चिन भ्रमणपछि अध्यक्ष विश्वकर्माद्वारा भ्रमण पछि भेटघाट

रोल्पा समाचारदाता
भाद्र १८ रोल्पा
नेपाल पत्रकार महासंघ रोल्पा अध्यक्ष मानसिंह विश्वकर्मा गणतन्त्र चिनमा चिन सरकार र गरिवी निवारण कोषको निमन्त्रणामा साताव्यापी भ्रमणपछि आज रोल्पा पर्किनु भएपछि रोल्पा जिल्लाका पत्रकारसँग भेटघाट तथा चियापानको आयोजना गर्नुभएको छ ।


आज रोल्पा जिल्लाको लिबाङमा आयोजित सो कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्षले आफ्नो चिन भ्रणणका लागि रोल्पा जिल्लाका पत्रकारहरुको योगदान भएकोले धन्यवाद व्यक्त गर्नुभएको थियो । विश्वकर्माले चिन भ्रमणका गरिवी निवारण कोष चिनले ०२० सम्ममा चिनका सबै गरिवलाई गरिवी निवारण गर्नका लागि गरिएको विभिन्न सफल प्रयास, चिनमा भएको सञ्चार क्षेत्रको विकास लगायतको विषयमा भ्रमण निकै उपलब्धी मुलक र ज्ञानवर्धक रहेको बताउनुभयो । उहाँले चिन छिमेकी राष्ट्रभएपछि जानका लागि कठिन रहेपछि आफूलाई नेपालका जिल्ला शाखाका अध्यक्षहरुमा छनौट गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले चिन सरकारले गरिवी निवारणका लागि वस्ती सार्ने, पर्यटन, उद्योग, व्यापार, कृषि, शिक्षा लगायतको क्षेत्रमा काम गरिरहेको बताउँदै सो कुराबाट नेपाल र नेपालीले पाठ सिक्नु पर्ने बताउनुभयो ।


साथै उहाँले चिनले विश्वमा नै आफ्नो हैसियत नयाँ स्तरबाट काम गर्न खोजेको बताउँदै त्यसलाई अब विश्व व्यापी करण गर्नका लागि लागि रहेको बताउनुभयो । साथै आफ्रूले चिनको सिचुवान प्रान्तको छिन्डु एरपोटबाट पुर्वी आङ शरहको हिमाली पहाडी गाउँमा सञ्चालन गरिएको होमस्टे, मिङ पहाडको राष्ट्रिय चियान उद्योग, किवी उद्योग, गरिवी निवारणका लागि गरिएको प्रयासबारेमा भ्रमण सफल रहेको बताउनुभयो । उहाँले चिनको सफा सडक, सुरङमार्ग, शिक्षा, सञ्चार, राजनीतिको क्षेत्रमा गरिएको प्रयासबाट आफू निकै प्रभावित भएको बताउनुभयो । उहाँले चिनका नागरिकहरुले श्रमप्रतिको सम्मान, आफ्नै प्रविधी, आफ्नै जनशक्तिबाट विकास गरिएको समेत बताउनुभयो ।
कार्यक्रमा उहाँले सिचुवान प्रान्तका महत्वपूर्ण स्थान, बेजिङको ग्रेटवाल, ओलम्पिङ खेल मैदान, लगायत अन्य प्रर्यटन क्षेत्रकोमा अबलोकन, साथै यूनान प्रान्तको कुन्मिङ लगायतको क्षेत्रको अवलोकन गरिएको बताउनुभयो ।
चियानपान कार्यक्रममा रोल्पा जिल्लाका नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खेम बुढामगर, केन्द्रीय पासर्द दयाराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष दारासिंह डाँगी र देवी गुरुङ लगायत अन्य विभिन्न जिम्मेवार निकाहरुको सहभागितामा रहेको थियो । अध्यक्ष विकद्वारा नयाँ सँस्कारको शुरुवात गरिएको प्रतिक्रिया सहभागिहरुले दिएका थिए ।

You may also like