रोल्पाको वडा कार्यालयमा वम प्रहारसँगै आगजनी

रोल्पा समादाता
भाद्र ९ गते

वडाकार्यालय ध्वस्त पार्ने लक्ष्यका साथ विस्फोट गराएको बम

आइतबार मध्यरात १२ः३० बजेपरिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीको वडा कार्यालयमा बम विस्फोटनसँगै आगजनी भएको छ । विस्फोटन र आग्जनी कसले गरेको भन्ने बारेमा अझै खुल्न सकेको छैन । उपराष्ट्रपति नन्दबहादुर पुनको गृह वडाकार्यालयमै वम विस्फोटन हुनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

गएराती मध्यरातमा ठूलो विस्फोटनको आवाज आए लगत्तै हेर्दा वडा कार्यालयमा बम विस्फोटन र आग्जनी गरिएको वडा अध्यक्ष हरीप्रसाद बुढामगर (समबेग)ले जानकारी गराउनुभएको छ । वडा कार्यालयमा स्टीलको बाल्टिनबम प्रयोग गरी वडा कार्यालयको ४ वटा ढोकामा जुटको वोरामा डिजेल राखेर आगजनी गरिरहेको बेलामा स्थानीयवासीले देखेपछि सबै गएर आगो निभाएका थिए ।

 

 

 

खेद प्रकट गर्दै वडा कार्यालयले विज्ञप्ती जारी

 

घटनापछि जाँचबुच गर्दै प्रहरी वडा अध्यक्ष लगायत स्थानीयबासीहरु

घटनापछि जाँचबुच गर्दै प्रहरी वडा अध्यक्ष लगायत स्थानीयबासीहरु स्थानीयबासी वडा कार्यालयको ढोकाहरु जलेपनि क्षति हुनबाट बचाउन सकिएको अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँले भन्नुभयोः–“यदी यो घटना गराउने योजना अनुसार नै सफल भएको भए निकै ठूलो घटना हुन सक्ने थियो, तर स्थानीयबाबासीको सहयोगमा तत्कालै नियन्त्रण गरेपछि घटना नभएको हो ।” उहाँले यो कार्य अज्ञात समूहले गरेको बताउँदै जुन सुकै निकायबाट भएपनि निन्दनीय कार्य भएको प्रतिक्रिया दिदै खेद व्यक्त गर्नुभएको छ ।

     हरीप्रसाद बुढामगर। अध्यक्ष
                                                      परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सी
                                                         घटनाको बारेमा जानकारी गराउँदै
सो घटना भएपछि इलाका कार्यालय पोबाङका प्रमुख बसन्त कुमार वलीको नेतृत्वमा नेपाल प्रहरीको टोली राती २ बजे नै घटना स्टल तर्फ पुगेको थियो । प्रमुख बसन्त वलीका अनुसार घटना स्थल हेर्दा चारैवटा ढोकाबाट आगो जलाउन खोजेको र वम पड्काएर त्रसित बनाउन खोजेको बताउनुभयो । यो घटनाको नेत्र विक्रम चन्द्र नेतृत्वको नेकपाले गराएको अनुमान गरिएपनि आधिकारिक जिम्मो लिएको छैन । यो घटना कसले गरायो भन्ने कुरा अझै रहस्यमय बनेको छ ।

You may also like