थबाङमा चुनावी सगर्मी बढ्यो, नेकपाले पुनलाई उमेद्वार टुङ्गो लगायो

मानसिंह विश्वकर्मा
रोल्पा,
कात्तिक २५ गते


रोल्पाको थबाङमा विस्तारै उपचुनावको सगर्मी बढेको छ । तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय आधार इलाकाको रुपमा स्थापित थबाङमा चुनावी माहोल विस्तारै सगर्मी बढेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थबाङ गाउँपालिकाले आफ्नो पार्टीको तर्फबाट ग्रीस पुनलाई वडा अध्यक्षमा रिफारिस गरेपछि अब चुनावी माहोल विस्तारै तातिदै गएको छ ।
थबाङ गाउँपालिकामा ५ वटा वडाहरु छन् । त्यसमा १ वटा वडाबाहेक सबै वडा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले विजय भएको थियो । वडा नं. १ मा नेकपा (विप्लव) पार्टीमा आस्था राख्ने कार्यकर्ता फर्कबहादुर रोकाको नेतृत्वमा चुनावी मैदानमा होमिएर विजय प्राप्त गरेको थियो । नेपालमै बहिरस्कारमा होमिएको पार्टीबाट पनि चुनाव जितेर नयाँ इतिहास कायम गरेको थियो । चुनावमा भाग लिएकाले तत्कालीन नेकपा (बिप्लव) पार्टी भित्र निकै खैलाबैला नै भएको थियो । वडा अध्यक्षलाई पटक पटक पार्टीले राजीनामा दिन भनेपनि फर्कबहादुर रोकाले जनताको मतलाई अपमान गर्न नुहुने भन्दै निरन्तर जानताको सेवामा काम गर्नेप्रति प्रतिवद्ध हुनु भएको थियो । जनताको सेवामा काम गर्दै गर्दै थबाङ–१ का वडा अध्यक्ष फर्कबहादुर रोकाको निधन भएको थियो ।
हाल उप निर्वाचन हुने भएको छ । सो उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थबाङ गाउँपालिकाले आफ्नो पार्टीबाट समाजसेवी एवं राजनितिज्ञ ग्रीस पुनमगरलाई वडा अध्यक्षमा उठाउने तयारी गरेको छ । ग्रीस पुनमगर थबाङका एक अग्रज बुद्धिजिवीको रुपमा चिनिएकालाई उमेद्वार बनाउँदा आफ्नो पक्षमा विजयी हुन सक्ने भन्दै उहाँलाई उमेद्वार बनाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थबाङ गाउँपालिकाका अध्यक्ष रामधन पुनमगरले बताउनुभयो ।

पार्टीले आफूलाई अघि सारेपछि मनै देखि खुलेर निर्वाचको तयारी गरि रहेका अध्यक्षका उमेद्वार ग्रीस पुनमगरले बताउनुभयो । यस्तै उहाँले जनताले विजय बनाएमा जनताकै पक्षमा काम गरिहरने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तर त्यस वडामा नेकपा (विप्लब) यस पटक निर्वाचन बहिस्कार की स्वतन्त्रताकोको नाममा निर्वाचनलाई उपयोग गर्ने भन्ने नै छ । तर केही सकेसम्ममा सर्वसम्मति रुपमा निर्वाचन बनाउनको लागि सबैको ध्यान जान थालेको छ । नेपाल कम्युनिष्ट पार्टीका उमेद्वार पुनमगर भने सक्षम, इमान्दार, कुटनैतिक रुमा सक्षम भएकोले पनि आफ्नो पार्टीको पोल्तामा विजय बनाउन सकिने बताउको छ । हेरौँ थबाङमा कस्ले बाजी मार्न सक्छ ?

You may also like