद्ध रोल्पाका लागि सबैलाई लाग्न अनुरोध गर्दै त्यसका लागि सबै साथै रहेको बताउनुभयो ।  
कार्यक्रममा आधिकारिक टे«ड यूनियन रोल्पाका उपाध्यक्ष चन्द्र प्रसाद गौतमले निजामिति कर्मचारीहरु देश विकासका प्रमुख आधार भएकोले गर्दा सरकारलाई सफल बनाउने जिम्मेवारी पनि आफरुहरुको काँधमा आएको बताउनुभयो । साथै उहाँले कर्मचारीहरुले पनि जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्ने विचार समेत व्यक्त गर्नुभयो । साथै गौतमले समृद्धि नेपाल र नतिजामुखी सेवा प्रवाहका लामि सबैले सहयोग गर्नो प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मूल आयोजक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महराले यो गणतन्त्रको प्राप्तीको लागि जीवन आहुति दिन शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । यो परिवर्तनलाई सँस्थागत गर्नका लागि कर्मचारीहरुले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा जिल्ला प्राविधिक कार्यालय रोल्पाका प्रमुख एवं खेल उपसमितिका संयोजक गोपीराज पुनमगर, बृक्षा रोपन कार्यक्रममा संयोजक एवं डिजिभन बन कार्यालयका प्रमुख मोहन श्रेष्ठ, रक्तदान उपसमितिका संयोजक एवं जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख शुसिल आचार्य लगागायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।


सो कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष एवं समाचार साप्तहिक÷रोल्पा अफसेट प्रेस लिबाङ रोल्पाका व्यावस्थापक मानसिंह विश्वकर्मा,  नापी कार्यालय रोल्पाका प्रमुख भक्तराज भट्ट, रोल्पा नगरपालिका रोल्पाका प्रमुख प्रशाकीय अधिकृत सावित्रा पुन थापा, जिल्ला समन्वय समिति रोल्पाका जिल्ला खानेपानी कार्यालय,   क्वालीटी सर्भिसका डिल्लीराज आचार्य, प्रधानमन्त्रीका विष्णु प्रसाद शर्मा, बाल कल्याण नमूना माध्यममिक विद्यालय लगायतलाई कार्यक्रम सम्पन्नका लागि आर्थिक तथा विभिन्न क्षेत्रबाट सहयोग गरेकोमा सम्मान गरिएको थियो ।
साथै कार्यmत्रममा खुला भलिबल प्रतियोगितामा निजामति सेवा दिवस मूल आयोजक समिति प्रथम, गैर सरकारी सँस्था महासंघ रोल्पाको टोली दोस्रो, जिल्ला प्रहरी कार्यालय रोल्पाका टिम तृतीय रहनुभएको थियो ।
यसैगरी व्याडमिन्टन डबल तर्फ प्रथम नन्दलाल कवर र केशवराज बुढामगर, द्धितीय इन्द्रमणी पोख्रेल र हेमन्त खत्री तृतीय इन्द्र ढुंगाना र सन्जीत वली, सान्त्वना डिल्लीराज अचार्य र धर्मजीत वि.सी.  सिड्गल तर्फ प्रथम केशवराज बुढामगर, द्धितीय इन्द्र ढुंगाना, तृतीय दलबहादुर रावत र सान्त्वना गोपीराज पुनमगर मगर विजेता हुनुभएको थियो ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर र प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महराले नगद तथा मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका निमित्त जिल्ला समन्वय अधिकारी डम्बर सुनुवार, रोल्पा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा, प्रमुख कोष नियन्त्रक इन्द्रमणी पोख्रेल, जिल्ला स्वाथ्य कार्यालय रोल्पाका डा. शुसिल आचार्य, डिभिजन बन अधिकृत मोहन प्रसाद श्रेष्ठ, जिल्ला प्राविधिक कार्यालय रोल्पाका प्रमुख एवं खेल उपसमितिका संयोजक गोपीराज पुनमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।
१५ औँ निजामतिम सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा गौतमले सञ्चालन गर्नुभएको थियो । निजामति सेवा दिवसको अवसरमै नेपाल आधिकारिक ट्रेड यूनियन रोल्पाले जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफस्ल वितरण समेत गरको छ ।

You may also like