स्वास्थ्य बिमा प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायले जि.ज.स. रोल्पाका प्रमुखलाई बुझाए ध्यानकषर्ण पत्र

स्वास्थ्य बिमा प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायले जि.ज.स. रोल्पाका प्रमुखलाई बुझाए ध्यानकषर्ण पत्र


This image has an empty alt attribute; its file name is g1.jpg

१ असोज, लिबाङ ।
रोल्पा जिल्लामा स्वास्थ्य बिमा प्रभावकारी बनाउनुपर्ने भन्दै जिल्लाका सरोकारवाला निकायहरुले जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरलाई ६ वुदे ध्यानकषर्ण पत्र आज बुझाएका हुन् ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरले ध्यानकषर्ण पत्र ग्रहन गर्दै भन्नुभयो,‘जिल्लामा स्वास्थ्य बिमाले तीव्र गति लिएको थियो । तर, समय बित्दै जाँदा स्वास्थ्य बिमाको महत्व, प्रचारमा कमी, अज्ञान्ताको कमीले नविकरणको संख्या घटेको छ ।’ ‘मैले पनि विमा गरेको थिएँ । तर, नविकरणका लागि विमा वोडले समयमा सचेत बनाउन नसक्दा मेरो बिमा नविकरण हुनबाट छुटेकोले म अब बिमा गर्ने सोचेके छु’ उहाँले भन्नुभयो ।

This image has an empty alt attribute; its file name is g2.jpg

उहाँले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले जिल्लामा स्वास्थ्य बिमामा सहयोग पुगेको थियो । तर, प्रदेश सरकार परिवर्तनपछि मुख्यमन्त्री ग्रामीण शिक्षा सुधार कार्यक्रम प्रदेश सरकारबाट लागू भएपछि स्वास्थ्य बिमा प्रभावित भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
‘जिल्लामा स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि सबै स्थानीय तहहरुलाई जिल्ला समन्वय समितिको तर्फबाट अनुरोध गरेको छु भने यस ध्यानकषर्ण पत्रले थप सहयोग पुग्ने भएको छ । जिल्ला समन्वय सममितिको तर्फबाट मौखिक रूपमा बिमाका लागि आवश्यक रकम विनियोजित गर्न उहाँले अनुरोध गरेको छु’ उहाँले भन्नुभयो । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हताउँदा रोजगार पाएकाहरू वेरोजगार र स्वास्थ्य बिमा कार्यक्रम प्रभावित भएको उहाँको भनाइ छ । उहाँले यो ध्यानकषर्ण पत्रलाई जिल्लाका दश वटै स्थानीय तहहरुलाई समयमा नै पठाएर समन्वय गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is g5.jpg

उक्त ध्यानकषर्ण पत्रमा जिल्लामा स्वास्थ्य विमा १३ हजार घरधुरीले मात्र गरेका छन् भने ७ हजार घरघुरीलेमध्ये स्वास्थ्य बिमा नविकरण गरेको अवस्था छ । ४५ हजार ७५७ घरधुरीमध्ये अझै करीव ३० हजार घरधुरीका नागरिकको स्वास्थ्य बिमा हुन सकेको छैन । त्यसैले आगामी जिल्लामा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै ४५ हजार ७५७ घरधुरीका नागरिकहरुको स्वास्थ्य बिमा गर्नुपर्ने, जिल्लामा कतिपय जनप्रतिनिधि, शिक्षक र सरकारी कर्मचारीले समेत स्वास्थ्य बिमामा आवद्व नभएको अवस्थामा छ । कम्तिमा जनप्रतिनिधि, शिक्षक र सरकारी कर्मचारी तथा समुदायका अगुवाबाट बिमा गरी सर्वधारण नागरिकमा जाँगरण ल्याउन आवश्यक छ, स्थानीय तह, वडापालिका, स्वास्थ्य संस्था र बिमा बोर्डबाट स्वास्थ्य बिमा बारे नागरिकमा व्यापक सचेतना र जाँगरण् ल्याउन आवश्यक, जिल्लामा रहेका ७२ वटै वडाका स्वास्थ्य बिमाकर्ताको सक्रिय परिचालनमा पालिका र वडाका जनप्रतिनिधिहरुलाई समन्वय गर्ने आवश्यक देखिएको छ, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र होलेरीमा फार्मेसी सञ्चालन ल्याउन आवश्यक छ, फार्मेसी नहुँदा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य बिमा गरेपनि सेवा नपाउँदा बिमा नविकरण गर्न छाडेका छन्, रेउघा अस्पताल, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधी नियमिति पाइने व्यवस्था गर्न आवश्यक देखाउँदै सरोकारवाला निकायहरुले जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढामगरलाई ध्यानकषर्ण पत्र बुझाएका छन् ।

This image has an empty alt attribute; its file name is g4.jpg


उक्त पत्रमा गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष घनश्याम आचार्य, हरप्लेस नेपालका अध्यक्ष सुनिता बुढामगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढामगर, साझा बोली प्रतिनिधि गीता वली, हेल्थ केयर पत्रकार समाज रोल्पा जिल्ला अध्यक्ष माधव वली, ड्वाक नेपाल रोल्पाका सह सचिव रेशम बि.क, शान्ति केन्द्रको संयोजक दिनेश सुवेदी, जनआकांक्षा साप्ताहिक पत्रिका प्रतिनिधि मिनराज रोकाको संयुक्त हस्ताक्षरमा जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढामगरलाई ध्यानकषर्ण पत्र बुझाएको हरप्लेस नेपालका अध्यक्ष सुनिता बुढामगरले जानकारी दिनुभयो ।

You may also like