आर्थिक अभावमा पीडित बन्दै राेल्पाका दीर्घ रोगीहरु

मानसिंह विश्वकर्मा
माघ १८ गते


नेता तथा पदमा बहाल भएका मानिसहरुको उपचारमा समस्या नभएपनि सामान्य सर्वसाधारण उपचार भने निकै कठिन रहेको छ । नेपाली नागरिकहरुलाई क्यान्सर, किटनी फेल, सुगर, लगायत विविधि प्राणघातक रोगहरुबाट जविन गुमाउनु परेको छ । यसैक्रमा रोल्पा नगरपालिका वडा नं. १ का रेमश कुवरलेको दुवै मृगौला फेल भएपछि उपचारमा हुन सकेको छैन । यसैगरी रोल्पा नगरपालिका ६ मा काङ्वाका नन्दलाल पुनमगरलाई पनि क्यान्सर भएपनि उपचार हुन सकेको छैन । यी दुवैको जीवन बचाउनको लागि सहयोग समिति निर्माण गरी सहयोग संकलनमा लागेका छन् ।
रोल्पा नगरपालिका वडा नं. १ का रेशम कुवरको जीवन बचाउनको लागि सहयोग समिति गठन गरी अभियानमा लागेको छ । रेशम बचाउनको लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दुबईका सल्लाहकार श्री दिलाराम वलीको संयोजकत्वम रेशम बचाऔ अभियान सञ्चालन गर्ने भएको छ ।
सो समितिले सहयोगका लागि माघ १५ गते सार्वजनिक अपिल गरेको छ । सो अलिपमा हरेकको नागरिकको नैसंर्गिक अधिकार स्वास्थ्य हो, स्वास्थ्य नै मानिसको धन हो । हरेक मानिसको स्वस्थ्य भएमा मात्रै नेपाली हरेक नागरिक सबल बन्दै देशले लिएको संकल्प समृद्ध बन्न सक्छ । तर, नेपाली नागरिकहरु रहेक नेपाल सरकारबाट पाउने सामान्य स्वास्थ्य सेवा सहज रुपमा पाउन सकेता पनि गम्भिरप्रकारका रोगहरुबाट मर्नु परेको छ भनिएको छ । सहयोग समितिले सबैले सहयोग गरि दिनका अपिलका साथ सबैलाई उपचारमा सहयोग गरि दिनका लागि आग्रह गरेको छ । सो अपिल पत्रमा भनिएको छ –‘उपचारको अभावमा कयौँ नागरिकले जीवन गुमाउनु परेको छ । यसैक्रमा नगरपालिका वडा नं. १ बाजबिसौना निवासी मनसर कवरका २२ वर्षिय छोरा रेशम कवँरको दुवै मृगौलाले काम गर्न छोडेको करिव ३ वर्ष भई सकेको छ । कलिलो उमेरमै रेशम कुवरको दुवै मृगौला ड्यामज हुनु निकै दुखदपूर्ण कुरा हो ।’
दुवै किटनीले काम गर्न छोडेपछि कुवरले घरको आर्थिक तथा गाउँघरमा साथीहरुको सहयोगले बिगत २ बर्ष देखि शिक्षण अस्पताल महाराजगन्ज काठमान्डौ मा निरन्तर डाइलासिस गराउदै आईरहे राख्नुभएको छ । घरको आर्थिक अवस्था कमजोर हुँदा हुँदै पनि विभिन्न प्रयासमा उपचार गर्नुभएको छ । उपचार गराउँदा गराउँदै पनि हाल मृगौला प्रत्यारोपन गर्नुपर्ने भएकोले हामी युवा तथा समाज सेवीहरुको सक्रियतामा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दुबईका सल्लाहकार श्री दिलाराम वली ज्युको संयोजकत्वमा ‘रेशम बचाऔ अभियान’ गरेका छन् ।
सो अपिलमा भनिएको सबै नागरिकको स्वास्थ्य अवस्था राम्रो हुनुपर्ने बताउँदै हामी हरेकले हरेकलाई सहयोग गर्नु पर्दछ । हाम्रो स्वास्थ्य पनि कुनै बेला यस्तो प्रणघातक रोगको सिकार नबन्ला भन्न सकिदैन । त्यसैले हामी सबै मिलेर रेशमको जीवन बनाउनको लागि हाम्रो दायित्व र कतव्र्य हो ।’ समितिले मानिसको जीवन बचाउन सबैको भूमिका रहेको बताउँदै सबैले यस अभियानमा सक्दो र क्षेत्र अनुसारको सहयोग गरि दिनहुनका लागि जनप्रतिनिधी, राजनीतिकदल, शिक्षक, व्यावसायी, नागरिकसमाज, पत्रकार, कृषक लाई अगाडि बढाउन सहयोग गरिदिनु हुन सम्पुर्ण पत्रकारहरु, व्यापारीहरु देश बिदेशमा बस्ने सम्पुर्ण नेपाली सहयोगी मनहरुमा हार्दिक हुन अनुरोध गरेको छ । साथै सहयोग गर्ने सहयोगी मनकरी सहयोगी दाताले समितिले ग्लोबल आइ.एम.इ. गोंगबु शाखामा रहेको पीडितको खाता न ३५०७०१००१४७८६ मा जम्मा गरि दिनहुन समेत अनुरोध गरेको छ ।
यसैगरी रोल्पा नगरपालिका ६ कोटगाउँका नन्दलाल पुनमगरलाई पनि क्यान्सर भएपछि उपचार गराउँदा गराउँदै आर्थिक अभाव भएको छ । साथै समाज सेवी एवं गाउक इन्दे्र पाखेमगरको सक्रियतामा सहयोग समिति निर्माण गरी आर्थिक सहयोग संकलनका लागि अभियान चालिएकोछ । उहाँको अनुसार रोल्पा जिल्ला र विभिन्न स्थानका व्यापारी तथा अन्य कार्यालय पनि पनि सहयोग संकलन गरिने बताएको छ । यसैगरी सवारी चलाउने बेलामा दुर्घटनामा परी घाइते भएका विशेष श्रेष्ठको उपचार सहज रुपमा हुन सकेको छैन । अस्पतालमा उपचार गराउँदा गराउँदै आर्थिक अभाव भएको विशेष बचाआँै अभियानका संयोजक सनत कुमार श्रेष्ठले बताउनुभयो । रोल्पाको लिबाङ लगायत अन्य स्थानमा पनि सहयोग संकलन गरिएको समेत सनतकुमार श्रेष्ठले बताउनुभयो । यसैगरी तत्कालीन विद्यार्थी नेता नुवागाउँ निवासी चन्द्रलाल बन्दी पुरे पनि उपचारको अभावमा कष्ठकर दैनिक विताई रहेका छन् ।
यी नागरिकहरु उपचारको अभावमा जीवन मत्युको दोसाधमा पुगेको छ । तसर्थ ‘नेपालका हरेक नागरिक उपचारको अभावमा रोगले खान अभावमा भोकले मर्नु पर्दैन’ भन्ने सरकारको नीति तथा कार्यक्रमले यस्तो नागरिकहरुलाई उपचार गराउने पर्दछ । तसर्थ मात्रै साच्चिकै नेपालीले नेपालीको ला िलिएका संकल्प पूर्ण हुने छ । सबैतहका सकारले त्यस तर्फ ध्यान दिनु पर्द की ?

You may also like