रोल्पा जिल्लाको विगतदेखिको प्रशासनिक केन्द्र घर्तीगाउँलाई नमूना शहर बनाउनु पर्नेमा जोड

 

मानसिंह विश्वकर्मा
मंसिर ६ गते
घर्तीगाउँ रोल्पा


मुख्यमन्त्रीको भ्रमणको क्रममा माडी गाउँपालिकाले घर्तीगाउँमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोही क्रममा माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले रोल्पा जिल्लाको पश्चिम क्षेत्रको केन्द्र विन्दु भएको बताउँदै १५ सैयाको अस्पतालको स्वीकृत र भौतिक पूर्वाधार निर्माणमा सहयोग गरि दिन, प्राविधिक शिक्षा र आंगिक क्याम्पस निर्माण, गाउँपालिको भवन निर्माणको लागि सहयोग गरि दिन, गाउँपालिका लगायत घर्तीगाँउमा रहेका कार्यालयमा कर्मचारीको व्यवस्थापन, शिक्षा स्वास्थ्य लगायको क्षेत्रमा लगानी गरि दिनका लागि अनुरोध गर्नुभएको थियो ।
अध्यक्षले राखेको विषयमा मुख्यमन्त्री शंकर पोख्रेलेले माडी गाउँपालिका विगतदेखिको प्रशासनिक केन्द्र भएकोले त्यसलाई विकास गर्न आवश्यक रहेको बताउनुभयो । साथै पश्चिम रोल्पाको केन्द्रलाई शिक्षा, स्वास्थ्यमा विकास गरेपछि सबै क्षेत्रका जनतालाई सेवा प्रदान गर्न सजिलो हुने बताउनुभयो । उहाँले माडी गाउँपालिकाको घर्तीगाउँलार्ई पश्चिम रोल्पाको नमूना शहर बनाउनको आवश्यक रहेको बताउनुभयो । विकासको चरणमा देश तिव्र गतिमा अगाडि बढेको बताउँदै त्यसलाई अझै सारा नेपालीको खुशीमा परिणत गर्नुपर्ने बताउनुभयो ।
आगामी दिनमा सबै जनप्रतिनिधीहरुले जनताको चाहना अनुसार काम गरी जनताको मन जित्न निर्देशनसमेत गर्नुभयो ।

मुख्यमन्त्री शंकर पोख्रेलको भ्रमण तथा अबलोकन प्रतिनिधी सभा सदस्य सुजिता शाक्य, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दिपेन्द्र कुमार पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्ला क्षेत्र नं. २ का इन्चार्ज कुमार दसौदी, नेकपा रोल्पाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, हरीप्रसाद घर्तीमगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सुरक्षा निकाय सरकारवाला लगायतका विशिष्ट व्यक्तिहरुको समेतसहभागिता रहेको थियो ।
मुख्यमन्त्रीको भ्रमण टोली शुक्रबार थबाङ गाउँपालिका, परिवर्तन गाउँपालिकाको कुरेली, परिवर्तन गाउँपालिकाको कार्यालय, माडी गाउँपालिकोको कार्यालय घर्तीगाउँमा अनुगमन तथा अबलोकन गरी घर्तीगाउँमा बास भएको थियो । शनिबार विहान माडीगाउँपालिको घर्तीगाउँबाट, कोर्चाबाङ, गैरीगाउँ टिला, होलेरी पुगेर औपचारिक रुपमा रोल्पाको भ्रमण गर्नुभएको थियो । उहाँले रोल्पा जिल्लाको समृद्धिका लागि प्रदेश सरकार तयार रहेको प्रदेश, संघबाट आउने बजेटलाई सहीढंगले कार्यान्वय गरेमा साँच्चिकै रोल्पा समृद्धको बाटोतर्फ अगाडि बढ्नेछ । होइन भने सही सदुपयोग नभएमा फेरी बालुवामा पानी राखेको झै नहोला भन्न सकिदैन । त्यसैले त्यसतर्फ ध्यान दिनु पर्दछ कि ?

You may also like