रोल्पा, रोल्पाली र नेपालको नाम चिनाउने राष्ट्रिय च्याम्पियन शीप केसीको प्रविद्धता

 

मानसिंह विश्वकर्मा

रोल्पा २०७५ साउन १५

 


रोल्पा जिल्लाबाट अग्रज कलाकारिता पेशामा लाग्ने यात्रीहरुको नाममा लोक केसीको नाम नौलो होइन । करिव दुई दशकको सांगीतिक यात्रादेखि नै उहाँ सांगितिक यात्रामा हुनुहुन्छ । तर करिव एक दशकदेखि यता स्वास्थ्यको लागि भन्दै खेलिरहेको टेबुल टेनिश विधाबाट नेश्नल च्याम्पिएन शीव बनेपछि एक्कासी उहाँलाई नयाँ जोश, जागरसहित थप जिम्मेवारी बढेको छ । के.सी.को प्रतिवद्धता र अठोट देशलाई चिनाउने छ अनि रोल्पालाई । यो यात्रामा आजकाल लोक केसी निरन्तर लाग्नुभएको छ ।


यो अठोट र प्रतिवद्धता उहाँमा पाँचौँ पारा टेबुल टेनिस च्याम्पियन शीप प्रतियोतिा २०७५ मा नेश्नल च्याम्पियन शिप उपाधी विजेता बनेर उत्साहित मुद्रामा रोल्पा फर्किएपछि भित्रि आत्मैदेखि लागेको हो । अब उहाँको दृढ संकल्प टेनिश विधाबाट नेपाल र आफ्नो जन्मभूमि रोल्पालाई चिनाउने ।  यो अठोटले भित्रैदेखि निकै पिरोलेको छ लोक केसीलाई । अब त्यो आफ्नो महान सपना पूरा गर्नका लागि आफ्नो तर्फबाट सबै भूमिका पूरा गर्ने र अरुले पनि त्यो सपनालाई साकार पार्नका लागि सहयोग गरि दिन अनुरोध गर्नुभएको छ ।
रोल्पाको सदरमुकाम लिबाङसँगै जोडिएको तत्कालीन ह्वामा गाविस भए पनि मानवीय र भौतिक विकासका दृष्टिले बत्तिमुनिको अध्यारो गा.वि.स. नै हो । अझै त्यस ह्वामा गा.वि.स.को पनि पछाडि परेको स्थान नै हो, उहाँको जन्म थलो कर्तम । त्यस स्थानमा जन्मेर पनि यो स्थानसम्म पुग्नु आफ्नो लागि गौरवको विषय त छदैछ सिंगो रोल्पाको गौरवको विषय बन्नु भएको छ केसी ।
बाल्यकाल गाउँमै विताए पनि सदरमुकाममा लिबाङमा बसाई गरेपछि सांगीतिक क्षेत्रमा लाग्नु भएको थियो । मादल, हार्माेनियम, गितार र मुरलीको धुनमा गीत गाउँदा गाउँदै सर्जक पनि बन्नुभयो । अरुको गीत गाउँने र नाच्नेले मात्रै चित्त बुझेन केसीलाई यो धोको पुरा गर्नका लागि ‘लिबाङ बजारमा दिल बस्यो मयालु पहिलो नजरमा’ भन्ने बोलको गीत आफ्नै रचना, संगीत र स्वरमा बजारमा लिएर चर्चा पाउन थाल्नु भएको हो । करिव .. गीतमा संगीत र स्वरमा दिएर श्रोतासम्म लिनुभएको थियो । हाल केसीले विभिन्न सांगितिक प्रतियोगिता, ताराहरुको निर्णायक कर्ताको भूमिका निर्वाह गर्दै स्तर कायम गरिहुनभएको छ । करिव एक दर्जन गीतमा स्वर, संगीत, रचना गरि सकेका लोक केसीले पछिल्लो हालै कम्मरै लचक्कै बोलको गीत बजारमा लिएर धेरै श्रोताहरुको माया पाएको अनुभूति सुनाउँनुहुन्छ । २०३३ सालमा जन्मिनुभएका केसी गाउँमै प्राथमिकतहसम्मको अध्ययन पछि सदरमुकाम लिबाङमा २०४४ सालमा आफ्ना पढाइका लागि बुवाहरु बसाई सरे । सानै उमेरदेखि कलाकारिता क्षेत्रमा लागेका केसीलाई कलाकारिता यात्राको क्रममा ‘कति दिन लग्यो मायाँ लाउन धाउन, एकै छिन फाट्यो माया जुनि भरीलाई’ भन्ने बोलको गीत अरुले आफ्नो सृजना भनेर लिएपछि दुखी बनेको अनुभूति पनि सुनाउनुहुन्छ ।
करिव २० वर्षको निरन्तर प्रयासपछि हाल पनि साँगितिक यात्रामा लाग्ने प्रण अझै वाँकी नै छ । यो यात्रामा धेरै दर्शक, साथीहरुको मायाँ पाउने स्थान भएकोले गर्दा त्यसलाई विकास गर्ने र त्यसैबाट पनि आफू र जिल्लालाई चिनाउने यात्रा पनि जारी नै छ । यसबाट पनि धेरै राष्ट्रिय स्तरमा सम्मानित भइसको बताउँदै यो यात्रा पनि जारी राख्ने योजनामै रहेको बताउनुभयो ।
सांगीतिक क्षेत्रबाट मात्रै भन्दा पनि खेलकुद क्षेत्र पनि फूटबल लगायत अन्य खेल खेलेपनि जन्मदा नै दायाँहातको कुइनादेखि औलाको भाग नभएकोले गर्दा समस्या भएपछि बुद्धि, इन्डोर खेलमा सहभागी भएको बताउँनुहुन्छ । एक दशकको टेवुल टेनिश खेलमा सहभागी भएर पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुनभएको थियो । असारको २२ र २३ गते काठमाण्डौमा पाँचौ पारा टेबेल टेनिश च्याम्पियन शिप प्रतियोगिता सञ्चालन भएको थियो । ४० वर्षिय लोक केसी विगत करिव एक दशकदेखि टेवल टेनिस खेल खेल्दै आउनुभएको थियो । टेबुल टेनिस प्रतियोगितामा पहिलो पटक रोल्पा जिल्लाबाट सहभागिता भएका केसी च्याम्पियनसीप विजेता उपाधि विजेता बन्नेपछि औधी खुशी लागेको बताउनुभयो । उहाँको यो उत्साह र प्रतिभालाई सम्मान गर्दै रोल्पन नगरपालिकाकाले शनिबार सम्मान गरेको थियो । त्यसमा सम्मानित लोक केसीले आफुले रोल्पा जिल्लालाई चिनाउनको लागि टेबुल टेनिस खेललाई निरन्तर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अब इन्डोनिसिया हुने अन्तर्राट्रिय टेबुल टेनिस खेलमा सहभागि हुनका लागि आफ्नो नाम पनि छनौट पनि परेको बताउनुभो । आफूलाई रोल्पा नगरपालिकाले सम्मान गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीले खेलकुद क्षेत्रमा पनि टेबुल टेनिसमा च्याम्पियन बनेर रोल्पा जिल्लालाई चिनाउनको लागि सफल हुनु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउनको लागि समेत केसीले शुभकामना व्यक्त गर्नुभयो । नगर प्रमख पूर्ण केसीले आफू खेलक्षेत्रको विकासका लागि रोल्पा नगरपालिका निरन्तर रुपमा लाग्ने बताउनुभयो  । उहाँले खेलकुद क्षेत्रलाई मायाँ गर्ने आफू भएकाले टुडिखेललाई बहुउद्धेश्यीय खेलकुद मैदान निर्माणका लागि परेको यसमा बाह्य रुपमा खेल खेल्न नमिल्ने गरी निर्माण गरिएको प्रचारमा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले रोल्पा नगरपालिकाले माडीचौरलाई खेल मैदान र टुडिखेललाई मिनि खेल मैदान बनाउने दिशामा लागेको बताउनुभयो  ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महाराले खेलाडी राष्ट्रका गहना भएकोले यसको विकासका लागि सबै लाग्नु पर्ने धारणा समेत व्यक्त गर्दै च्याम्पियन शिपको उपाधी विजेता सफल लोक केसीलाई बधाई समेत व्यक्त गर्नुभयो । कार्यक्रमको सहजीकरण गर्दै रोल्पा नगरपालिकाका कार्यक्रम अधिकृत नबराज रोका क्षेत्रीले रोल्पालाई विश्वको सामु चिनाउन आग्रह गरेपछि अझै भाबुक बन्नुभएको थियो केसी ।
सांगीतिक यात्रामा लाग्नुभएका केसी हाल खेलकदुद क्षेत्रबाट राष्ट्रिय च्याम्पियन शीप बनेर इन्दोनिसियामा हुने खेलकुदमा सहभागी छनौटमा परेपछि अझै जिम्मेवारी बढढेको महसुस गर्दै त्यो भूमिका रोल्पा र नेपालीको छोरा भएर पूरा गर्नै पर्ने तिव्र इच्छा र दृढ संकल्प गर्नुभउको छ । रोल्पा जिल्लालाई ओसो खेलमा माडीचौरका निमा घर्तीले चिनाएका छन् । अब केसीले पनि एसियाको माझमा रोल्पा अनि नेपाललाई चिनाउने छन् । एसियाको माझमा जनयुद्धको उद्गम थलोलाई फेरी एक पटक चिनाउने यात्रामा रहनु भएका केसीको यात्रा पक्कै पुरा हुने आशा देखिएको छ । उहाँको यो संकल्प पुरामा कहि फेरी खेलमा पनि आफ्नो नाम हटाउलान भन्ने डर उहाँमा बढेको छ । नाम हटाएर पहुँचमा भएका मानिसको वरीपरीका मानिसको नाम गएमा दुर्भाग्य हुने भन्दै यस प्रति सबैलाई सचेत बनि दिन आम रोल्पालीलाई अनुरोध गर्नुहुन्छ केसी ।
विगत सशस्त्र जनयुद्धमा गरेको त्याग, तपस्या र बलिदानबाट चिनिएको रोल्पा फेरी यस पटक रोल्पालाई टेबुल टेनिशबाट चिनाउने यात्रामा निरन्तर लागेका छन् लोकबहादुर केसी । यो रोल्पालाई चिनाउने महान अभियानमा खेलकुद विकास समिति, स्थानीयतह, सबै सरोकारवालाहरुको ध्यान जान जरुरी छ । यो जित केसीको होइन सिंगो रोल्पा र रोल्पाली अनि नेपालीको बनाउने यात्रामा हामी सबैको भूमिका आवश्यक छ ।

You may also like