ब्लड मनी संकलन अभियानमा अन्तराष्ट्रिय रोल्पाली सेवा समाज साउदी सक्रिय


रोल्पा समाचारदाता
साउदी अरब
वर्षऔं दिनसम्म साउदी अरबको जेलमा जेल जीवन बिताइरहेका रोल्पा नगरपालिका–१० धबाङ निबासी दिलबहादुर घर्तीमगरलाई जेलमुक्तको निम्ति अन्तराष्ट्रिय रोल्पाली सेवा समाज साउदीले पनि ‘दिलबहादुर बचाऔं’ अभियान मार्फत ब्लड मनी संकलन अभियानमा सक्रियता बनेको छ ।
वैदेशिक रोजगारीको क्रममा साउदी अरबको (ल्लकभम ब्।िम्ष्बदबजष् अयलनभचष्लन बलम भ्कत च्ष्थबमल) मा कार्यरत रहको समयमा घर्तीमगरले चलाएको गाडीको ठक्करबाट सोही देशको नागरिकको मृत्यु हुँदा अदालतले घर्तीको ७५ प्रतिशत गल्ति देखाउँदै नेपाली करिव ६५ लाख रकम ब्लड मणिको फसैला गरेको छ । उक्त ब्लड मणि अदालतलाई बुझाउन नसकेको अवस्थामा घर्तीमगरलाई आजीवन जेल जीवन बिताउनुपर्ने परिवारिक स्रोतले बताएको छ । अहिले विभिन्न संघ संस्था तथा सेवा समाज लगायत सहहयोगी मनकारी मनहरुले देश विदेशमा नै ‘दिलबहादुर बचाऔं’ अभियान मार्फत आवश्यक ब्लड मणि संकलन गरिरहेका छन् । सोही क्रममा अन्तराष्ट्रिय रोल्पाली सेवा समाज साउदीले ‘दिलबहादुर बचाऔं’ अभियान मार्फत सहयोगी मनकारी मनहरुसँग ब्लड मणि संकलन अभियान सञ्चालन गरिहेको अध्यक्ष नरेन्द्र जि.सी.ले बताउनुभयो । अभियान मार्फत संकलित ब्लड मणि रकम २२ गते पत्रकार सम्मेलमार्फत सार्वजनिक गर्ने तयारी भएको उहाँले बताउनुभयो । वैदेश रोजगारीको शिलशिलमा विदेशिएका नेपालीहरुले नेपालीको पीडादायी अवस्थालाई आत्मसात गर्दै सक्दो सहयोग गर्ने सहयोगी मनहरु उप समितिका संयोजक नरेन्द्र घर्ती साउदी रियाल १ हजार, अन्तराष्ट्रिय रोल्पा समाज साउदका कोषध्यक्ष भिमबहादुर बुढामगर साउदी रियाल ४ सय ११, महासचिव चन्द्रप्रकाश पुन साउदी रियाल १ सय ५१, रोल्पा नगरपालिका–७ कोटगाउँ माडीचौर निबासी प्रेम पुनमगर साउदी रियाल २ सय १, माडी गाउँपालिका–४ निबासी भुपेन्द्र डाँगीले साउदी रियाल २ सय ११, उप समिति सदस्य बेगम रोका साउदी रियाल १ सय, सह–सचिव झनबहादुर विष्टले साउदी रियाल १ सय ५५, सल्लाहकार मानबहादुर रानाले साउदी रियाल २ सय १५, सचिव महेन्द्र घर्तीमगरले साउदी रियाल २ सय १, सल्लाहकार तिलकराज घर्तीमगरले साउदी रियाल १ सय ५१, उपाध्यक्ष राजन खड्काले साउदी रियाल २ सय ५५, सल्लाहकार दीपक थापाले साउदी रियाल १ हजार ४ सय ११, सल्लाहकार रमेश बुढामगरले साउदी रियाल ३ सय १५, रोल्पा जिल्ला निबासी चित्र जी.एम.ले साउदी रियाल २ सय, नवरपरासी जिल्ला निबासी मगर संघ साउदीका महाचिव रामु आलेमगरले साउदी रियाल ३ सय ३, दाङ जिल्ला परन्धारा निबासी कमला रसायलीले साउदी रियाल १ सय ११, रोल्पा जिल्ला थबाङ गाउँपालिका–३ मिरुल निबासी श्याम बुढामगरले साउदी रियाल ३ सय २७, झलक मगरले साउदी रियाल २ सय ९, म्याग्दी जिल्ला निबासी रामबहादुर शाही साउदी रियाल ३ सय ५१, स्युरी निबासी भिमकुमारी बाठामगरले साउदी रियाल १ सय ११, सिन्धोपाल्चोक जिल्ला निबासी बुद्धिराज अधिकारीले साउदी रियाल १ सय १, सुर्खेत जिल्ला निबासी मिरा बुढामगरले नेपाली रुपैया १० हजार ३ सय ५, दाङ जिल्ला निबासी चन्द्र मगरले साउदी रियाल १ सय ११, स्याङ्जा जिल्ला निबासी हाल बहराइनमा रहेका झलकबहादुर गुरूङले साउदी रियाल १ सय १, प्रमुख सल्लाहकार रुकमान रामजालीले साउदी रियाल २ सय ५१, वित्रेणी–४ निबासी दलबहादुर कुमाकीले साउदी रियाल २ सय ११, सुनसरी जिल्ला धरान निबासी कृष्णबहादुर राईले साउदी रियाल १ सय ५१, रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–४ निबासी भानबहादुर घर्ती १ सय १, पाँचथर निबासी पदम मगरले साउदी रियाल ५१, काभ्रे जिल्ला निबासी तेने राजडोङ्गले साउदी रियाल १ सय १, धनुकुटा निबासी सुबास कुमार मगरले साउदी रियाल १ सय १, रोल्पा जिल्ला निबासी चन्द्र घर्तीमगरले साउदी रियाल १ सय ५, संखुवासभा निबासी सञ्जिव गुरूङले साउदी रियाल १ सय १, रोल्पा जिल्ला निबासी ऋषिराज बि.क.ले साउदी रियाल ५१, सिन्धोपाल्चोक जिल्ला निबासी सन्तोष गिरीले साउदी रियाल ५१, सदस्य लालबहादुर वलीले साउदी रियाल १ सय ५१, रोल्पा जिल्ला थबाङ गाउँपालिका–३ मिरुल निबासी जानप्रसाद बुढामगरले साउदी रियाल १ सय १, रोल्पा जिल्ला निबासी त्रिवेणी गाउँपालिका–३ निबासी छबिलाल पुन १ सय १, रोल्पा नगरपालिका–९ ह्वामा निबासी तिलबहादुर रानामगरले साउदी रियाल ५१, गाउँपालिका–४ निबासी तिकाराम घर्तीमगरले साउदी रियाल १ सय १, त्रिवेणी गाउँपालिका–७ निबासी खोमबहादुर बुढामगरले साउदी रियाल ५०, रोल्पा जिल्ला निबासी भिमबहादुर बुढामगरले साउदी रियाल १ सय १, दाङ जिल्ला निबासी विनोद भण्डारीले साउदी रियाल १ सय ५१, रोल्पा जिल्ला निबासी चिन्तन वलीले साउदी रियाल १ सय ५, दोल्खा जिल्ला निबासी भुवन थापामगरले साउदी रियाल १ सय, रुकुम जिल्ला निबासी जयमान घर्तीमगरले साउदी रियाल १ सय ५, दाङ जिल्ला निबासी धनबहादुर रोकामगरले साउदी रियाल १ सय ५, रोल्पा जिल्ला निबासी बिन्दास घर्तीमगरले साउदी रियाल २ सय १, रोल्पा जिल्ला निबासी खिमबहादुर सिर्पालीले साउदी रियाल १ सय २५, नवलपरासी जिल्ला निबासी यम लामाले साउदी रियाल ५०, दाङ जिल्ला निबासी कमला रसाइलीले साउदी रियाल ८ सय ५६, रोल्पा जिल्ला निबासी धर्मेन्द्र पुनमगरले साउदी रियाल २ सय १, तनुँह जिल्ला निबासी सन्तोष आचार्यले साउदी रियाल २ सय ३, रोल्पा जिल्ला निबासी नरेश रोकाले साउदी रियाल १ सय ५०, रोल्पा जिल्ली निबासी ज्ञयान्द्र घर्तीमगरले साउदी रियाल ५०, हिरासिङ परियार (रोल्पाली जेठा) सदस्यले साउदी रियाल १ सय ५, रोल्पा जिल्ला निबासी इमानसिङ रोका मगरले साउदी रियाल ४ सय, रोल्पा जिल्ला निबासी रेगबहादुर बुढाथोकीले साउदी रियाल १ सय ६०, बाँके जिल्ला निबासी तुलबहादुर के.सी.ले साउदी रियाल ५०, रोल्पा जिल्ला निबासी तारा घर्तीमगरले साउदी रियाल २ सय १, रोल्पा जिल्ला निबासी अमर आग्रीले साउदी रियाल १ सय १२, धादिङ जिल्ला निबासी कुमार श्रेष्ठले साउदी रियाल १ सय ११, इलाम जिल्ला निबासी हरिप्रसाद श्रेष्ठले साउदी रियाल २ सय १, रोल्पा जिल्ला निबासी चोकेन्द्र विष्टले साउदी रियाल १ हजार २ सय ६४, सरोज अधिकारीले साउदी रियाल २ सय ११, कास्की जिल्ला पोखरी निबासी खसिराम बरालले साउदी रियाल १ हजार ४ सय ८४, मोरङ जिल्ला निबासी जीवन लाल विश्वासले साउदी रियाल १ सय १, मोरङ जिल्ला निबासी जप्त सिञ्जाली मगरले साउदी रियाल १ सय ११, बङालादेशका नागरिक अब्दु रहमनले साउदी रियाल १ सय सहयोग गरेको बताउनुभयो । उहाँले ‘दिलबहादुर बचाऔं’ अभियान मार्फत आवश्यक ब्लड मणि संकलनमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी मनहरुलाई सेवा समाजको तर्फबाट समेत धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“हामी प्रदेशी जीवनको समयमा दुःख कष्टमा परेका प्रदेशलाई सक्दो सहयोबाट नै पीडाबाट मुक्त बनाउन सक्छौं, जसको उदाहरणको रुपमा दिलबहादुर घर्तीमगरको जीवनले नयाँ जीवनको आरम्भ गरेको छ ।” साउदी अदालतले फैसला गरेको ब्लड दिलबहादुर घर्तीमगरले मात्र बुझाउन सक्ने अवस्था नभएको हुँदा नै आज सम्पूर्ण नेपाली लगायत अन्य देशका सहयोगी मनहरुबाट नै उक्त ब्लड मणि सकलनको चरणमा रहेको उहाँले बताउनुभयो । विभिन्न संघ संस्था, सेवा समाज तथा अन्य सरोकारवाला निकायहरुले देश विदेशमा ‘दिलबहादुर बचाऔं’ अभियान सञ्चालन गरी आवश्यक ब्लड मणि संकलन गरिरहेको समयमा वर्षऔं दिनसम्म साउदी अरबको जेल जीवनबाट दिलबहादुर घर्तीमगर जेलमुक्त हुने विश्वास व्यक्त गर्नुभयो । जबसम्म दिलबहादुरको ब्लड मणि संकलन हुँदैन तबसम्म अन्तराष्ट्रिय रोल्पाली सेवा समाज साउदीले ब्लड मणि संकलन गर्ने अध्यक्ष जि.सी.ले विचार व्यक्त गर्नुभयो । साथै वैदेशिक रोजगारीको क्रममा दिलबहादुर घर्तीमगर जस्तै विभिन्न कारण दुःख कष्टमा परेका नेपाली लगायत अन्य देशका नागरिकहरुलाई उद्वारबाट मृत्यु वरणमा रहेका व्यक्तिको जीवन बचाउन सकिन्छ भने कनि सक्दो सहयोग नगर्ने त्यसैले सम्पूर्ण सहयोगी मनहरुलाई सक्दो सहयोगका लागि समेत उहाँले अनुरोध गर्नुभयो । अब विभिन्न संघ संस्था, सेवा समाज, व्यक्तिगत रुपमा नै देश विदेशमा ‘दिलबहादुर बचाऔं’ अभियानबाट संकलित ब्लड मणि केही दिनमा नै जम्मा हुने दिलबहादुर घर्तीमगरका श्रीमति मनिका बुढामगरले बताउनुभयो ।

You may also like