गोली लागेर एक महिला गम्भीर घाईते

गोली लागेर एक महिला गम्भीर घाईते
माघ ६ गते
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is b.jpg

रोल्पा, रोल्पा नगरपालिका–९ फाल्जाकी ४५ वर्षीया बरु पुन बन्दुकको गोले लागेर घाइते हुनुभएको छ ।
उहाँ सामेबार बेलुकी जंगलबाट घाँसको भारी बोकेर घर फर्किंदै गरेको अवस्थामा स्थानीय हस्त बहादुर पुनले चलाएको बन्दुकबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यायल प्रमुख प्रहरी नायव निरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । जंगलबाट घाँसको भारीसहित घर फर्किदै गरेकी पुनलाई हरिण ठानेर हस्त बहादुर पुनले बन्दुक हानेको पुनले वयान दिएको उहाँले बताउनुभयो । घाईते पुनको टाउकोमा गोली लागेकोले जिल्ला अस्पताल रेउघामा सामान्य उपचारपछि थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रेफर गरेको उहाँले सुवेदीले जानकारी दिनुभयो । गोली हान्ने पुनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पुनले आफ्नो बारीमा हरिणले गहुँबाली खाएर सताएकोले हरिण मार्न भन्दै पासो थापेको र बेलुकी पख हरिण आएको सम्झेर बन्दुकको गोली चलाएको प्रहरीलाई बयान दिएका प्रहरी नायव सुवेदीले बताउनुभयो ।

You may also like