शिक्षक जोडी कृषि पेशामा रमाइ आम्दानीको क्षेत्र बनाउँदै कृषि पेशा

नीजि स्रोतका शिक्षक जाेडी मुना र  प्रविण  तरकारी खेतीमा रमाउँदै अनि मनग्य आम्दानी
जुनिश कुमार विष्ट
असार २२ गते, पोबाङ रोल्पा ।


धेरै अध्ययन गर्न इच्छा पनि धेरैलाई हुन्छ । तर, सबैलाई सोचेको जस्तो वावतारण नहुँदा सोचेको सबै इच्छाहरु पनि पूरा हुँदैनन् । जीवन निर्वाहको क्रममा अनेक क्षेत्रमा दुःख महेनत गर्नुपर्दछ । यस्तै सुनछहरी गाउँपालिका–५ माबाङ रोल्पा निबासी प्रविण पुन पनि उच्च शिक्षा हासिलबाट बञ्चित बन्नु पर्ने अवस्था सिर्जना भयो ।

पुन मगरले प्रवेशिका परीक्षा उत्तीर्ण गरे पश्चात् उच्च शिक्षा अध्ययन गर्न आर्थिक अभावको कारण आफ्नै गाउँमा बसि खेतीबारीमा व्यवस्थित र आधुनिक प्रविधि साथ नगदे बाली उत्पादनबाट आय आर्जनको योजना तय गर्नुभयो । २०७२ सालमा २ रोपनी जग्गामा मसला बाली अन्तरगत पर्ने अदुवा खेतीबाट कृषि कार्य थालनी गरेको पुन मगरले बताउनुभयो ।

शिक्षक मुना । सानै उमेरमा देश र जनताको परिवर्तनका लागि विगतको जनयुद्धमा भूमिगत जीवन विताउँदै आएका मुना पुनमगर । पछिल्लो समयमा उनी शिक्षण पेशामा संलग्न रहुनुभएको छ । बुवा पनि त्यही आन्दोलनमै गुमाए । लामो समय जनवादी कलाकारीतामा जीवन विताउनुभएका मुना पुनमगरले पनि विद्यालयमै अध्यापन गर्नुभयो । सोही क्रममा सोही विवाह भयो । अनि मुना र प्रविण एउटै विद्यालयमै अध्यापन गराउँदै आए । ति जोडीहरु पछिल्लो चरणमा कृषि पेशामा रमाउँदै मनग्य आम्दानीको श्रोत बनिरहेको छ ।

कृषि पेशामा रमाएका दामपत्ती जाेडीकाे त्यसबाट राम्रो उत्पादन र कमाइ भयो नै । तर, एक सिजनमा एक बाली उत्पादन गरि व्यवसाय चल्दैन भन्ने सिकाइबाट बिस्तारै मौसमी तथा बेमौसमी तरकारी खेती सुरुवात गर्नुभयो । तरकारी खेती सम्बन्धि विभिन्न ठाउँमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको तालिम र कृषि सम्बन्धि सञ्चारको प्रयोग सहित आफ्नो प्रत्यक्ष खेतबारीको अनुभवबाट गत वर्षदेखि एक जना आफन्तको ५ रोपनी जग्गा भाडामा लिई आफ्नै लगानीमा ६ ओटा प्लास्टिक घर बनाई सिजन र बजारको माग अनुसार विभिन्न तरकारी उत्पादन गरिरहेका भई रहेको छ । साथै प्लास्टिक घरभन्दा बाहिर अरु उत्पादन हुने बालीहरु पनि उत्पादन गरिरहेका पुनमगरले गर्दै आउनुभाएको छ ।
संसारभर फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण गत चैत ११ गतेदेखि लक डाउन भएपछि तरकारी बिक्री हुँदैन कि भन्ने चिन्तामा रहेका पुन मगर लक डाउनको समयमा स्थानीय बजार पोबाङ, फुलिवन र प्रमुख बजार सुलिचौरका बजारका उपभोक्ताहरुसँग सम्पर्क गर्दा ती बजारमा बाहिरी जिल्ला तथा टाढा–टाढाबाट तरकारी आयातमा रोक भएपछि तरकारीको माग अधिक बढेको छ । कतिपय उपभोक्ताहरुले तरकारी खरिद गर्न आफ्नै बारीमा आएको पुनले बताउनुभयो । उहाँ यो लक डाउनमा कृषि पेशाबाट तरकारी खेती गरि मनग्य आम्दानी गर्न सफल हुनुभयो । अध्ययन गरेर स्थायी जागिर खाने एउटा सपना बोकेका पुन मगर २०७२ भाद्र महिनादेखि स्थानीय प्राथमिक विद्यालयमा नीजि स्रोतबाट शिक्षक पेशामा पनि आवद्व हुनुहुन्छ । जारी लक डाउनको कारण शिक्षण संस्थाहरु ४ महिनसम्म सञ्चालन हुन सकेका छैनन् । यो समयमा आफ्नो तलब पाउने वा नपाउने थाहा छैन । तर, मैले चौमासिक रुपमा पाउने तलबभन्दा दोब्बर आम्दानी कृषि बाट गर्न सफल भएको बताउनु हुन्छ । लक डाउनको समयमा कृषि पेशामा आएको समस्याहरु आफुले विभिन्न एग्रोभेट, गाउँपालिकाका कृषि प्राविधिकहरुलाई सम्पर्क गरि समस्याहरु समाधान बताउनुभयो । युवा अवस्थामै कृषि पेशामा राम्रो प्रगति गर्न सफल भएका पुन मगर सुरुमा कृषि पेशाको थालनी गर्दा कसैले पट्याउदैनन् थिए । तर, अहिले सबैको ध्यानाकर्षण भएकोछ । आफ्नो पेशा गाउँदेखि शहरसम्म परिचित भएकोले सबैले प्रशंसा गर्दा आफुले चालेको पाइलामा गर्व लागेको बताउनुभयो । आ–आफ्ना ठाउँमा सम्भावित व्यवसायिको पहिचान गरी व्यवसायी सञ्चालन गरिएको खण्डमा सोचेकोभन्दा बढि आम्दानी गर्न सकिन्छ भन्ने कुराको एक उदाहर पत्र पुनमगर सफल बन्नुभएको छ । स्थानीय बजारको मागभन्दा बढि तरकारी उत्पादित तरकारीहरुको बाह्य बजारमा निर्यातको स्थानीयतहरु सहित अन्य सम्बन्धित निकायहरुले उचित व्यवस्थापन भएमा पक्कै पनि प्रविण पुनमगर जस्ता अन्य तरकारी व्यवसायिहहरु तरकारी उत्पादनमा थप सहयाग पुग्ने थियो ।

You may also like