विजयी सभाका लागि वर्षमान पुनमगर रोल्पामा

रोल्पा समाचारदाता
मंसिर २२ रोल्पा


संयुक्त वाम गठबन्धनका उमेद्वार एवं नेकपा –माओवादी केन्द्र) का वरिष्ठ नेता वर्षमान पुनमगर विजयी ¥यालीका लागि रोल्पा आई पुग्नुभएको छ । मन गणना निरन्तर रुपमा हुँदै गर्दा काठमाण्डौँबाट साँझ ८ः३० बजे रोल्पाको लिबाङ आई सक्नु भएको छ ।
पहिलो चरणको निर्वाचन सम्पन्नपछि आफ्नो मत सुरक्षित गरी दोस्रो चरणमा नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महरालाई विजयी बनाउनको लागि दाङ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विजयी बनाउनको लागि चितवनदेखि विभिन्न स्थानमा पुग्नु भएका नेता पुनमगर आफ्नो मत गणना स्थलमामा पुग्नुभएको छ । उहाँसँग निवर्तमान सभामुख एवं प्रतिनिधि सभा समानुपातिक उमेद्वार ओनसरी घर्तीमगर पनि रोल्पा आउनु भएको छ । उहाँले रोल्पा जिल्लाको अन्तिम मत परिणाम आएपछि विजयी ¥याली मनाएर मात्रै फर्किने बताउनुभयो ।

You may also like