नेकपाका रोल्पा जिल्ला इन्चार्ज जयप्रकाश रोका (प्रताव) सहित २ जना नेता पक्राउ

रोल्पा समारदाता
जेठ २ गते लिबाङ रोल्पा

 


रोल्पामा जिल्ला प्रहरी कार्यालय रोल्पाले नेकपाका कायकर्ता खोजी कार्य अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा रोल्पा जिल्ला इन्चार्ज जयप्रकाश रोका ‘प्रताब’ र नेकपाका लुंग्री गाउँपालिका इन्चार्ज धनबहादुर खत्री ‘टाइगर’, नेकपा कार्यकर्ता भूपेन्द्र जिसीलाई पक्राउ गरेको छ । आज तीनैजनालाई लुंग्री गाउँपालिका वडा नं. १ ऐपेमा कार्यक्रम गरि रहेको अवस्थामा पक्राउ गरेका हो ।

जिल्ला प्रहरीले कार्यालय रोल्पाले नेकपाले कार्यक्रम गरी रहेको सूचनाको आधारमा खोजी गर्दा पक्राउ गर्न सफल भएको जनाएको छ । रोल्पा जिल्ला सुरक्षाकोको एक विशेष सुत्रका अनुसार रोल्पा जिल्ला इन्चार्ज जयप्रकास रोकाको कमाण्डमा रहेको बेलामा दुइवटा सकेट बम, १ वटा पिस्टोल, १७ राउण्ड गोली, १ वटा खुकुरीसमेत फेला पारेको बताउनुभएको छ ।
यसमा नेकपा रोल्पाका एक नेताले भने कार्यक्रम गरि रहेको बेलामा निशस्त्र रुपमा पक्राउ गरेको र पछि आफ्ना कार्यकर्तालाई फसाउनको लागि कार्यक्रम स्थलभन्दा अलि टाढाबाट हतियार लगेको दावी समेत गरेको छ ।

You may also like