पत्रकार महिलाहरुलाई तालिम

असार २३ रोल्पा
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, रोल्पाको आयोजना र जिल्ला समन्वय समिति, रोल्पाको सहयोगमा दुई दिने ‘पत्रकार महिलाहरुको क्षमता अभिबृद्धि तालिम’ शनिबार समापन भएको छ ।

रोल्पा जिल्लामा सञ्चालित सामुदायिक रेडियो र विभिन्न छापा माध्यममा कार्यरत २५ जना पत्रकार महिलाहरु सहभागि गरिएको तालिमको उद्घाटन रोल्पा नगर प्रमुख पुर्ण केसीले गर्नुभउको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख के.सीले पत्रकारीता पेशा जिम्मेवार र मर्यादित पेशा बनाउँदै लग्न अनुरोध गर्दै समाज सेवामा समर्पित पत्रकारहरु समाजलाई मार्ग दर्शन गर्नु पर्ने र पत्रकारहरुको हितमा रोल्पा नगरपालिकामा नीति बनाइ कार्यन्वयन गर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लाको रोल्पा नगरपालिकालाई नमूना नगरपालिका बनाउनुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले सिकाई जीवनको अन्तिम क्षणसम्म चलिरहने भएकाले गर्दा यो तालिमबाट अझै निखारपन लिनका लागि अनुरोध गर्नुभयो । यस्तै स्थानीय विकास अधिकारी सुशील बैद्यले निरन्तर लागेका पत्रकार महिलाहरुको क्षमता विकासका लागि निन्तर सहयोग गर्ने प्रतिवद्धता गर्ने व्यक्र गर्नुभयो ।
कार्यक्रममा रोल्पा नगर उपप्रमुख मनकुमारी घर्तीमगरले विगतभन्दा वर्तमानको संविधानमा महिलाहरुलाई न्याय गरेको उल्लेख गर्दै महिलाहरु अझै पत्रकारिता पेशामा लागेर सचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता महिलाहरुलाई चुनौती भएपनि यस पेशाबाट नै सबैलाई सचेत बनाउनु सकिने बताउनुभो । उहाँले रोल्पा नगरपालिकामा सबैको सहयोगबाट कार्य सम्पादन गर्नका लागि आपूm तयार भएको बताउँदै पत्रकार महिलाहरुले सहयोग गर्नका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पा जिल्ला शाखाका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर, रोल्पा नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा, केन्द्रीय मिडियामा कार्यरत पत्रकारहरुको तर्फबाट एभिन्यूजका रोल्पा प्रतिनिधी दिनेश सुवेदी, सामुदायिक रेडियोहरुको तर्फबाट रेडियो मालश्रीका मार्केटिङ म्यानेजर लोकेन्द्र चन्द, सम्पूर्ण छापा पत्रिकाहरुबाट रोल्पा समाचार साप्ताहिकका कार्यकारी सम्पादक रेशम कुमार बिक लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
पत्रकार महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले आयोजना गरिएको तालिमको उद्घाटन समारोह नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बिकको अध्यक्षतामा भएको थियो भने सञ्चालन कार्य समिति सदस् अञ्जुली बाठाँमगरले गर्नुभएको थियो । कार्यक्रमको विषय बस्तु एवं स्वागत नेपाल पत्रकार महासंघका उपाध्यक्ष एव. तालिम संयोजक देवी गुरुङले गर्नुभएको थियो ।
दुइ दिनसम्म सञ्चालित तालिमको सहजीकरण प्रमुख प्रशिक्षक कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल के.सी. र नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगरले गर्नुभएको थियो ।
शनिबार समापन गरिएको तालिममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण केसी, स्थानीय विकास अधिकारी सुशील बैद्य, प्रमुख प्रशिक्षक दुर्गालाल केसी, सामुदायिक रेडियो प्रशारक संघका ५ नं. प्रदेश सदस्य सन्तोष शर्मा, तालिम संयोजक देवी गुरुङ, प्रशिक्षार्थी उमा बस्नेतले मनतव्य राख्नुभएको थियो ।
मनतव्यको क्रममा महासंघको आयोजनामा भएको तालिम सान्दाररुपमा सम्पन्न भएको र आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण प्रमुख अतिथि एवं अतिथिहरुले गर्नुभएको थियो । साथै प्रमुख प्रशिक्षक दुर्गालाल के.सी. र प्रशिक्षक खेम बुढामगरलाई समेत प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

You may also like