बिहान उठीहेर्दा हुन्छन् सीमा पारी

मुक्तक


लोकेन्द्र सेन ‘सिम्पल कान्छा’
सञ्चारकर्मी एवं साहित्यकार
सिङ्गो बगैचा खाइ सके टुक्रा–टुक्रा पारी हामी कैले जाग्ने ।
थूपारी दिए हाम्रो टाउकोमा करको भारी हामी कैले जाग्ने ।

सीरीयाका अबोध बालकको चित्कार सून्ने त्यो अमेरीकालाई
एम्.सी.सी.को नाममा देश बेच्दैछन् व्यापारी हामी कैले जाग्ने ।

राजा रानाका निरङ्कूस सासनभन्दा केहि कम भएन अहिले
गीत गाउने समाउँछ मान्छे मार्नेलाई पारी हामी कैले जाग्ने।

चट््नेको खुट्टा तान्ने गर्नेको हात बान्ने तीनका काम भए
इमान्दार कुसल नेतालाई बनाउँछन् बलत्कारी हामी कैले जाग्ने ।

सांझ आफ्नै झुपडीमा सूतेका सीमा क्षेत्रका नेपाली
बिहान उठीहेर्दा हुन्छन् सीमा पारी हामी कैले जाग्ने ।

You may also like