खुला अनलाइन आई.टि.एफ. तेक्वान्दो राष्ट्रव्यापी बल्याक बेल्ट प्याट्रन च्याम्पियनसीप सन् २०२० सम्पन्न

खुला अनलाइन आई.टि.एफ. तेक्वान्दो राष्ट्रव्यापी बल्याक बेल्ट प्याट्रन च्याम्पियनसीप सन् २०२० आज सम्पन्न
जेठ, २४ गते
लिबाङ–रोल्पा

खुला अनलाईन आई.टि.एफ. तेक्वान्दो राष्ट्रव्यापी बल्याक बेल्ट प्याट्रन च्याम्पियनसीप सन् २०२० आज सम्पन्न भएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि संघीय सरकारले लागू गरेको लक डाउनले खेलाडीहरु प्रभावित भएको अवस्थामा यस प्रतियोगिताले खेलाडिहरु खेल क्षेत्रमा सक्रियता भएका बन्नेका छन् ।

विक्रम बाठा मगर

प्रतियाेगिता संयाेजक  एवं राेल्पा आइ.टि.एफ. संघकाे  जिल्ला अध्यक्ष

यस प्रतियोगितामा प्रथम बागमती प्रदेश रामेछापका भिमबहादुर तामाङ, दोस्रो गण्डकी प्रदेश बाग्लुङका लभिष पुन र तेस्रो सोही प्रदेशका बाग्लुङ जिल्लाका प्रविन बुढामगर विजय हुनुभएको छ । विजयी प्रथम प्रतियोगिलाई नगद रु ८ हजार र प्रमाण–पत्र दोस्रो विजयी प्रतियोगिलाई रु ६ हजार र प्रमाण–पत्र र तेस्रो विजयी प्रतियागिलाई रु ४ हजार र प्रमाण–पत्र कोरोना साम्य भैई लकडाउन खुलेपछि सम्बन्धित जिल्लाका संघलाई पठाईने प्रतियोगिता संयोजक एवं राेल्पा आई.टि.एफ. तेक्वान्दो संघ जिल्ला अध्यक्ष विक्रम बाठामगरले बताउनुभयो । सम्पन्न प्रतियोगिताको निर्णायक मण्डमा महासंघका रेफ्री चेयरमेन प्रविन कुमार कार्कीको नेतृत्वमा अन्य सात जना राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रेफ्रीहरुले नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ र जिल्लासंघ संघको सहकार्यमा खेलाडिहरुले पठाएको भिडियोको मुल्याङ्कनबाट भिडियो कन्फेरेन्स मार्फत आज प्रतियोगिताको नतिजा आयोजकले सार्वजनिक गरेको हो । प्रतियोगिताको पुरस्कारको प्रायोजनहरु परिवर्तन गाउँपालिका–२ नं. वडा राङ्सी रोल्पा निबासीहरु क्रमशः प्रथम पुरस्कार गणेश बाठामगर, दोस्रो पुरस्कार रोशन के.सी र तेस्रो पुरस्कार सुबास बि.क.ले गर्नुभएको थियो भने प्रमाण–पत्र प्रायोजन हिमाल अफसेट प्रेस घोराही दाङका ईश्वर बस्नेतले गर्नुभएको थियो । प्रतियोगिताको सफल्ताको लागि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमला, महासंघकै पूर्व अध्यक्ष कृष्ण बलाल, नेपाल नेस्नल मार्सल आर्ट्स गेम कन्फेडेरेसनका अध्यक्ष प्रविन कुमार कार्की र नेपाल आई.टि.एफ ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष घम बहादुर थापामगरले शुभकामना सन्देश पठाउनुभएको थियो ।  त्यसैगरी रोल्पा आई. टि.एफ तेक्वान्दो संघले पछिल्लो समयमा नोबेल कोरोना भाइरस (कोभिड–१९)को बढ्दो प्रकोपसँगै खेलकुद गतिविधिहरु रोकिएको बेला खेलाडिहरुलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ, तन्दुरुस्त तथा थप क्रियाशिल बनाउन मद्दत पु¥याउने उद्वेश्यले संघको अध्यक्ष विक्रम बाठामगरको संयोजकत्वमा आयोजनाको गरेको अनलाईन प्रतियोगितामा नेपालभरिका ६३ जना खेलाडिहरुले सहभागिता भएको प्रतियोगिता संयोजक बाठामगरले जानकारी दिनुभयो

You may also like