शहीद परिवार बुबा मङ्गलेले राहक रकम पाएको प्रशासनमा रेर्कड

रोल्पा समाचारदाता
लिबाङ– रोल्पा
गत मंसिर २ गतेको बिबिसि साझा सवालको ५ सय २४ औं श्रृङ्खला दश वर्षे महान जनयुद्वको उद्गम रोल्पा जिल्लाले नै प्राथकिता पायो ।
बिबिसि साझा सवालको टिम रोल्पा जिल्लाको चार्चित ठाउँ घर्तीगाउँ, थबाङ, जेल्बाङ लगायत जिल्लाका ऐतिहासिक ठाउँमा बिबिसि साझा सवालको कार्यक्रम सम्पन्न ग¥यो । बिबिसि पत्रकार विद्या चापागाई, प्रतिनिधि सभाका संसद वर्षमान पुनमगर ‘अनन्त’, निवर्तमान सभामुख ओनसरी घर्तीमगरको टिमले शहीद गाउँ जेल्बाङ गाउँका शहीद भवन बुढामगरका बुबा मङ्गले बुढामगर र आमा फर्कि बुढामगरसँग भेटघाटले झन नै विशेष प्राथमिकता पायो । बिबिसि स्रता र दर्शकले बिबिसि साझा सवाल समयवधिसम्म ध्यान दिएर सुनेर हेर पनि । सोही भिडियोले आर्कषण गरेको थियो । साथै भेटको क्रममा शहीद भवन बुढामगरका बुबा मङ्गले बुढामगरलाई जिल्लाबाबाट निर्वाचित प्रतिनिधि सभाका संसद वर्षमान पुनमगरले राहत रमक पाउनु भयो भएन ? भनि सोधिएको प्रश्नको जवाफमा बुबाले थाहा पाउँदैन भन्ने जवाफले झन विशेष प्राथमिकताका साथ समाजिक सञ्जालमा प्राथमिक सुझाव पनि आए । तर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा समाजिक सञ्चाजलमा प्रतिनिधि सभाका संसद पुनमगर सहित नेकपा (माओवादी केन्द्र)को व्यापक आलोचना भएकोे दुई हप्ता बित्न नपाउँदै सुनहछरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनमगरको पहलमा जेल्बाङबाट जिल्ला प्रशासन कार्यालयमा राहत वितरणको विवारण हेर्दा शहीद भवन बुढामगरका बुबा मङ्गेल बुढामगरले प्रशासन कार्यालयबाट राहत रकम पाएको रेर्कड फाइलमा रेर्कड भेटिएको छ । बिबिसि साझा सवालमा नेपाल सरकारको राहत रकम प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएको राहत रकमको नै बढि चार्चा भयो । राहत रकम पाएन् भन्नुको प्रमुख कारण भाषागत रुपमा समस्या भएको भयो । त्योे राहत रकममध्ये पहिलो चरणको राहत रकम किस्ता– किस्तामा हस्तारण भएको पाँच लाख गाउँका अरु चरणमा अरु सहिद परिवारहरुसंगै पाई सक्नु भएको थियोे । भने अन्तिम किस्ता गत आसार महिना मै शहीद भवन बुढामगरको बुबा मङ्गलेको खातामा जिल्ला प्रशासन कार्यालयबाट पाएको थियो । गत असोज दशैंको नजिकै बाँकी रकम खातामा निकाल्न दुई दर्जन शहीद परिवारहरुलाई मैले नै लिएर लिबाङबाट निकासामा सहयोग गरेको गाउँपालिका अध्यक्ष आशबहादुर बुढामगरले भन्नुभयो । तर शहीद भवन बुढामगरका बुबा विरामीका कारण लिबाङसम्म आउन सक्नु भएन् । म आफैले पनि उहाँलाई धेरै पटक भेटेर सबै यथार्थ कुरा जानकारी गरेको थिएँ गाउँपालिका अध्यक्ष पुनले बताउनुभो । उहाँ राहतको विषयमा पूर्ण रुपमा जानकार नै हुनुहुन्थ्यो । खासमा जेल्बाङमा मातृभाषा नेपाली नभई खाम भाष प्रयोग गर्ने भएकाले पनि नेपाली भाषामा प्रस्तुत कुरा सबैलाई बुझ्न कठीन हुन्छ नै । १६ वर्षीय छोरा भुवनको मृत्यपछि सहारा बिहीन बनेका शहीदका आमा–बुबा मङगले र फर्की । तिनै पीडित मङगले दम्पत्तिले बिबिसी साझा सवालको कार्यक्रमलाई राहत नपाएको बताएपछि अझै पनि चर्चा चुलिएको छ । उनको सहारा बिहीन दयनीय घरबास र जीवनशैली बिबिसि साझा सवालमा प्रशारण भएपछि अहिले शहीद बुबा–आमा समाजिक सञ्जालमा दुनियारि भाइरल छन् । बिबिसीसँगको कुराकानीमा प्रतिनिधि सभाको निर्वाचनमा रोल्पाबाट संयुक्त बाम गठबन्धनका साझा विजज उम्मेदवार एवम् नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’ ले ‘सहिद परिवारले पाउने पहिले पाँच लाख र अन्तिम पाँच लाख पाउनु भयो रु’ भनेर जिज्ञासा राख्दा मङ्गलेले नपाएको जवाफ दिएपछि बुबाको चर्चा झन चुलियो । शहीद भवन बुढामगरका बुबा–आमा राहत नपाएको र सहारा बिहिनको अवस्था देखेर निवर्तमान सभामुख ओनसरी घर्तीमगर नै भक्कानिन् । यसरी बिबिसि साझा सवालको कुराकानीबाट द्वन्द्व पीडितले पाउने रहात रमक नपाएको भनेपछि थप चर्चा बन्यो रोल्पा । जिल्लामा पीडितले राहत रकम नपाएको शहीद भवन बुढामगरका बुबाले बताएसँगै प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई पनि धेरैले सोधे सोधिरहेको छन् । नेपाल बैंक लिमिटेड रोल्पाको बैंकमा उनकै नाममा खोलिएको खातामा रकम जम्मा भएको रेकर्ड छ । राहत पाउनका लागि फोटो सहित निवेदन समेत दिएको अभिलेखिकरणमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी भट्टराई भन्नुभयो–‘लिएर गएको रकम कहाँ प्रयोग गरे त्यो थाहा भएन । तर, राहत बुझेको देखिन्छ । ति रकम निकालिएको बैंकको अभिलेखबाट देखिन्छ ।’ गत आर्थिक वर्ष अन्तिम राहत रकम पाँच लाख पनि असार २६ गते उनको खातामा जम्मा भएको छ । पुस २ गते पाँच लाख नै निकालेर लगेको बैंकले जनाएको अभिलेखिकरणमा छ । तैपनि उनले राहत नपाएको बताएपछि लगेको रकम कहाँ प्रयोग भयो अनुसन्धानको विषय बनेको छ । २०५३ सालमा उनको छोरा सेरम झकेबाङमा प्रहरीबाट साहदत भयो । तीन छोरी मध्ये एकको मृत्यु भइसकेको छ । दुई छोरी ज्वाइँको सहयोगमा जीवन चलिरहेको छ । महान जनयुद्वको समयमा देशभरमा साविक जेलबाङ गाविसमा सबैभन्दा बढी ७३ ले जीवन बलिदान भयो । जुन मतदातालाई भेटेर बधाई दिन क्रममा शहीद गाउँ जेल्बाङ पुग्न भएका प्रतिनिधि सभा संसद वर्षमान पुनमग ‘अनन्त’ शहीद भवन बुढामगरका बुबा–आमा दम्पत्तिको कारुणिक अवस्था देखेर नेता अनन्तले घर बनाइदिने प्रतिवद्वता व्यक्त गर्नुभयो । २०७३ साल माघ महिनाको २ गते घर बनाइदिने गरी शिलान्यास गर्न प्रतिनिधि सभाका संसदअनन्त जेल्बाङ पुग्ने कार्यक्रम समेम तय भएको छ । अब साँच्चै परिवर्तनको निम्ति जीवन बलिदान गर्नुहुने महान शहीद परिवारलाई राज्यले उच्चित व्यवस्थापन गर्नुपर्ने आवश्यकत । किन कि बुढेसकालमा आफ्नो साहराको निम्ति जन्माएका सन्तान परिवर्तनको अभियानमा जीवन बलिदा पश्चात् शहीद भवन बुढामगरका बुबा–आमा जस्ता धेरै हुनुहुन्छ । वर्षे महान जयुद्वको समयमा देशैभरिमध्ये रोल्पा जिल्लाको साविक जेल्बाङ गाउँमा नै ७३ जना योद्वाले जीवन बलिदान भएको ठाउँ हो । गत पौष २ गते आईतवारको बिबिसि साझा सवालपछि महान सहिद भुवन बुढामगरका बाबा–आमाको विषय मुख्या बाबा मङगले बुढामगर र जेल्वाङको विषयले सामाजिक सञ्जालमा चर्चासँगै भाईरल बन्यो । सकारात्मक र नकारात्मक दङ्गबाट सामाजिक सञ्जालहरुमा करिव पाँच लाख मान्छेले शेयर, कमेन्ट र लायक गरे छन् । त्यसैले पनि अब परिवर्तनको निम्ति आफ्ना घरपरिवार त्यागेर जीवन बलिदान गर्नुहुने महान शहीदको सपना पूरा गर्नको निम्ती अब शहीद परिवारलाई राहत रकम दिएर मात्र उच्चित न्याय सहित परिपुरणको व्यवस्था गर्न आवश्यक छ । वास्तवमा रोल्पाली शहीद परिवारको मात्र नभएर देशव्यपी नै शहीद परिवारको विकराल अवस्था छ । शहीद परिवारको राहत रकम सदुपयोग भएको वा नभएको अनुगमन प्रभावकारी बनाउन आवश्यक छ । जसले शहीद परिवारको दैनिक दिनचार्यमा सहजता आगामी सरकारको ध्यान पुगोस् ।

You may also like