कोरोनाको संकटमा आकस्मिक कोष सहित अन्य आवश्यक तयारी तीव्र छः अस्पताल विकास समिति अध्यक्ष आचार्य

कोरोनाको संकटमा आकस्मिक कोष सहित अन्य आवश्यक तयारी तीव्र छः अस्पताल विकास समिति अध्यक्ष आचार्य
११ वैशाख, लिबाङ–रोल्पा


पछिल्लो समयमा रोल्पा जिल्ला बाहिर विभिन्न ठाउँमा रहेका हजारौं जिल्लाबासी मजदुरहरुलाई उद्वार गरी क्वारेन्टाइनमा राखिएको अवस्थामा रोल्पा अस्पताले सम्भावित समस्यालाई मध्येनज गरी अस्पतालको क्षमता अनुसार पूर्व तयारी गरेको अस्पताल विकास समिति अध्यक्ष फविन्द्र आचार्यले बताउनुभयो । आकस्मिक कोष सहित अन्य आवश्यक कार्यहरुलाई समितिले विशेष प्राथमिकता सहित अगाडि बढाएको छ ।
‘यो अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)लाई हालसम्म १५ वेदको आइसुलेन्सन तयारी अवस्थामा छ भने लक डाउनको समयमा जिल्ला बाहिर विभिन्न ठाउँमा रहेका यस जिल्लाका हजारौं जिल्लाका मजदुरहरु भित्रिएका छन् । यातायात साधनको अभावको कारण सबै मजदुरीहरु घर फर्किन पाएका छैनन् । सम्भावित विरामीहरुलाई मध्यनजर गर्दै यस अस्पतालको क्षमताको आधारमा उपचारको तयारी भएको छ,’ अस्पताल विकास समिति अध्यक्ष आचार्यले बताउनुभयो । उहाँले यस अस्पतालमा औषधी आयत नियमित रुपमा भइरहेको हुँदा सामान्य उपचारमा औषधीको अभाव भएको छैन भने कोरोना भाइरसको संक्रमितको ¥यापिड परीक्षणमा आवश्यक पर्ने पिपिइ सेटहरु हालसम्म ४५ भन्दा बढी संख्यामा रहेको बताउनुभयो ।

अस्पतालको क्वारेन्टाइनहरु अहिलेसम्म खाली छन्, ति क्वारेन्टाइनभन्दा बढी मासिनहरु आएको खण्डमा थप क्वारेन्टाइन निर्माणको तयारी अस्पताल समितिले गरेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । उहाँले पछिल्ला समयमा स्वदेशको विभिन्न ठाउँबाट घर फर्किएकाहरुलाई प्रत्येक स्थानीयतहहरु र वडा कार्यालयहरुमा निर्माण भएका क्वारेन्टाइनमा राखिएको व्यक्तिहरुको ¥यापिड परीक्षणका लागि यहाँबाट डाक्टरहरुको टिम जाने प्रवधान भएको हुँदा अस्पतालमा त्यस्तो मासिनहरुको चाप नहोला । तर, नसोचेको विरामीहरुको चाप अपस्तालमा बढेको अवस्थामा यस अस्पतालको क्षमता अनुसार उपचार हुन्छ । अन्य व्यक्तिहरुलाई बाहिर रिफर गर्नुको कुनै विकल्प नभएको उहाँको धारणा व्यक्त गर्नुभयो । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको ¥यापिड परीक्षणको सम्बन्धित एक जना डाक्टरलाई जिम्मेवारी दिएको हुँदा थप डाक्टरको व्यवस्थापनका लागि प्रदेश सरकारसँग आवश्यक समन्वय समितिले गरेको अस्पताल विकास समिति अध्यक्ष आचार्यले बताउनुभयो ।
त्यसैगरी नोबेल कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै यस अस्पतालमा आकस्मिक कोषमा हालसम्म रु २ लाख रकम जम्मा गरेको छ भने रकम वृद्धिका लागि यस अस्पाताल विकास समितिले विभिन्न सहयोगी निकायहरुसँग विशेष पहल गर्दै आएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । कोषको रकम भाइरसको उपचारमा खर्च नभएको अवस्थामा आगामी दिनमा अस्पताल मार्फत नै आर्थिक विपन्न परिवारहरुको उपचारका लागि आकस्मिक सेवा प्रवाहको तयारी समितिले गरेको छ ।

साथै समितिले अस्पतालको स्रोतबाट रु ५० लाखको अक्षय कोष स्थापनाको लागि समितिले निर्णय पारित गरी सकेको छ भने उक्त रकम अक्षय कोषमा जम्मा गर्ने कार्य बाँकी रहेको समिति अध्यक्ष आचार्यले जानकारी दिनुभयो । समितिले अस्पतालमा सञ्चालित एम्बुलेन्स चालक सहित अन्य तीन ओटा एम्बुलेन्स चालकहरुको सुरक्षाका लागि पिपिई सेट उपलब्ध बनाएको छ । उहाँले पछिल्लो समयमा मजदुरी शिलसिलामा जिल्लाबाट विभिन्न ठाउँमा पुगेका हजारौं मजदुरीहरु घर फर्किन क्रममा जारी भएका हँुदा अबका २÷३ हप्ता त्रसिट नभई सुरक्षित रुपमा घर बस्न जिल्लाबासीहरुलाई समेत अनुरोध गर्नुभयो ।

You may also like