शिक्षामा प्रयाप्त वजेट विनियोजिट गर्नुपर्दछः प्रमुख अतिथि एवं आन्तरिक मामिला तथा कानुन मन्त्री के.सी

लिबाङ–रोल्पा
असार १० गते,


आर्थिक वर्ष २०७६÷२०७७ को रोल्पा नगरपालिका कार्यालय रोल्पाको पाँचा नगर सभा आज रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको सभा हलमा सम्पन्न भएको छ ।
रोल्पा नगपालिका रोल्पाको पाँचौं नगर सभाको प्रमुख अतिथि एवं ५ नंं प्रदेश नेपालको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी.ले आज सम्बोधन गर्दै शिक्षामा धेरै बजेट विनियोजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मानव विकासको पहिलो आधार शिक्षा भएको हुँदा आगामी दिनमा स्थानीयतहहरुलाई शिक्षा क्षेत्रमा प्रयाप्त वजेट विनियोजन गर्न सुझाव समेत दिनुभयो । उहाँले हालसम्म विनियोजिट वजेट सेवामूलकभन्दा बढि भौतिक विकासमा विनियोजन भएको हुँदा अब संघीय सरकार, प्रदेश सरकार, स्थानीयतहहरुले समीक्षा गर्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो । विकासको नाममा गाउँ गाउँमा विस्तार गरिएका सडकहरु प्रयोगबिहीन भएकोले आगामी दिनमा योजना छनौट गर्दा समेत ध्यान दिनुपर्ने प्रमुख अतिथि के.सी.ले बताउनुभयो । प्रयाप्ता कानुन निर्माण नुहँदा नगर÷गाउँ सभाहरु व्यवस्थित बन्न सकेको अवस्थामा अब प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरी नगर÷गाउँ सभाहरु व्यवस्थित बन्ने उहाँले धारणा व्यक्त राख्नुभयो । जिल्लाको समग्र विकासका निम्ति आफुले प्रयत्नशिल छु, आगामी दिनमा जिल्लाका जनप्रतिनिधिहरुसँग सहकार्य समन्वय गर्दै जिल्लाको विकासलाई विशेष प्राथमिकता दिने उद्घोष प्रमुख अतिथि के.सी.ले गर्नुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०७६÷२०७७ को नीति तथा कार्यक्रम रोल्पा नगरपालिका कार्यालय रोल्पाको उपप्रमुख मनकुमारी घर्तीमगरले प्रस्तुत गर्नुभएको थियो । जस अनुसार कार्यक्रममा आर्थिक विकास अन्तर्गत कृषि नीति तथा कार्यक्रम, पर्यटन नीति, उद्योग( घरेलु उद्योग विकास सम्बन्धि नीति, पूर्वधार विकास नीति, मर्मत सम्भार सम्बन्धि नीति, सामाजिक विकास अन्तर्गत शिक्षा सम्बन्धि नीति, स्वास्थ्य सम्बन्धि नीति, खानेपानी तथा सरसफाइ सम्बन्धि नीति, कला तथा संस्कृति सम्बन्धि नीति, समावेशिकरण÷जेष्ठ नागरिक÷ महिला÷ युवा÷ बाल बालिकाका तथा शहिद परिवार सम्बन्धि नीति, युवा तथा खेलकद नीति, समाजिक सुरक्षा नीति, वन वातावरण तथा विपद व्यवस्थापन नीति, सुशासन तथा संस्थागत सम्बन्धि नीति अन्तर्गत आन्तरिक आय वृद्धि÷ कर÷ राजश्व परिचालन सम्बन्धि नीति, मर्यादा पालन सम्बन्धि नीति, सार्वजनिक नीजि साझेदारी नीति, सामाजिक परिचालन तथा टोल विकास नीति, सूचना तथा संञ्चारन नीति, न्याय सम्बन्धि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा कार्यक्रममा रोल्पा नगरपालिका कार्यालय रोल्पाका प्रवक्ता मिमबहादुर घर्तीमगरले आर्थिक वर्ष २०७६÷२०७७ का लागि कार्यक्षेत्रगत व्यवय अनुमन वजेट प्रस्तुत गर्नुभएको थियो । जस अनुसार नगरपालिकाबाट विनियोजिट वजेट १० करोड ९६ लाख ५० हजार, ५ नं. प्रदेश सरकारबाट सर्शत कार्यक्रम अन्तर्गत ३६ करोड, २४ लाख, ५० हजार, संघीय सरकारबाट सर्शत कार्यक्रम अन्तर्गत २१ करोड १९ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रम १७ लाख २८ हजार र समाजिक सुरक्षा कार्यक्रम ५ करोड ५० लाख गरी जम्मा २६ करोड ८६ लाख २८ गरी ६३ करोड १० लाख ७८ हजार बजेट प्रस्तुत गर्नुभएको थियो । जसमध्ये नगरपालिकाको आर्थिकतर्फ जम्मा २ करोड ७८ लाख, समाजिक विकासतर्फ ३ करोड ५५ लखा, पूर्वाधारतर्फ १७ करोड ९५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १० करोड ९६ लाख ५० हजार वजेट विनियोजट प्रस्तुत गरिएको थियो ।

साथै उहाँले नगरपालिकको दशैओटा वडाबाट छनौट भएका योजना र संघीय सरकार र प्रदेश सरकारसँग माग गर्नेपर्ने योजना समेत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवं जिल्ला समन्वय समिति रोल्पाको राजबहादुर बढामगर, अतिथिहरु प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रतिनिधि लिलाराम आचार्य, खद्ग दल गण रोल्पाको प्रतिनिधि सेनानी नवराज श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाको अनुसन्धान अधिकृत कुलचन्द नेपाल, कृषि ज्ञानकेन्द्र रोल्पाको प्रमुख रमेश धिताल, कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाको कोष नियन्त्रक प्रमुख सुदाम भट्ट, जलजला बहुमुखी क्याम्पस रोल्पाको क्याम्पस प्रमुख विष्णु आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने लगायतका आतिथ्यता थियो । रेडियो रोल्पा, रेडियो जलजला, रेडियो मालश्रीले नगर सभाको प्रत्यक्ष प्रसारण गरेका थिए । नगर प्रमुख पुर्ण के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत सावित्रा पुन थापाले गर्नुभएको थियो ।

You may also like