धन्यवाद दीयाे नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले 

प्रेश विज्ञाप्ती
१. यहि आषाढ १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन भई आज (२०७४÷०३÷१८) रोल्पा जिल्लामा दश वटै गाउँपालिकाको परिणाम घोषणा भएको छ । रोल्पाको यो स्थानीय तहको चुनावमा रोल्पाली जनताले हाम्रो पार्टीलाई फेरी पनि अत्याधिक बहुमतले विजय गराएका छन् । यस अर्थमा महान् रोल्पाली जनतालाई हाम्रो पार्टीले विशेष धन्यावाद तथा हार्दिक अभार ब्यक्त गर्दछ ।
२. रोल्पाको यो स्थानीय तहको चुनावमा हाम्रो पार्टीले १० वटा पालिका मध्ये ६ वटा गाउँपालिका र नगरपालिका गरि ७ वटा गाउँ र नगर पालिकामा विजय हासिल गरेका छौँ भने ७१ वटा वार्ड मध्ये हामीले ४८ वटा वार्डमा विजय हासिल गरेका छौँ । हाम्रो सम्पुर्ण विजय कमरेडहरुलाई हाम्रो जिल्ला पार्टीको तर्फबाट हार्दिक बधाई तथा प्रगतिको कार्यकाल रहोस् भन्ने कामनासमेत व्यक्त गर्न चाहान्छौँ । बाँकी गाउँपालिका र वार्डहरुमा हाम्रो पार्टी निकतम प्रतिद्वन्दी रहेर झिनो मतले पराजित हुनुहुने कमरेडहरुलाई कडा परिश्रमको लागि धन्यवाद दिन चाहान्छौँ । साथै हाम्रो पार्टी र पार्टीका उम्मेदवारलाई विजयी बनाउनको लागि अहोरात्र परिश्रम गर्ने सम्पूर्ण हाम्रो पार्टीका उच्च नेतृत्व, नेता, कार्यकर्तालाई समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।
३. यो महान कार्यलाई प्रकृयागत ढंगले सम्पन्न गर्न खट्नु हुने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, मानवअधिकारकर्मी, निर्वाचन पर्यवेक्षण टोली लगायत सम्पूर्ण पक्षलाई हाम्रो पार्टीले हृदयदेखि धन्यवाद व्यक्त गर्दछ ।
४. अब रोल्पामा जनताको सुशासनको लागि संस्थागत आधार तयार भएको छ । यसलाई अगाडि बढाउन सम्पूर्ण नवनिर्वाचित जनप्रतिनीधिहरुको काँधमा गहन दायित्व थपिएको छ । हामीलाई पुरा विश्वास छ सम्पूर्ण जनप्रतिनीधिहरुबाट पार्टी र जनताको अपेक्षा पुरा हुने कुरामा हाम्रो पार्टीले पुरा विश्वास गर्दछ ।
५. यो निर्वाचनको क्रममा केही संस्थागत धाधलीका प्रयत्नहरु भएता पनि ति प्रयत्नहरु के कति कामकाजी भए वा भएनन् सम्बन्धित पक्षलाई जानकारी होला । ठाउँ“–ठाउँमा नगद वितरण कार्यलाई रोकियो । अब रोल्पामा नगद, जिन्सी र जागिर बाडेर भोट मागि निर्वाचित हुने दिन करिब करिब अन्त्य भएको छ । यसलाई सदाको लागि अन्त्य गर्न जरुरी छ ।
अन्त्यमा रोल्पा जिल्ला स्थित सम्पूर्ण हामी राजनीतिक पार्टीहरु यो चुनावी प्रतिस्पर्धामा उत्रियौ र हाम्रो जनप्रतिनीधिहरु छनौट गर्न सफल भयौ । यसैगरी रोल्पामा जनताको हित र सरोकार राख्ने साझा विषयमा हामी सदा एक भई अगाडी बढ्नेछौँ भन्ने विश्वास समेत व्यक्त गर्दछौँ । धन्यवाद ।
संयोजक इन्चार्ज
सुरेन्द्र थापा (घर्ती) ‘धु्रव’ दिपेन्द्र पुनमगर (सिजल)

You may also like