नेपालीभूमि फिताको माग गर्दै रोल्पामा पनि विरोध ¥याली

कार्तिक २१ गते
लिबाङ रोल्पा ,


नेपाली भूमिलाई भारत सरकारले आफ्नो देशको नक्सामा कायम गरेको विरोधमा आज लिबाङ रोल्पामा विरोध प्रदर्शन सम्पन्न भएको छ । विरोध प्रदर्शनले भारत सरकारले भूमि फिर्तामा नैतिक दबाब पुग्ने छ ।
उक्त विरोध ¥यालीलाई सम्बोधन गर्दै गैर सरकारी संघ महासंघ रोल्पाको अध्यक्ष एवं नागरिक समाज अगुवाई घनश्याम आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पूर्व अध्यक्ष एवं अधिकारकर्मी खेमबहादुर मगर, अनेरास्व्यू क्रान्तिकारी रोल्पा जिल्ला अध्यक्ष आलोक पुनमगर, नेपाल विद्यार्थी संघ रोल्पा जिल्ला अध्यक्ष शेरबहादुर थापाले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले विगतदेखि नै नेपालको सीमा भारत सरकारले हस्तक्षेप गर्दै आएपनि भारतले नक्सामै नेपालीभूमि समेट्नु सार्वभौम राष्ट्रमाथिको हस्तक्षेप भएको बताउनुभयो ।

नेपाल सरकारले कुटनीतिक पहल गरी भारतको हस्तक्षेपबाट नेपाली भूमि फिर्ता लिनुपर्ने माग वक्ताहरुले गर्नुभयो । साथै उहाँहरुले तत्काल नेपाली नक्सा सार्वजनिक गनुपर्ने जोड दिनुभयो । सुगौली सन्धीयता सरकारको कमजोरीले नेपालका सीमा निरन्तर मिचिदै आएको भन्दै प्रदर्शनकारीहरुले विरोधमा उत्रिएका थिए । भारतले जारी गरेको नक्सा नसच्चिए निरन्तर आन्दोलनको औचित्य नभएको सहभागिहरुले व्यक्त गरिएको थियो । सरकारले कुटनीतिक रुपमा मिचिएका भूमि फिर्ता गर्नुपर्ने माग गर्दै स्वस्फूर्त रुपमा विरोध प्रदर्शन सरोकारवाला निकायहरु विरोध प्रदर्शनिमा उत्रिएका हुन् । रोल्पाली जागरुक समूहको व्यानरसहित पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, बुद्धिजीविको विरोध प्रदर्शनीमा सहभागिता थियो ।

विरोध प्रर्दशनमा ‘गो व्याक इन्डिय’, लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै भारतबाट मिचिएका सबै सिमाना फिर्ता गर भन्दै नारा सहित प्रदर्शनकारीहरुको सहभागिता थियो । जिल्ला सदरमुकाम लिबाङ टुडिखेलबाट निस्किएको नागरिक अगुवाहरुको विरोध प्रदर्शन मुख्य बजार हुँदै बीच बजार पुगेको थियो । बालकल्याण उच्च माध्यमिक विद्यालयबाट स्वस्फूर्त आएको सयौं विद्यार्थीले सात्ताले खोलाबाट नाराजुलुश गर्दै बजार परिक्रममा भएको थिो । प्रदर्शनकारीको विरोध ¥याली टुडिखेलको खुल्ला मञ्चमा कोण सभा भएको थियो ।

भारत सरकारको नक्सामा निर्धारण गरिएको नेपालीभूमि फिर्ता नहुँदासम्म चरण बद्धको आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने आयोजकले बताएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगीको अध्यक्षतामा सम्पन्न कोण सभाको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने गर्नुभएको थियो

You may also like