रोल्पा नगरपालिकाले भाेलीबाट रेडियो शिक्षा कार्यक्रम सञ्चालनकाे तयारी 

रोल्पा नगरपालिकाले भाेलीबाट रेडियो शिक्षा कार्यक्रम सञ्चालनकाे तयारी
असार, ६ गते
लिबाङ–रोल्पा


रोल्पा नगरपालिकाको कार्यालय रोल्पाले नोबेल कोरोना भाइरस (कोभिड–१९) रोगको यो जोखिमपूर्ण परिस्थितमा संघीय सरकारको निर्देशन अनुसार रेडियो शिक्षा कार्यक्रम शुरु गर्ने निर्णय हिजो (शुक्रबार) पारित भएको छ । नगरपालिकाको निर्णय अनुसार आजबाट रेडियो शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।
नगर प्रमुख पूर्ण के.सी.ले रेडियो शिक्षा कार्यक्रमले विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुग्ने बताउनुभयो । रोल्पा नगरपालिकाक शिक्षा शाखा प्रमुख तथा उपसचिव महेन्द्र पराजुलीले रोल्पा नगरपालिकाका तीन आटै रेडियोहरुबाट विभिन्न विषयगत शिक्षकहरु मार्फत रेडियो शिक्षा कार्यक्रम उत्पादन गरी प्रशारण गर्ने बताउनुभयो ।

जसकालागि रोल्पा नगरपालिकाले नगरक्षेत्रभित्र रहेका रेडियोहरु रेडियो रोल्पा, रेडियो जलजला र रेडियो मालश्रीबाट प्रत्येक आईतबार दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म प्रशारण गर्ने निर्णय गरेको छ । तिन वटै रेडियोका प्रतिनिधिहरुको उपस्थितिमा भएको निर्णयले रेडियो मालश्रीको स्टुडियोबाट कार्यक्रम उत्पादन गर्ने र तीन ओटै रेडियोबाट प्रशारण गर्ने आन्तरिक सहमति समेत गरेका छन् । नगर उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल सहितको उपस्थितिमा भएको छलफलले रेडियो शिक्षा कार्यक्रम प्रभावकारी बन्न सक्ने अपेक्षा गरेका हुन् ।
शैक्षिक सत्र २०७७ सुरुवात भएपनि हालसम्म विद्यालय खुल्न सकेको छैनन् । धेरै विद्यार्थीहरु विद्यालय बन्द हुँदा खाली समय बिताइरहेका छन् । केही विद्यार्थीहरु इन्टरनेटको पहुँचमा पुगको विद्यार्थीहरुले नियमित अध्यायन गर्दै आएका छन् । तर, धेरै विद्यार्थीहरु इन्टरनेटको पहँुच नहुँदा अध्यायनमा थप प्रभाव परेको छ । ति विद्यार्थीको अध्यायनमा थप सहजता ल्याउने उद्वेश्य सहित रेडियो कार्यक्रम नगरपालिकाले सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाको रेडियो कार्यक्रमले अन्य स्थानीयतहका विद्यार्थीहरुलाई पनि अध्यायनमा थप सहयोग पुग्ने भएको छ । प्रया व्यक्तिहरुमा सेवा सुविधा सहित सामान्य मोबाइल सेट भएकाले पनि रेडियो कार्यक्रम प्रभावकारी बन्न सक्ने सरोकारवाला निकायको विश्वास छ । यो कार्यक्रम सञ्चालन पश्चात् विद्यार्थीहरु घरमै बसेर अध्यायन गर्ने सक्छन् ।

You may also like