राष्ट्रिय जनगणना, २०७८ सम्बन्धि जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न

राष्ट्रिय जनगणना, २०७८ सम्बन्धि जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न
चैत्र २० गते

This image has an empty alt attribute; its file name is j1-1024x768.jpg


राष्ट्रिय जनगणना, २०७८ सम्बन्धि जिल्ला स्तरीय सचेतना गोष्ठी कार्यक्रम हिजाे लिबाङमा सम्पन्न भएको छ । जिल्ला स्थित सरोकारवाला निकायहरुलाई राष्ट्रिय जनगणना सम्बन्धि जानकारीमा थप सहयोग पुगेको छ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढाले १२ औं राष्ट्रिय जनगणना, २०७८ सामाजिक, भौतिक, आर्थिकको यार्थथ विवरण सार्वजनिक हुने भएकोले राष्ट्रिय पर्वको रुपमा सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले जनगणनालाई प्रभावकारी बनाउन जिल्ला स्थित सरोकारवाला निकायहरुको भूमिका अपरिहार्य हुने धारणा व्यक्त गर्नुभएको थियो । आर्थिक, सामाजिक, भौतिक, व्यक्तिगत विवरण वास्तविक तथ्याङ्क संकलनका लागि राष्ट्रिय जनगणना सम्बन्धि प्रत्यक्ष नागरिकसम्म पु¥याउन जनप्रतिनिधि, सञ्चारमाध्यम लगायत अन्य विभिन्न सरोकारवाला निकायहरुबाट प्रचार प्रसार गर्नुपर्ने जोड उहाँले दिनुभयो ।
त्यैसगरी कार्यक्रमको विशिष्ट अतिथि रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, अतिथिहरु ने.क.पा (माओवादी केन्द्र) को प्रतिनिधि फविन्द्र आचार्य, रा.प्र.पा. रोल्पा जिल्लाको सचिव खिम बहादुर के.सी, राष्ट्रिय जनमोर्चा पार्टीको रोल्पा जिल्ला सल्लाहाकार के.वी. थापा, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापति डी.वी. घर्तीमगर, रोल्पा उद्योग वाणिज्य संघ उपाध्यक्ष केशव कुमार आचार्य, कोष तथा लेखा नियन्त्रक रोल्पाको प्रमुख कोष नियन्त्रक हेमन्तराज आचार्य, स्वास्थ्य कार्यालय रोल्पाको निमित्त प्रमुख नोखराज पोख्रेल, रोल्पा अस्पताल रेउघाका डाक्टर प्रकाश बुढा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं अविधेवशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, मानव अधिकार सेचन् केन्द्र (हुरेक) नेपाल रोल्पाको कोषाध्यक्ष सुभद्र रेग्मी, दलित महिला सेचतन (ड्वाक) रोल्पाको अध्यक्ष रेखा सुनार, फेकोफन रोल्पाको कोषाध्यक्ष सरस्वती आचार्य, रुडास रोल्पाको अध्यक्ष विनोद रिजाल लगायत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय जनगणना सम्बन्धि सहजीकरण जिल्ला जनगणना अधिकारी डोर बहादुर वस्नेतले गर्नुभएको थियो । उहाँले राष्ट्रिय जनगणनालाई प्रभावकरी बनाउनका लागि जिल्ला स्थित सरोकारवाला निकायहरुलाई आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो । राष्ट्रिय जनगणनासँग सम्बन्धित जिज्ञासाहरु जिल्ला जनगणना अधिकारी वस्नेतले जवाफ दिनुभएको थियो । जिल्ला जनगणना कार्यालय रोल्पाले राष्ट्रिय जनगणनाको तयारी तीव्र रुपमा अगाडि बढाइरहेको अधिकारी वस्नेतको भनाइ छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक जिल्ला जनगणना अधिकारी भरतमणी वलीले गर्नुभएको थियो ।

You may also like