समय सापेक्ष समुदायको पेशा, सारङ्गीको संरक्षण र प्रर्वद्धन गर्नुपर्दछ

गन्र्धव समुदायको परम्पारगत पेशा सारङ्गीको धुनमा बस्ती बस्तीमा गीत गाउँदै संकलित खाद्यन्नबाट नै जीवन निर्वाह गर्दै आएको समुदाय हो तर समयको विकास क्रमसँगै पछिल्लो समयमा गन्र्धव समुदायको लोकप्रिय बाजा सारङ्गी बजाउने पेश गैर गन्र्धव समुदायको आकर्षणको पेशा बनेको छ । पछिल्लो समयमा ति समुदायको पेशा र सारङ्गी बाजा लोपउन्मुख अवस्थामा छ । गन्र्धव समुदायको परम्परागत पेशा र सारङ्गी संरक्षण अभियान ५ नं. प्रदेशका सबै जिल्लामा गन्र्धव समुदायहरुको अग्रज व्यक्तिहरुको अगुवाईमा अभियान सञ्चालन गरेका छन् । सोही क्रममा रोल्पा जिल्लामा धु्रव गन्र्धव सहितको एक टोली जिल्लामा आएको छ । गन्र्धव समुदायको पेशा र सारङ्गी बचाऔं अभियान सञ्चालन गर्नुको उद्धेश्य, समुदायको अवस्था, लगायतका विषयबस्तुमा टोलीको अग्रज धुव्र गन्र्धवसँग रोल्पा समाचार राष्ट्रि«य साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

 

 

धुव्र गन्र्धब
प्युठान
सांरंङ्गी   बचाऔं  अभियानकर्ता

 पत्रिकाको तर्फबाट हार्दिक स्वागत सहित हजुरको परिचय बताइदिनुहोस्, न ?
धन्यवाद । मेरो नाम धु्रव गन्र्धव हो । मेरो घर प्यूठान जिल्लामा पर्दछ ।
यस जिल्लामा हजुरको टिम कुन कार्यको शिलसिलामा आएको हो ?
हामी गन्र्धव समुदायकै भएकोले सारङ्गी बचाऔं अभियानको शिलसिलमा यस जिल्लामा आएका छौं । यस टिम जिल्लाका विभिन्न सरकारी कार्यालय तथा गैर सरकारी संघ संस्था, विद्यालय र गाउँ गाउँमा पुग्दै सारङ्गी बजाउँदै जनचेतनामूलक गीत सङ्गीत गाउँदै भेटघाट गर्दै आएका छौं । जसले गन्र्धव सामुदायको पेशा र सारङ्गी बचाऔं अभियान ५ नं. प्रदेशको सबै जिल्लाहरुमा सञ्चालन गर्दै आएका छौं, यस टिम सोही अभियानकै शिलसिलमा यस जिल्लामा आएको हो ।
गन्र्धव समुदायको पेशा र सारङ्गी बचाऔं अभियान कसरी सञ्चालन गर्दै आएको छ ?
यस समुदायको पेशा र सारङ्गी संरक्षण प्रर्वद्धनको निम्ति समुदायहरुको अग्रज व्यक्तिहरुको सक्रियतामा सरकारी कार्यालय, गैर सरकारी कार्यालय, विद्यालय, गाउँ–गाउँमा पुगी सारङ्गीको धुनमा साङ्गीतिक प्रस्तुत गर्दै आएका छौं । हाम्रो प्रस्तुतीलाई सम्मान स्वरुप स्वीच्छिक आर्थिक सहयोग समेत गर्दै आउनुभएको छ । जसले ५ नंंं. स्तरीय गन्र्धव समुदायहरुको हकहितको निम्ति काम गर्ने संस्था दर्ताको तयारीमा छौं । जसले गन्र्धव समुदायको पेशा र सारङ्गीको संरक्षण र प्रर्वद्धनमा टेवा पु¥याउँछ भन्ने कुरामा म विश्वष्ट छु । देशभरीका गन्र्धव समुदायहरुको छाता संगठनबाट नै समदायहरुको हकहितको निम्ति पहल हुुनुपर्ने हो तर विभिन्न कारण वंश त्यसो हुन सकेको अवस्था छैन । त्यसैले ५ नं. प्रदेशका गन्र्धव समुदायहरुको पहलमा अब हामी प्रदेश स्तरीय संस्था दर्ता गर्ने तयारी समेत भएको छ । संस्था दर्ता पश्चात् देशभरीका ७७ ओटा जिल्लामा गन्र्धव समुदायको पेशा र सारङ्गी बचाऔं अभियान सञ्चालन गर्ने विशेष योजना बनाएका छौं ।
संस्था दर्ता पश्चात् गन्र्धव समुदायको पेशा र सारङ्गी बचाऔं अभियान सञ्चालन गरेको भए प्रभावकारी हुन्थ्यो, नि ?
ठीकै हो हजुरले भनको सहि छ र त्यो कुरामा पनि सहमति छु । हामी संस्था दर्ताको तयारीको शिलसिलामा ५ नंं. प्रदेशको सबै जिल्लामा गन्र्धव समुदायको पेशा र सारङ्गी बचौऔ अभियानकै शिलसिलामा सबै टिम प्रत्येक जिल्लामा टिम पुगेको छ । यस अभियानले पनि संस्था दर्तामा थप सहयोग पुग्ने भएको छ । गन्र्धव समुदायको पेशा र सारङ्गी बचाऔं अभियान पश्चात् यस समुदायको हकहितको निम्ति काम गर्ने संस्था समेत दर्ता गर्दछौं । संस्था मार्फत गन्र्धव समुदायहरुको हतहितको निम्ति निरन्तर अगाडि बढ्ने छौं ।
समुदायको पेशा र सारङ्गी बचाऔं अभियानमा आर्थिक व्यवस्थापन कसरी भएको छ ?
यस समुदायको पेशा र सारङ्गी बचाऔं अभियानकै शिलसिलमा हाम्रो टिम ५ नं. प्रदेशको सबै जिल्लाहरुमा पुगका छन् । सोही अभियानको सिलिशालामा एक टिम यस जिल्लामा आएका छौं । हामी सरकारी कार्यालय, गैर सरकारी कार्यालय, विद्यालय र गाउँ गाउँमा सारङ्गीको धुनमा साङ्गीतिक गीतहरु प्रस्तुत गर्दे आएका छौं । उक्त प्रस्तुतीलाई सम्मान गर्दै स्वीच्छिक आर्थिक सहयोग सहयोगी निकायहरुले गर्दै आएका छन् । ति सहयोगबाट संकलन रकमबाट नै अभियानको आवश्यक रकमको व्यवस्थापन हँुँदै आएको छ । बाँकी बचेको रकम संस्था दर्ता गरी संस्थाको खातामा जम्मा गर्ने तयारी गरेका छौं ।
हाल गन्र्धव समुदायको अवस्था कस्तो छ ?
शुरुमा हाम्रा पुर्खाहरुले सारङ्गीको धुनमा गीत गाउँदै गाउँ गाउँबाट संकलन भएको खाद्यन्नबाट नै जीवन निर्वाह गर्दै आएका थिए । समय बित्दै गर्दा यस समुदायका केही सक्षत व्यक्तिहरुले परम्परागत पेशालाई आधुनिकिकरण गर्दै आगाडि बढेका छन् भने केही समुदायहरुका व्यक्तिहरु अझै पनि परम्परागत रुपमा पेशा गर्दै आएका छन् । शिक्षाको पहुँच पुगेका यस समुदायका व्यक्तिहरु निजामति तथा अन्य जागिरमा समेत समावेश भएका छन् तर शिक्षाको पहुँच पुग्न नसकेका व्यक्तिहरु परम्परागत पेशाबाट नै जीवन निर्वाह गर्दै आएका छन् । यस समुदायका परिवारहरुमा आर्थिक अस्था कम्जोर भएका परिवार आयआर्जनको निम्ति भारतको विभिन स्थानमा ज्याला मजदुरी, इट्टा भत्ता, वैदेशिक रोजगारीमा समेत जान बाध्य भएका छन् । त्यसैले यस समुदायका नयाँ पुस्ताले चाहेर वा नचाहेर पनि सारङ्गी छुनुबाट ताढा बनेका छन् तर हामीहरुका् पहलमा समुदायको पेशा र सारङ्गीको संरक्षण र प्रर्वद्धन गर्नुपर्दछ उद्धेश्य सहित अगाडि बढेका छौं । समयको विकास क्रमसँगै गन्र्धव समुदायहरुमा पनि चेतनाको विकास भएको छ । नेपाल सकार, प्रदेश सरकार, स्थानीय सरकारले विशेष प्राथमिकता सहित ध्यान दिनेका अवस्थामा यस समुदायको जीवन स्तर परिवर्तन पक्कै हुन्छ ।
 समुदायकाे साक्षर दर कस्तो छ ?
गन्र्धव समुदायको हक अधिकारको निम्ति म करिव ५५ ओटा जिल्ला पुग्ने क्रममा ति समुदायहरुको बस्तिमा समेत पग्ने अवसर पाएँ । यस समुदायमा साक्षर दर समग्रमा तीन प्रशितभन्दा रहेको छैन । प्यूठान जिल्लामा एस.एल.सी. पास र प्लस टुसम्म पास गरेका न्यून संख्यामा छन् तर तल्लो तहमा अध्यायन गर्ने विद्यार्थीहरुको संख्या भने बढ्दो क्रममा नै छ । पारिवारिक आर्थिक अवस्था कम्जोर भएपनि छात्रावृत्तिको व्यवस्थाले यस समुदायका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने अवसर पाएका छन् । रोल्पा नगरपालिका–२ नंं. लिबाङ रोल्पा स्थित नमूना बाल कल्याण माध्यमिक विद्यालयमा भेटघाटको क्रममा विद्यालयका प्राचार्य मधुुसुदन पोख्रेलले प्रविधिक शिक्षा अध्ययनको निम्ति निःशुल्क व्यवस्था गरेका जानकारी दिनुभयो । त्यसैगरी रोल्पा नगरपालिका–४ लिबाङ टुडिखेल रोल्पा स्थित सञ्चालित तुलसी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णबहादुर घर्तीमगरले समेत समुदायका बालकालिकाहरुलाई निःशुल्क अध्यायपनको व्यवस्था गर्नुभएको छ तर बालबालिकाहरु ताढा भएकै कारण ल्याउन समस्या भएको छ । त्यसैले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार लगायतका शिक्षा प्रेमिहरुको पहलमा गन्धर्व समुदायहरुको शिक्षा क्षेत्रमा लगानीले केही सुँधार ल्याउँदै छ । निकट भविष्यमा यस समुदायमा सक्षारदर वृद्धि बढ्नेछ ।
समुदायको परम्परागत पेशालाई कसरी आधुनिकिकरणतिर उन्मुख गर्न सकिन्छ ?
अझैपनि यस समुदायहरुका धेरै व्यक्तिहरुले सारङ्गी बजाउँदै कसैसँग मागेको रकम वा खाद्यन्नमा नै जीवन निर्वाह गर्दै आएको अवस्था छ । अब मागेकै भरमा जीवन चल्न सक्दैन अब परम्परागत पेशालाई आधुनिकिकरणतिर उन्मुख बन्न आवश्यक छ । जसले मात्र यस समुदायहरुको जीवन स्तर परिवर्तन हुन सक्छ । पेशा आधुनिकिकरणको निम्ति पहिलो कुरा जनचेतनानै हो । त्यसैले यस समुदायको जनचतेनाको निम्ति हामी सञ्चालन गरेको सारङ्गी बचाऔं अभियान पनि एक हो । साथै हामीले गन्र्धव समुदायको हक अधिकारको निम्ति विशेष काम गर्ने उद्धेश्यले ५ नं. प्रदेश स्तरीय संस्था समेत दर्ताको प्रक्रिया अगाडि बढाएका छौं । हामी प्रदेश सरकार, स्थानीय सरकार लगायतका सरोकारवाला निकायहरुसँग समन्वय सहकार्यबाट यस समुदायको हक अधिकार र परम्परागत पेशाको आधुनिकिकरणमा टेवा पग्नेछ । संस्थाकै पहलमा सारङ्गी प्रशिक्षण केन्द्र, सारङ्गी निर्माणबाट सबैले रोजगारीको व्यवस्थाको एक्लै सम्भव नभएको हुँदा म सम्पूर्ण गन्र्धव समुदायलाई एक जुटका लागि अनुरोध गर्दछु । संस्था दर्ता पश्चात् वुटवलमा हामीले राष्ट्रिय सारङ्गी प्रतियोगिता आयोजना गर्ने योजनामा छौं । यस्ता कार्यक्रमहरुले परम्परागत पेशा र सारङ्गी संक्षरण तथा प्रर्वद्धनबाट गन्र्धव समुदायहरुको पेशा आधुनिकिकरणमा महत्वपूर्ण टेवा पुग्दछ । पहिले हाम्रा पूर्खाहरुले सारङ्गी बजाउन पनि घरको आँगनको छेउमा बस्नुपर्ने बाध्यता थियो तर अहिले कार्यालय प्रमुखको अगाडि, घरभित्र नै बसेर सारङ्गी बजाउनेसम्म अवस्था छ । विगतको अवस्थभन्दा पनि अहिले गन्र्धव समुदायको निम्ति धेरै सहज बनेको छ । नेपाल सकारले कानुनी रुपमा गन्धर्व समुदायको निम्ति हकअधिकारको व्यवस्था गरेको छ तर प्रभावकारी कार्यन्वयन नुहँदा केही समस्या देखिएको छ भने यस समुदायको केन्द्र स्तरमा पहुँच नपुग्दा केही समस्या देखिएका छन् । अहिलेसम्म गन्र्धव समुदायबाट सांसद, स्थानीयहको प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्यहरुको जिम्मेवारी भूमिका पुग्न सक्नुभएको छैन । त्यसैले पनि गन्र्धव समुदायको निम्ति राजनीतिक पहुँच समेत पुग्न सकेको छैन ।

सारङ्गी उत्पादन र बजारिकरणको अवस्था कस्तो छ ?
गन्र्धव समुदायहरुका नयाँ पुस्ताहरुलाई सारङ्गी बजाउन नै सक्नु हँुदैन भने सारङ्गीको उत्पादन भन्ने कुरा त सहायक भयो । उत्पादित सारङ्गीको बजारको मूल्यत राम्रो छ । मेरै पहलमा लमही नगरपालिकाको आर्थिक सहयोगमा सारङ्गी निर्माण र बजाउने प्रशिक्षण एक महिने तालिम समेत सञ्चालन गरिएको थियो । स्वयम मैले सारङ्गी प्रशिक्षण केन्द्र दाङ घोराहीमा सञ्चालन गरेको छु तर राम्ररी चलेको छैन । मैले एक महिना आठ÷दश ओटा सारङ्गी निर्माण गर्दछु । एक ओटा सारङ्गी निर्माण गर्न न्यूनतम चार दिन लाग्छ । त्यसैले एउटा सारङ्गीको मूल्य न्यूनतम चार हजार÷पाँच हजार रुपैयामा विक्रि हुन्छ । अहिले सारङ्गीको माग र बजारिकरणको बढ्दो छ ।
 कसरी गैर गन्र्धव समुदायको सारङ्गी आकर्षण बढेको छ ?
हो साच्चै गन्र्धव समुदायहरुले सारङ्गी बजाउने पेशा छोड्दै गएका छन् तर गैर गन्र्धव समुदायहरुको सारङ्गी बजाउने पेशा प्रति आकर्षण बढेको छ । कति पय गैर गन्र्धव समुदायहरुले त सारङ्गी बजाउने पेशालाई जीवन निर्वाहको पेशा नै बनाएको अवस्था छ । त्यसैले गैर गन्र्धव समुदायहरुले सारङ्गीको महत्व बुझेर नै सारङ्गी बजाउने प्रति बढ्दो आर्कषण भएको छ तर गन्र्धव समुदायमा सारङ्गी बजाउँदा त गायन पो भन्छन् भन्ने गल्त धारणाकै करण नयाँ पुस्ताहरु सारङ्गीप्रति आकर्षण बढेको छैन । सारङ्गीप्रति आकर्षणको निम्ति मेला महोत्सवमा विशेष स्थानको व्यवस्था भएको अवस्थामा आगामी दिनमा सारङ्गी बजाउने पेशातिर आकर्षणमा वृद्धिमा थप सहयोग पुग्ने छ । त्यसैले समयमा नै सम्बन्धित निकायहरुको ध्यान जान आवश्यकता छ ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुले यस समुदायको निम्ति अब के गर्न आवश्यक छ ?
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार लगायतका सरोकारवाला नियकाहरुले टुक्रा टुक्रा वजेट विनियोजिट गर्नुभन्दा पनि एक मुष्ट वजेट विनियोजिट गरेको खण्डमा गन्र्धव समुदायको परम्परागत पेशा आधुनिकिकरण लगायतका विषयमा धेरै विकास हुन्छ । साथै हामीले पनि गन्र्धव समुदायको निम्ति नै काम गर्ने उद्धेश्य सहित ५ नं. प्रदेश स्तरीय संस्था दर्ता गर्ने तयारीमा छौं । यस संस्थाले पनि यस समुदायको हकहित र परम्परागत पेशाको आधुनिकिकरणमा टेवा पुग्ने छ भन्ने कुरामा विश्वष्ट छु । संस्था मार्फत यस समुदायका प्रत्येक दश जना युवाहरुलाई सारङ्गी निर्माण र बजाउने तालिम समेत सञ्चालन गर्नुपर्ने आवश्यकता हामीले देखेका छौं ।
अन्तिममा केही कुरा छुटेका छन्, कि ?
विशेष गरी गन्र्धव समुदायको लोपन्मुख अवस्थामा पुगेको सारङ्गी बचाऔं अभियानको सम्बन्धि मेरो विचार धारणा आम पाठकसामु पु¥याउने अवसर यस पत्रिका रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु । सारङ्गी बचाऔं अभियानकै शिलसिलामा हामी यस जिल्लाको विभिन्न ठाउँमा पुग्न क्रममा जिल्लाबासीहरुको घर वस्तीमा आएको क्रममा सक्दो सहयोग गर्नु हुनेछ भन्ने अनुरोध समेत गर्दछु । हामी गन्र्धव समुदायको हकअधिकारको निम्ति अगाडि बढ्ने छौं भन्ने प्रतिविद्धता जिल्लाबासीमा व्यक्त गर्दछु । साथै आगमी दिनमा हजुरहरुको सल्लाह सुझाको समेत अपेक्षा व्यक्त गर्दछु ।

You may also like