मृत्यु हुन पर्दछ त कृष्ण सेनको झै हुनुपर्दछ ।

मानसिंह विश्कर्मा
नेपालको आमूल परिवर्तन आन्दोलनमा आफ्नो नीजि स्वार्थ र सपनालाई तिलाञ्जली दिदैँ आफ्नो जीवन बलिदान दिने महान शहीद कृष्ण सेन ‘इच्छुक’ लगायत मुक्ति र मृत्युको कसम खाएर मुक्तिको यात्रामा लाम बद्ध हुँदा हुँदै जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै यो परिवर्तनको आन्दोलनमा अंगङ्ग हुनुभएको घाइते अपाङ्ग, बन्दी, बेपत्ता, बलात्कृतहरुप्रति सम्मान व्यक्त गर्दछु । कृष्णसेन स्मृति दिवकको अवरमा सबैलाई महान शहीदका सपना पूरा गर्ने प्रेरणा प्रदान समेत गरोस् तिनै महान शहीदहरुको बलिदानले ।
‘बलिदान क्रान्तिको उर्जा हो’ क. माओ यो भनाई क्रान्ति, परिवर्तनका लागि निकै महत्वपूर्ण शक्ति हो । यही भनाईबाट हजाँरौ शहीदहरु विगतको जनयुद्धमा शहीद बन्न लालाहित र उत्साहित बने । म पनि कृष्ण सेनको जीवनीबाट निकै प्रभावित भएको जनयुद्धको एक सिपाही थिए । २०५७ पार्टीले बालसंगठन अनि विद्यार्थी संगठन लगायतको जिम्मेवारी दिएको थियो तिनै विभाग तथा संगठनमा निर्वाह गर्दै गर्दा २०५८ को अन्तिमदेखि सालदेखि मलाई सञ्चार विभागको जिम्मेवारी प्रदान गरेको थियो । सरकारले तत्कालीन नेकपा (माओवादी) लाई प्रतिवन्ध घोषणा गरेपछि म पनि भूमिगत हुनु पर्ने बाध्यता थियो । त्यतिबेला नै कृष्ण सेनको जीवन, केही सञ्चारसँग सन्धित पुस्तकहरु पढेको थिए । त्यसैदेखि कृष्णसेनको आदर्श र कम्युनिष्ट जीवन शैलीबारे अध्ययन गने मौका पाए । उहाँको सम्झनामा केही शब्द अर्पण गर्ने जमर्काे गरेको छु ।
यो घटनालाई सम्झदै गर्दा मेरो हातहरु अगाडि बढ्न सक्दैन तर पनि लेख्नै पर्दछ । कृष्ण सेनको हत्या अमानवीय नै हो । दोहोरो मुडभेड भनि प्रचार गरेपछि त्यो हुँदै होइन । त्यसैले त्यही लेख्न मन लाग्न फेरी हत्या नै हो, अमानवीय नै हो । यातना दिई दिई हत्या गरिएको हो ।
नेपालमा परिवर्तनको आन्दोलन जनयुद्धले निकै गति लिइरहेको थियो । माओवादी जनयुद्धबाट सरकार निकै अत्तालिएको थियो । त्यही बेलामा नेपालमा चलिरहेको जनयुद्धलाई दवाउनको लागि २०५८ साल मंसिर ११ गते कांग्रेस नेता शेरवहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले देशमा संकटकालको घोषणा गरे लगतै गोविन्द आचार्य लगायत दजनौँ जनपक्षीय पत्रकारहहरुलाई पक्राउ गरि जेल चलान ग¥यो तत्कालीन सरकारकाले । सेनलाई पनि आत्मसमर्पन गराउनको लागि याताना दियो । तर उहाँले आफ्नो विचार, आस्थालाई ढल्न नदिन बरु मृत्युपत्रमा हस्ताक्षर गर्नुभयो । त्यही मृत्यु स्वीकारै गर्दा आरोपमा हिरासतभित्रै २०५९ साल जेठ १३ गते विभत्स हत्या गरियो । कृष्णसेन इन्छुकले जीवन बलिदान गरेको आज १८ वर्ष भइसक्यो ।
नेपाली जनपक्षिय परिवर्तनकारी पत्रकारिता क्षेत्रका अग्रज एवं हाम्रा आदर्शपात्र पत्रकार कृष्ण सेन ‘‘इच्छुक’ आज हाम्रो सामु हुनुहुन्न । जनपक्षिय कलमजीवी पत्रकार एवं साहित्य क्षेत्रका आदरणीय आदर्श पात्र कृष्ण सेन ‘इच्छुक’ को यस धर्तीबाट तत्कालीन राज्य पक्षबाट ज्यान लिएको १८ आँै बसन्तहरु वितेको छ । वर्तमानको यस घडीसम्म १८ पटक विरुवाहरुले पालुवा फेरि सके, १८ औँ वसन्तहरु फेरिसके, तर सेन लगायत तमाम सहिदरुको महान सपनाहरु पूरा भएका छैनन् । यतिबेला १८ औँ स्मृति दिवसको सन्दर्भमा मलाई केही कुरा लेख्न मन लागेको छ । वर्तमान समयको नेपाली पत्रकारिता र सेनको जीवनका आदर्शलाई हामीले कतिको पकड्न सक्यौं वा सकेनौँ यो एउटा समीक्षा विषय हो । तर आजको यो वर्तमान समयमा कृष्ण सेनका आदर्श विचार र क्रान्तिकारी निडरपन, धैर्यता, निर्भिकता र अविलनको आवश्यकता भने खड्कीएको छ ।
प्यूठानको सारंकोट गाविसमा पुख्यौली घर भएका, अर्घाखाचीको सातमारा निवासी यमबहादुर सेन र भीमकुमारी सेनको कोखबाट २०१३ साल कार्तिक ३ गते देहरादुनमा कृष्ण सेनको जन्म भयो । २०२८ सालदेखि कवितामार्फत् साहित्य लेखनतर्फ प्रवेश गर्नुभएका कृष्ण सेन ‘इच्छुक’का सहिद मित्रमणि आचार्यको सम्झनामा दाङ जेल बसाईको क्रममा लेख्नुभएको ‘शोक काव्य’ २०४८ सालमा प्रकाशित भएको छ । त्यसैगरी २०५६ सालमा ‘इतिहासको यस घडीमा’ कविता संग्रह, र २०५८ सालमा ‘बन्दी र चन्द्रागिरी’ कविता संग्रह प्रकाशित गर्नुभएको छ । थुप्र्रै सङ्ग्रहहरु अझै प्रकाशनको लाइनमा रहेका छन् । उहाँको जीवनको संघर्षमय बनेको थियो । संघर्षशिल कृष्ण सेन ‘इच्छुक’ नेपाली प्रगतिशील पत्रकार क्षेत्रका एक महान तथा अथक योद्धा हुनुहुन्छ । सानै छडा पनि विद्रोही स्वभावका ‘इच्छुक’ ले कलिलै उमेरदेखि समाज सेवा गर्न थाल्नुभएको थियो । उहाँको जीवनलाई हेर्दा बहुप्रतिभाका धनी हुनुहुन्छ । साधा जीवन उच्च विचारको आदर्शलाई प्रतिवद्ध भइ अगाडि बढ्नुभएको थियो । उहाँको जीवन मेरो दृष्टिकोणमा तीन क्षेत्रमा विशेष ख्याती प्राप्त मान्न सकिन्छ । पहिलो उहाँको जीवन राजनीतिक जीवन, दोस्रो पत्रकारिता जीवन र तेस्रो साहित्य एवं लेखकीय जीवन हो । यस बाहेक उहाँले अन्य क्षेत्रमा पनि काम गर्नुभयो । उहाँको राजनीतिक जीवन कम्युनिष्ट विचारधारा एवं कम्युनिष्ट आर्दश मालेमाबादको सैद्धान्तिक आलोकमा हुर्केर आफूलाई परिवर्तनको मार्गमा अगाडि बढाउनुभएको थियो । सर्वहारा वर्ग, भोका नाङ्गा, निमूखा जनताको मुक्तिका लागि आफ्ना विचार संघर्षलाई तीव्ररुपमा आरणमा पाइन चोप्दै अगाडि बढ्नुभएको थियो । यस्तै उहाँले पत्रकरिता क्षेत्रबाट पनि समाज सेवा गर्नुभएको थियो । पत्रकारिता पनि त्यस्तो पत्रकारिता हो कि जो गास, बास, कपास, रोग, भोग, अशिक्षा र बेरोजगार लगायत अभावै अभावमा जीवन जिउन वाध्य भएका, राज्य सत्ताबाट शोषण दमन र उत्पीडनमा परेका नागरिकहरुको वारेमा कलम चलाउँदै तीनको जीवन फेर्नका लागि अगाडि बढ्नुभएको थियो । पत्रकारिता पनि सर्वहारा श्रमजीवी जनताको मुक्ति एवं सत्ता स्थापनालागि थियो । यस्तै उहाँको जीवन राजनीति र पत्रकारिता मात्रै पनि सीमित रहेन । उहाँको जीवन साहित्यमय थियो । सेनले साहित्य क्षेत्रबाट सामाजिक, राजनीतिक, आर्थिक, जातीय, लैगिंक उत्पीडनको बारेमा वकालत एवं पैरवीमा लाग्नुभएको थियो । त्यसैले उहाँको जीवन बहुप्रतिभाको धनी जीवन भन्न कुनै संकोच छैन । उहाँको करिव ४६ वर्षहरु यसरी संघर्षमय तरिकाले वितेको निष्कर्षमा पुग्न कुनै संकोच छैन ।
कृष्ण सेन ‘इच्छुक’ को पत्रकारिता जीवन निकै महत्पूर्ण रहेको छ । सेनले अगाडि बढाउने समाचार, लेखन भनेको शक्ति, पद, प्रतिष्ठा र पैसाका लागि पत्रकारिता थिएन । उहाँको कलम शोसक, सामन्ति, जनताको बर्ग बैरीका विरुद्धमा लक्षित हुने गर्दथ्यो, भने भोका, नांगा, निमूखा जनताका वर्ग उत्थानको लागि थियो । उहाँले उठाएका विषय बस्तुहरुकै आधारमा नेपालको राज्यपक्षले रहन सकेन अनि उहाँले गर्ने हरेक प्रगतिको कदममा कालो बादल, अगंजको पहाड भइ उभिरह्यो । उहाँ एउटा बोल्न र लेख्न पाउनुपर्दछ, नागरिक स्वतन्त्र रुपमा हिड्न पाउनुपर्दछ, राज्यले दिएका, संविधानमा व्यवस्था भएका कानुन अनुसार निर्वाधरुपमा कार्य सञ्चालन गर्न पाउनुपर्ने कुरा उठाइरहनुभएको थियो । त्यो सत्य विद्रोह, न्यायपूर्ण आवाजलाई सहन नकेन, त्यो रचनात्मक सल्लाह सुझावलाई राज्य बुझ्न सकेन । त्यसैले भिमसेन थापाको जीवनदर्शण ‘सत्यले सरापेको देश’ हाम्रो नेपालमा २०५८ साल मंसिर ११ गते कांग्रेस नेता शेरवहादुर देउवा नेतृत्वको तत्कालिन सरकारले देशमा संकटकालको घोषणा गरे लगतै गोविन्द आचार्य लगायत दजनौँ जनपक्षीय पत्रकारहहरुलाई पक्राउ गरि जेल चलान गरियो । त्यसवेला कृष्ण सेनसहितका साथीहरुले पत्रिका जनादेशलाई निरन्तरता दिइरहनुभएको थियो । ललितपुरको भत्तेडाँडामा साशसिक आक्रम भन्ने सामाचार प्रकाशन गरे वाफत क्रममा एक पत्रकारको सुराकीका आधारमा ०५९ जेठ ६ गते कृष्ण सेनलाई पक्राउ गरेको पछिल्लो चरणमा खुल्न आएको विभिन्न श्रोतहरुले बताएका छन् । उहाँलाई एक हप्तासम्म अनेकखाले यातनाका साथ प्रहरी हिरासतमा राख्दा पनि माओवादी पार्टी र त्यसका नेताहरुवारे कुनै पनि सूचना नदिएको आरोपमा हिरासतभित्रै २०५९ साल जेठ १३ गते विभत्स हत्या गरियो । उहाँको भौतिक जीवन सधैका लागि यो धर्तीबाट विदा भयो । यो देशका शासक वर्गले उहाँको लिला समाप्त पार्न कायरतापूर्ण तरिकाले सफल भयो ।
कृष्ण सेनलाई २०५९ साल जेठ १३ गते मारिएको थियो । कृष्ण सेन ‘इच्छुक’ नेपाली पत्रकरिताक्षेत्रका जनपक्षीय पत्रकार हुनुहुन्छ । उहाँले उठाएका आवाज, नेपाली जनजीवन, जनतन्त्र र जनजिविका सवालमा लेखिएका मुद्धाहरु अझै पूरा हुन सकेका छैनन । कृष्ण सेन जस्तो एउटा बहुप्रतिभा, नेपाल र नेपालीको जीवन परिवर्तन हुनुपर्दछ भन्ने नेपाली आमाका सच्चा सपुतको राज्यले सम्मान गर्न सक्नुपर्दथ्यो । इच्छुक कुनै पार्टी विशेषको विषयलाई प्राथमिकता दिएको थिएन । उसले त गाममा गमालीहरु नाङ्गा खुट्टामा तिमोर बोक्दै कोइलाबासमा नुन बोक्ने गएको कुरा, छोराको बलिदानले मानसिक चेत गुमाउनुभएका विर्शु सुनार, कर्णाली गरिव भएको कुरा लेखेको थियो । उसले के अपराध नै गरेको थियो । उसले मानिसको हत्या गरेको थिए । राज्य विखण्डन पार्ने यात्रामा लागेको थिए केवल लेखे त इच्छुकले अभाव, गरिवहरुको कुरा । इच्छुकका सत्य आवाजलाई राज्यले संवोधन गर्न सक्नु पर्दछ छ सेनको जीवनलाई होइन सिंगो नेपाली जनताको जीवन । तर त्यसको विकल्पमा सेनको जीवन लिने दुशचत्रमा लाग्यो यो राज्य त्यसैले त भिमसेन थापाकोको ‘यो देश सत्यले सरापेको देश’ भन्न मलाई फेरी मन लाग्छ ।
कृष्ण सेनको भौतिक शरिर त मार्न सक्यो तर विचारलाई मार्न सकेन आज हामी त्यही विचारलाई पन्छाइरहेका छाँै, अर्थात हामीले कृष्ण सेनलाई जीवनको आदर्श मान्न तयार भएका छाँै । आदर्श, पथप्रदशक मानिरहेका छाँै जो सेनका विचार सत्य थिए । आस्था ढाल्न सकेनन् विचार मार्न सकेनन्, । कृष्ण सेनको बिचार जो हो विगतमा पनि नेपालीहरु, गास, बास, कपास, रोग, भोग र वेरोजगारले ग्रसित छन् भन्ने नै थियो । सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीति, वर्गिय, जातीय, लिङ्गीय रुपमा उत्पीडनबाट नेपाली जनताहरु मुक्त हुनुपर्दछ । वर्तमानमा पनि कृष्ण सेनले उठाएका विषय तथा मुद्दाहरु अझै पूरा भएको छैन । यो विषय आगामी दिनमा पनि पुरा हुनका लागि धेरै कसरत गर्नुपर्दछ ।
हामी आज कृष्ण सेन लगायत हजारौँ शहीदहरुको बलिदानमा बाँचिरहेका छाँै । शहीदको वलिदानले नै हामी वर्तमानको घडीसम्म नेपाली भनेर बाँच्न पाएका छाँै । यदी तिनै महान शहीदहरुले बलिदान नगरेकोभए हामी यो सुखद समयमा आउन सक्ने थिएनाँै । म १८ औँ कृष्ण सेन ‘इच्छुक’ दिवसको अबरमा जनपक्षीय पत्रकार एवं हाम्रा आदर्शपात्र आदणीय कलमी सेनानी कृष्ण सेन ‘इच्छुक’ लगायत देश परिवर्तनको यात्रामा आफ्नो जीवन आहुती दिनुहुने तमाम महान शहीदहरुलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै जसले आफ्नो अंपाङ्गहरु गुमाई घाइते, अपाङ्ग हुनुभएको छ, बन्दी, बेपत्ता, बलात्कृत हुनुभएको छ उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपाली पत्रकारितामा कृष्ण सेन ‘इच्छुक’ को अझै आवश्यता रहेको छ । पत्रकारिता पेशा दिन दिनै दयनीय बन्दै गइरहेको छ । यसमा पत्रकारितामा लागेका मानिसहरु पनि केही श्रेय लिनुपर्दछ । केही राज्यका कारणले पनि भइरहेका छन् । संक्रमणकालीन समयलाई स्थायित्व दिन सकिरहेका छैनन् । हामीले आफ्नो पेशालाई मर्यादित बनाउनको हामी आफै जिम्मेवार बन्नुपर्दछ । आज नेपाली पत्रकारिता सकरात्मक भन्दा नकरात्मकता विषयलाई बढी प्राथमिकता दिनु, आवाज विहीनको आवाज भन्दा बोलवालहरुको मिडिया बनाउनु, सञ्चारकर्मीको सामाचार लेख्ने भन्दा विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रमा बढी व्यस्त रहनु लगायतका रहेका छन् । यो एउटा समिक्षाको विषय हो । त्यस्तै मिडियाहरु पनि सामाजिक हितका लागि भन्दा पार्टी, समूह, कार्यालय, व्यक्ति लगायतको सञ्चार माध्यम सञ्चालन गर्नु, मिडियालाई मिडियाका रुपमा भन्दा पनि प्रचारकर्ताको रुपमा अगाडि बढ्नु लगायतका हुन् । मिडियाहरु पनि घटनाको सत्य कुरा एकातिर हुदाँ हुदँै पनि आफ्नो राजनीतिक दर्शनको आधारमा विभाजित हुने । राजनीतिक दर्शणका आधारमा विभाजित हुने एउटा सन्दर्भ होला तर हाम्रो पेशालाई मर्यादित बनाउन जरुरी छ । हाम्रो पत्रकारिता पेशामा जसरी कुकुरले मानिस तोकेको भन्दा मानिसले कुकुरलाई तोकेमा मात्रै समाचार बन्दछ भन्ने परम्परागत मान्यताबाट फड्को मारि अगाडि बढ्नुपर्दछ ।
कृष्णसेन एउटा सिंगो परिवर्तन, पत्रकारिता, साहित्य क्षेत्रको एउउटा अग्रज व्यक्ति सधै भोका नाङ्गाको विषयमा कलम चलाउँदै अगाडि बढ्नुभयो । सिंगो पत्रकारीता जगतले कृष्ण सेन इच्छुकको भूमिकालाई आगामी दिनमा अनुशनस गर्ने कुरा छ छदैछ । अझै हाम्रो संगठन प्रेस संगठन नेपालले अनुशसन गराउँदै अगाडि बढ्नु पर्दछ । कृष्ण सेनले सोचेको एउटा साम्यवादीको फूलबारी बनाने र त्यो कठिनताबाट धेरै दुर नएको कुरा बुझाउँदै अगाडि बढ्नुछ । हामी सिंगो पत्रकारिता, लेखक, कलाकार लगायत सबैले कृष्ण सेनको जीवनबाट एउटा नयाँ जीवनको शुरुवात गर्ने आत गरौँ ।

लेखक  प्रेस संगठन नेपाल प्रदेश नं. ५ का सहसंयोजक हुनुहुन्छ । 

२०७७ जेठ १३ गते

You may also like