आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीद्वारा जीवन बिमा मृत्यु भुक्तानी रकम हस्तान्तरण

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीद्वारा जीवन बिमा मृत्यु भुक्तानी रकम हस्तान्तरण

This image has an empty alt attribute; its file name is received_633120994320863-1024x472.jpeg


१८ भाद्र, रोल्पा । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाद्वारा त्रिवेणी गाउँपालिका–७ नं. वडा राम्मी रोल्पा निबासी मृतक भुपतिन्द्र झाँक्रीको परिवारलाई बुधबार जीवन बिमा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरिएको छ । जीवन बिमा मृत्यु दाबी भुक्तानी रकमले मृतक झाँक्रीका परिवारलाई परिवारिक आर्थिक व्यवस्थापन थप सहयोग पुग्ने भएको छ ।
आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत र एजेन्सी म्यानेजर मान प्रसाद पुनले संयुक्त रुपमा बिमा लेखमा इच्छाएको व्याक्तिको नाम आफ्नो नाबालक छोरा सुनजल झाँक्रीमगरको नाम राखिएकोले छोराको नाममा काटिएको एन.आइ.सि एसिया बैंक चेक रु ५ लाख १५ हजार ५ सयको चेक मृतक झाँक्रीमगरका पत्नी सावित्री झाँक्रीमगरलाई हस्तान्तरण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is received_633120994320863-1024x472.jpeg

क्षेत्रीय प्रबन्धक रावतले कोरोना भाइरसको कारण भौतिक रुममा असम्भव भएकोले मृतकको सम्पूर्ण कागजातहरुको काम अनलाइबाट गरिएको र भुक्तानी गर्न केही ढिलो हुन गएको भए पनि बिमाको रकमले नाबालक छोराको लागि केही सहयोग पुग्ने बताउनुभयो । त्यसैले सबैले आफ्नो परिवारको बेलैमा जीवन बिमा गर्नु पर्ने आवस्यता भएको उहाँको भनाइ छ । झाँक्री मगरले गत वर्ष असोजको ४ गते यस आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा रु ५ लाखको जीवन बिमा गर्नुभएको थियो । मृतक झाँक्रीले पहिलो किस्ता रु ३२ हजार बुझाएको सात महिना मै गत वैशाखको १९ गते कोरोना भाइरसबाट मृत्यु भएको थियो । बिमा रकम हस्तान्तरणमा एजेन्सी म्यानेजरहरू बालिका जिसि, प्रेम कुमारि विष्ट, स्नेहा बुढा, देउमती पुन लगायतकाे उपस्थिति थियो ।

You may also like