पहल कार्यक्रम जिल्लामा अझै आवश्यक छः प्रमुख अतिथि जि.स.स रोल्पा प्रमुख बुढा

लिबाङ–रोल्पा
असार, २९ गते


कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रर्वद्वन कार्यक्रम (पहल)को जिल्ला स्तरीय समापन तथा वहिर्गमन कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रोल्पाको प्रमुख अतिथि राजबहादुर बुढाले जिल्लामा अझै आवश्यकता भएको औल्याउनुभयो । उहाँले जिल्लामो समग्र विकासमा सकरारी कार्यालयसँग विभिन्न गैर सरकारी संघ संस्थाहरुको समन्वयमा धेरै विकास भएका छन्, जुन विकासमा पहल कार्यक्रमको समेत महत्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो । जिल्लामा विभिन्न संघ संस्थाहरुको सचेतनामूलक तथा विकास निर्माणमा कार्यक्रम अझै २० वर्ष समयवधिसम्म आवश्यकता पर्ने जोड प्रमुख अतिथि बुढाले दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्मा, क्षेत्रीय पहल कार्यक्रम संयोजक नवराज जोशी लगायतका अतिथितहरुले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा रोल्पा नगरपालिका–९ नं. वडा अध्यक्ष मिमबहादुर घर्ती, १० नं. वडा अध्यक्ष मानबहादुर खत्री, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष देवी कुमारी गुरुङ लगायत सरोकारवाला निकायहरुको आतिथ्यता थियो । पहल कार्यक्रम जिल्लाको साविक गाउँ विकास समिति थबाङ, धबाङ, मिरुल, जेदबाङ, ह्वामा र फगाममा सञ्चालन थियो ।

कार्यक्रममा प्रगति विवरण प्रस्तुत पहल कार्यक्रम जिल्ला रोल्पाको संयोजक लोकबहादुर थापाले प्रस्तुत गर्नुभयो । विकास सरोकार समाज (डिकोश) रोल्पाको उपाध्यक्ष सर्वण नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पहल कार्यक्रम संयोजक वेरजङ पुनले गर्नुभएको थियो स्वागत डिकोस रोल्पाको कार्यकारी निर्देशक लोकबहादुर डाँगीले गर्नुभएको थियो ।

You may also like