सुनिलस्मृति ४ का वडा अध्यक्षक्षेत्रीद्वारा अध्यक्ष घर्तीमाथी नै हातपातभएको निस्कर्षसहित नेकपा सुनिलस्मृमितद्वारा प्रेस विज्ञप्ती जारी

रोल्पा समाचार जेठ ११ लिबाङ

सुनिलस्मृति गाउँपालिका गाउँकार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरलाई अपशब्द बोल्दै र वडा नं. ४ का वडा अध्यक्ष गञ्जबहादुर क्षेत्रीले अपशब्द बोल्दै हात हालेको निस्कर्ष सहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीद्वारा आइतबार एक प्रेस विज्ञप्ती जारी गर्नुभएको छ । नेकपा सुनिलस्मृति गाउँपालिका अध्यक्ष बुढाथोकीद्वारा जारी विज्ञप्तीमा वडा अध्यक्ष क्षेत्रीले आफू नै सहभागी भएको र हस्ताक्षर गरेको निर्णयलाई उलङ्घन गरी विवाद शुरुवात गरेकोले सो सो घटना भएको निस्कर्षका साथ सो विज्ञप्ती जारी गर्नुभएको छ ।


नेकपा सुनिलस्मृति स्मृति संगठन कमिटीका अध्यक्ष मनिराम बुढाथोकीद्वारा जारी विज्ञप्तीमा जेठ ६ गते गाउँपालिकाको अध्यक्षको बैठकमा वडा अध्यक्ष पनि सहभागी भइ हस्ताक्षर गरेको, आफू सहभागी भएको निर्णयलाई आफै उलङ्घन गरेको जनाईएको छ । गाउँपालिकाको निर्णय कार्यन्वय गर्न अध्यक्षले आग्रह गर्दा गर्दै पनि अतेरी गर्ने, नागरिकलाई अनाआबश्यक दुख्न दिदैँ उक्त विषयमा त्यसो नगर्नका लागि सुझाव दिदाँ दिदँै उल्टो गाउँपालिका अध्यक्षमाथी नै अबशब्द बोलेको र हातपात गरेको बताउँदै दुख्ख व्यक्त उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वडा गाउँपालिकाको एउटा अंगमात्रै भएको र सरकार नभएको बुझाई सहित गाउँपालिकाको निर्णय कार्यन्वयन गर्नुपर्ने, यदी चित्त नबुझेमा बैठकमा राख्नुपर्ने भएको निर्णयलाई कार्यन्वयन गर्नु पर्ने बताउँदै आफै फेरी विज्ञप्ती बाजी गरी अगाडि बढ्नुले राम्रो संकेत नभएको सो विज्ञप्तीमा उल्लेख गर्दै अध्यक्ष नै बढी जिम्मेवार रहेको बताउँदै दुवै पक्षलाई सम्मेमित बनेर घटनाको सामाधान गर्नका लागि अपिल गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ः– ‘नेपालको पुर्नसंरचना पश्चात नेपालको संविधानमा भए बमोजिम नेपालमा तिन तहको सरकार(संघिय,प्रदेश र स्थानिय) छन । वडा कार्यालय भनेको स्थानिय तहको एक अंग हो, सरकार होइन गाउँ पालिकाले गरेका निर्णयहरु वडाले कार्यान्वयन गर्ने हो भन्ने हाम्रो पार्टिको वुझाई छ तर ४ नं.वडाले आफै नै सरकार भई कार्य संचालन गर्न खोजेको यो घटनाले प्रष्ट देखाउछ । यसरी स्थानिय सरकार प्रमुख माथि वडा अध्यक्षले गरेको दुव्र्यवहार, हातपात प्रति सुनिलस्मृती गाउँपालिका पार्टि कमिटि घोर भत्र्सना गर्दछ । उक्त घटना पछि नेपाली काँग्रेस जिल्ला पार्टि ले गरेको झुट र भ्रमपूर्ण भनाई प्रति गाउँपालिका कमिटी पूर्ण रुपमा असहमत जनाउदै खेद प्रकट गर्दछ । साथै विभिन्न सामाजिक संजाल तथा संचार माध्यम हरुले सत्यतथ्य मा आधारीत भई मात्र सामाचार संप्र्रेषन गर्न हुन अनुरोध गर्दछ । साथै सत्यतथ्य छानविन गरी दोषीलाई हदै सम्म कारवाहि गर्न माग यसै विज्ञप्ती मार्फत गर्दछु । ’
यस विषयमा सुनिलस्मृति गा.पा. वडा नं. ४ का वडा अध्यक्ष गञ्जबहादुर क्षेत्रीले आफूले छलफलकै क्रममा रहेको बेला आफूलाई हातपात गरेको आरोप छ । गाउँपालिका अध्यक्षले वडा अध्यक्षले नै अपशब्द बोल्ने र हातपात गरेको आरोप लगाउनुभको छ । यस विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा, नेपाली कांग्रेस रोल्पा, सुनिलस्मृति गाउँपालिका र वडा कार्यालयले समेत विज्ञप्ती जारी गरेका छन् । तर, यसबारे सत्य घटना के हो भन्ने विषयमा अझै सार्वजनिक हुन सकेको छैन । यस विषयमा सत्य, तथ्य के हो भनेर बुझेर समाधान गर्न आवशयक समेत रहेको छ ।

You may also like