रोल्पालीले भने पश्चिम रुकुमका पीडितले न्याय नपाए रोल्पाली मुक्तिका लागि फेरी मर्न तयार

रोल्पा समाचार असार ४ घर्तीगाउँ रोल्पा


रुकुम पश्चिम सोटी हत्याकाण्डको विरुद्धमा विरोध सभामा र त्यसमा मारिनु भएको मृतकको श्रद्धाञ्जलीसभा रोल्पामा सम्पन्न भएको छ । रोल्पा जिल्लाका अधिकारकर्मीहरु, राजनीतिकदल, सरकारको सहभागितामा भएको कार्यक्रममा घटना नभई हत्या भएको भन्दै घटनाको दोषीलाई जन्म कैद हुन पर्ने माग गरेका छन् । साथै मुक्तिका लाडि फेरी मर्न तयार रहेको अधिकारर्मीहरुले बताउनुभएको छ ।

रोल्पा माडी गाउँपालिका घर्तीगाउँका अधिकारकर्मीहरुको पहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका सदस्य एंवं अधिकारकर्मी कर्मलाल परियारले २१ आँै शताब्दीमा पनि दलित समुदायहरु जातीय छुवाछुतकै कारणले जीवन गुमाउनु पर्ने सँस्कारको तुरुन्त अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले यो दलित समुदायको मात्रै सरोकार एवं एजेण्डा नभएकाले यो देशको ऐजेण्डा बनेकोले अब सबै एकधिक्का भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरुको मुद्धा भएकोले सबै राजनीतिकदलहरु सबै लागेको बताउँदै यो आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिनुभयो । उहाँले सरकार तथा पार्टीका नेताहरुले सहीढंगले छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । उहाँले परिवर्तनको लागि लडेको रोल्पा रुकुममै यस्ता प्रकारको घटना भएकोमा दुःख व्यक्त गर्दै घटनाका दोषिलाई कारवाही हुनु पर्ने बताउनुभयो ।
उहाँले घर घटनामा सबै राजीतिक दल, जनप्रतिनिधी, सुरक्षाकर्मी, प्रशासक, मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीहरु सबैले सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सत्य तथ्य छानवीन गरी दोषीलाई कारवाही गर्नका लागि सहयोग गरिदनका लागि समेत अपिल गर्नुभयो ।
कार्यक्रममा माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले यो देशकामा आमुल परिवर्तनका लागि लडिएको विगतका सबै आन्दोलनका उपलब्धी गुम्ने खतरा रहेको कारणले रुकुम घटनाका पीडितहरुले न्याय नपाएमा त्यसको आन्दोलनको नेतृत्व आफूले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दतिलसमुदायको मात्रै विषय नभएर परिवर्तनको आन्दोलनमा लागेका सबैको चिन्ता र चासोको विषय भएको भन्दै पीडितलाई न्याय दिनुपर्ने बतायनुभयो । उहाँले लामो समयदेखि चलेको प्रेमलाई विबाहमा बदल्नका लागि सुस्माकै आग्रहमा लिन जादाँ योजनाबद्ध तरिकाले कुटपिट गरी विभत्स ढंगले हत्या गरिएको घटनाले सिंगो मानव समुदायलाई आश्चार्य बनाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर नेपाल सरकारले कुटी कुटी मार्ने अपराधीहरुलाई जन्मकैदको सजाय दिनुपर्ने बतायनुभयो । उहाँले त्यसतर्फ राज्यले ध्यान नदिदा अपराधहरु बढ्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगर, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीमगर, नेपाल पत्रकार महासंघका प्रथम कार्यकालका अध्यक्ष एवं अधिकारकर्मी मानसिंह विश्वकर्मा लगायतले श्रद्धाञ्जली एवं विरोध मनतव्य राख्नुभएको थियो । उहाँहरुले घटनाका दोषीहरुलाई यथाशिघ्र कारवाही गर्नुपर्ने बताउनुभयो । सरकार यसमा विनाशर्त अगाडि बढ्नका लागि माग गर्नुभएको थियो ।


कार्यक्रम जिल्ला युवा सञ्जालका अध्यक्ष विरबहादुर घर्तीमगर, रेडियो जलजलाका मार्केटिक म्यानेजर लोकन्द्र सेन, रेडियो मालाश्रीका मार्केटिङ म्यानेजर लोकन्द्र चन्द लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा माडी गाउँपालिकाका विभिन्न वडाहरुबाट अधिकारकर्मी, राजीतिक दलका प्रतिनिधीहरु लगायतको सहभागीता रहेको थिए । दलित जनअधिकार समूह माडी गाउँपालिकाका संयोजक टेकबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रम प्रेम विश्वकर्माले सञ्चालन गर्नुभको थियो भने स्वागत उपाध्यक्ष राजेश विश्वकर्माले गर्नुभएको थियो ।

You may also like