UNFPA जिल्ला कार्यक्रम अधिकृत एवं समाज सेवी खगेन्द्र भट्टद्वारा छोराको जन्म उत्वसको अवसरमा आपतकालीन कोषमा नगद रकम जम्मा

UNFPA जिल्ला कार्यक्रम अधिकृत खगेन्द्र भट्टद्वारा छोराको जन्म उत्वसको अवसरमा आपतकालीन कोषमा नगद रकम जम्मा
असार, १ गते
लिबाङ–रोल्पा


UNFPA रोल्पा जिल्ला कार्यक्रम अधिकृत एवं समाज सेवी  खगेन्द्र भट्टले आफ्नो छोरा त्रियोग भट्टको प्रथम जन्म उत्वसको अवसरमा रोल्पा अस्पताल रेउघाद्वारा स्थापना आपस्तकालीन कोषमा नगद रु ५ हजार रकम जम्मा गर्नुभएको छ । यस आपतकालीन कोषमा पछिल्लो समयमा सामाजिक भावनाले प्रेरित संघ संस्था र व्यक्तिगत रुपमा नगद रकम जम्मा गर्ने संख्या बढ्दो क्रममा छ ।
‘मेरो छोरा त्रियोग भट्टको पहिलो जन्म उत्वसको असरमा रोल्पा अस्पताल रेउघा रोल्पाद्वारा स्थापित आपतकालीन कोषमा नगद रु ५ हजार रकम जम्मा गरेको छु । तर, यो रकम आपतकालीनबाट बच्नका लागि आवश्यक रकम पूर्णता पक्कै पनि नहुन सक्छ । तर, सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोगबाट लाखौं रकम जम्मा भयो भने पक्कै पनि आपलकालीनबाट बच्नका लागि आवश्यक रकम प्रयाप्त हुन सक्छ’ उहाँले भन्नुभयो,‘मेरो छोराको पहिलो जन्म उत्वसको अवसरमा केक काटेर खर्च गर्नुभन्दा पनि नोबेल कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै अस्तालद्वारा स्थापना आपतकालीन कोषमा रकम जम्मा गर्नु उपयुक्त लागेर यो रकम जम्मा गरेको हुँ । पक्कै पनि सम्बन्धित निकायले यो रकमको सदुपयोगमा विशेष ध्यान दिन आवश्यक छ । कोरोना भाइरसको कारण निर्धारित समयमा करहरु पनि संकलन हुन नभएको अवस्थामा नागरिकहरुले आ–आफ्नो ठाउँबाट सक्दो आर्थिक सहयोगबा गरौं भन्ने पक्कै पनि सम्बन्धित निकायलाई आर्थिक भार न्यून हुन सक्छ । भाइरसबाट आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु खरिदमा समेत सहयोग पग्दछ ।’ यो संकटको समयमा अनावश्यक खर्च गर्नुभन्दा पनि महामारीबाट बच्न सबैले ध्यान पु¥याउनु पर्ने धारणा व्यक्त गर्नुभयो । २०७६ साल जेठ महिनाको ३१ गते त्रियोग भट्ट एक वर्ष पूरा भई दुई वर्षमा प्रवेश गरेको उहाँले जानकारी दिनभयो ।
उहाँ कैलाली जिल्ला धनगढी निबासी हाल UNFPA को रोल्पा जिल्ला कार्यक्रम अधिकृतको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । यस जिल्लामा UNFPA को कार्यक्रम सञ्चालन भएको करीव ६ वर्षभन्दा बढी भइसकेको उहाँले बताउनुभयो । उहाँले छोराको पहिलो जन्म उत्वसको अवसरमा रोल्पा अस्पताल रेउघा रोल्पाद्वारा स्थापना आपतकालीन कोषमा नगद रु ५ हजार सहयोग गर्नुभएको अस्पतालको सूचना अधिकारी कुलबहादुर डाँगीले बताउनुभयो । उहाँले पछिल्लो समयमा सामाजिक सेवाले प्रेरित विभिन्न संघ संस्था सहित व्यक्तिगत रुपमा आर्थिक सहयोग प्राप्त हुँदै आएको जानकारी दिनुभयो । मनकारी मनहरु विभिन्न संघ संस्थाहरु र व्यक्तिगत रुपमा अस्पतालको आपतकालीन कोषमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी निकायहरुलाई उहाँले धन्यवाद व्यक्ति गर्दै सहयोग रकको सदुयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । यस जिल्लामा पनि पछिल्लो समयमा नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमितहरुको संख्या बढ्दो क्रममा रहेको हुँदा संक्रमितहरुको उपचारलाई व्यवस्थित गर्नका लागि सम्पूर्ण सहयोग मनकारी मनहरु भएका विभिन्न संघ संस्था र व्यक्ति रुपमा आर्थिक सहयोगका लागि अनुरोध गर्नुभयो ।

You may also like