“देश सम्बृद्धको दिशामा अगाडि बढेको छ”

––ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर
मानसिंह विश्वकर्मा, रोल्पा ८ मंसिर भाबाङ
ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगर (अनन्त)ले धेरै समय अस्थिरताको राजनीतिबाट मुक्त भई समृद्धको दिशामा अधि बढेको बताउँदै अझै नेपाली जनतालाई समृद्ध गर्नका लागि समृद्ध नेपाल र शुखी नेपालीको नारालाई सार्थक बनाउँनका लागि नेपाल सरकार लागेको बताउनुभयो । यस्तो कुरा मन्त्री पुनमगरले शनिबार गजल स्मृति युवा क्वल भाबाङ रोल्पाको १० औँ वार्षिकोत्सवको उद्घाटन गर्दै बताउनुभएको हो ।


उहाँले नेपाल सरकारले अब ऊर्जा, जलश्रोत तथा सिचाई योजनालाई एकै योजनामा लिएर अगाडि बढाउन सकिने बताउनुभयो । मन्त्री पुनमगरले यो उपलब्धी लिनका लागि जनयुद्धमा धेरै योद्धाहरुको वलिदानले मात्रै सम्भव भएकोले तिनैको सपना पूरा गर्नुपर्ने बताउनुभयो । मन्त्री वर्षमान पुनमगरले सरकारले जति सकिन्छ जनतालाई समृद्ध बनाउनको लागेको कामबाट यथास्थितिवादी शक्ति, परिवर्तनशील शक्तिका विरोधीहरु आत्तिएर बामपन्थी सरकारको विरोध गरिरहेको बताउनुभयो । उहाँले सरकारले सबै कामलाई जनताको हितलाई ध्यानमा राखेर योजना बनाइ रहेको बताउनुभयो । उहाँले राजनीतिक घटनाक्रमहरुले सरकार एक पछि अर्काे सफलता हाँसिल गरेको बताउँदै अगाडि बढेको दावी गर्दै सरकार अझै जनमुखि भएर अगाडि बढ्ने बताउनुभयो ।


नेपाललाई ५ वर्षपछि नयाँ गतिमा विकास गर्ने गरी सरकार लागेको बताउँदै यसलाई नीति तथा कार्यक्रम बनाएर अगाडि बढी रहेकोले अब देश समृद्धको बाटोमा अगाडि बढ्ने बताउनुभयो । उहाँले ऊर्जा मन्त्री समेत रहनुभएका मन्त्री पुनमगरले नेपालको जलश्रोतबाट विद्युत उत्पादन गरी जनतालाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । जनताको  लगानीमा जलविद्युतलाई मुर्तरुप दिनका लागि सरकार लागि रहेको बताउँदै यसलाई तत्काल अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लाको विकास नयाँ गतिमा अगाडि बढेको दावी गर्दै रोल्पाली जनतालाई सुखी बनाउको लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यतामा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो भन्दा पनि जनताको आवश्यकता र स्वार्थलाई केन्द्र विन्दुमा राखेर काम गरिने बताउनुभयो । उर्जा मन्त्री वर्षमान पुनमगरले रोल्पा जिल्ला उज्यालो कार्यक्रम अन्तर्गत अगामी करिव २ वर्ष भित्रमा सबै गाउँलाई उज्यालो हुने दावी गर्दै पश्चिम रोल्पामा सबै काम अगाडि बढेको बताउनुभयो । रोल्पा जिल्लाको मानव विकास, भौतिक पूर्वाधार, जलविद्युत, सडक लगायत सबै विकासको गति नयाँ ढंगले गरिएको समेत दावी गर्नुभयो । रोल्पा जिल्लाले विगत परिवर्तनको लागि गरेको बलिदान राज्यले सम्बोधन गर्न खोजेको तर अझै जनताको आशा अनुसार पुरा नभएको बताउँदै त्यसको लागि निरन्तर लागि रहेको बताउनुभयो । उहाँले युवाहरु सबै समाजको लागि एक भएर लाग्नका लागि समेत अनुरोध गर्नुभयो ।
प्रदेश साँंसद दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लाको विकासका लागि प्रदेश सकार लागि परेको बताउनुभयो । उहाँले रोल्पा जिल्लाको विकासका लागि आफूले पहिले पार्टीको जिम्मेवारी बहन गर्दा पनि सरकार, मन्त्री तथा सभाषदहरुलाई रोल्पा जिल्लाको आवश्यकता र मागलाई निरन्तर रुपमा अगाडि बढाएर काम गरेको र हाल पनि आफ्नो भूमिका कुनै पनि बाकी नराख्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लामा अब खेलकुद तथा मेला मात्रै गराउने भन्दा पनि नियमित बचत तथा उत्पादन तिर ध्यान दिनका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले अब शिक्षा र विद्युतमा सबैको सहयोगबाट विकास गरिने बताउँदै जनताले आर्थिक उत्पादन एवं  नियमित बचततिर लाग्नु भएको थियो । उहाँले लोक सेवा आयोग लगायत अन्य क्षेत्रमा पनि प्रवेश गरी निजामति क्षेत्र तिर समेत संख्या बढाउनको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रमा निर्वमान सभामुख ओनसरी घर्तीमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगर, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महरा, प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्का, सशस्त्र प्रहरी गुल्म रोल्पामा प्रहरी नायव उपरीक्षक रशेम सुवेदी, नेपाल पत्रकार महासंघ रोल्पाका प्रदेश ५ का अध्यक्ष मौसम रोकामगर, रोल्पा काठमाण्डाँै सम्पर्क मञ्च रोल्पाका अध्यक्ष जीवन रोकामगर, नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर,समाज सवेवी हरीसरा घर्तीमगर, माडी ५ वडा अध्यक्ष भरतबहादुर बुढामगर, माडी २ का वडा अध्यक्ष ललित बहादुर घर्तीमगर, सुनछहरी ६ का वडा अध्यक्ष अमरजित पुनमगर रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वली, रेडियो मालाश्रीका मार्केटिङ म्यानेजर लोकेन्द्र चन्द्र लगायत जनप्रतिकिो उपस्थिति रहेको थियो । कार्यक्रम क्लवको अध्यक्ष मानप्रसाद बुढामगरको अध्यक्षतामा भएको थियो भने सञ्चाल लोकेन्द्र बुढामगरले सञ्चालन गर्नुभएको थियो । सन्तबहादु बुढामगरले स्वागत गर्नुभएको थियो । मेलामा विभिन्न स्थानीय झाँकीहरुको सहभागिता रहेको थियो । मयुर नाँच, पैसेरी नाच लगायतको सहभागिताले मेलालाई निकै रोचक बनाएको थियो ।

You may also like