लक डाउन खुकुलोकाे कारण बजारमा मानिसहरूकाे भिडभाड

लक डाउन खुकुलोकाे कारण बजारमा मानिसहरूकाे भिडभाड
जेठ, ३२ गते
लिबाङ–रोल्पा ।


नोबेल कोरोना भाइसर (कोभिड–१९) नियन्त्रणको क्रममा संघीय सरकारबाट लागू लक डाउन करीव ३ महिनापछि खुकुलो भएपछि देशभरि बजारहरुमा मानिसहरुको चहलपहल बढेको छ । आर्थिक वर्ष २०७६÷०७७को आर्थिक मासन्तको कारण पनि बजारहरुमा मानिसहरुको चहलपहल बढेको छ ।
सोही क्रममा रोल्पा जिल्लाको सदरमुकाम लिबाङका अधिकांश व्यवसायहीहरुले समाजिक दुरी कायम गर्दै आफ्ना व्यवसायी सञ्चालनमा ल्याएका छन् । केही व्यवसायीहरुले भने समाजिक दुरी कायम नगरी व्यवसायी सञ्चालनमा ल्याएका छन् । आर्थिक मसान्तको समयमा नजिकिदै गर्दा सरकारी योजनाहरु सम्पन्न गरेका उपभोक्ता समितिहरु र ठेकदारहरु सहित व्यक्तिगत कार्यका लागि मानिसहरुको बैंकहरुमा केही दिनदेखि नै भिडभाड थियो । थप आजदेखि किराणा पसल, कपडा पसल, भाडा पसल सहितका पसलहरु पनि मानिसहरुको भिडभाड बढेको छ । तर, अधिकांश पसलहरुमा सामाजिक दुरी कायमका लागि निर्धारित क्षेत्र निर्धारण नै नगरी पसलहरु खुला गरिउका छन् । कोरोना भाइरसको पहिचान प्रभावकारी नहुँदा अनौपचारिक रुपमा समुदायमा प्रवेश गरेको अनुमान गरिएको छ । यसको वास्तविक परिणाम त आगामी दिनले बताउला । तर, लक खुकिलोले भाइरसले भयावह स्थिति सिर्जनाको संकेट त गरेका छ । आम उपभोक्ता र व्यवसायीहरु समयमा सजकता अपाउन दिन आवश्यक छ ।

You may also like