सुनिल स्मृति गाउँपालिका–१ रोल्पामा लक डाउन प्रभावकारी कार्यन्वयनका लागि कार्यदल गठन

सुनिल स्मृति गाउँपालिका–१ रोल्पामा लक डाउन प्रभावकारी कार्यन्वयनका लागि कार्यदल गठन
भरत नेपाली

३ वैशाख, घोडागाउँ–रोल्पा


सुनिल स्मृति गाउँपालिका–१ नं.वडा घोडागाउँ रोल्पा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमित नियन्त्रणका लागि संघीय सरकारले लागू गरेको तेस्रो पटकको लक डाउन प्रभावकारी कार्यन्वयनका लागि वडा स्तरी कार्य दल तथा नियन्त्रण कार्यदल आज गठन भएको छ ।
यस वडाको वडा अध्यक्ष केशवलाल कवँरको संयोजकत्वमा २१ सदस्यीय वडा स्तरीय कोरोना नियन्त्रण कार्यदल गठन गरिएको छ, जसमा वडाका राजनीतिक दल, विद्यालयका प्र.अ, महिला समूह, महिला स्वास्थ्य स्वयम सेवीका स्थानीय युव क्लव सहितका सरोकारवाला निकायहरुलाई सहभागिता रहेको छ । यस कार्यदलले लक डाउनलाई थप प्रभावकरी कार्यन्वयनका लागि अन्तर जिल्ला, अन्तरपालिकाबाट आउने र जानेलाई पूर्ण रुपमा निषेध गर्ने, यातायातका सवारी साधनलाई पनि कडाइ गरिएको निर्णय गरेको छ । साथै कार्यदलले अति अवश्यकका सवरी साधन र जिल्ला प्रशासन कार्यालयको अनुमति लिएका सवारी साधन आवतजावत गर्न दिने अन्य यातायाताका साधनलाई भने पूर्ण रुपमा निषेध गर्ने, देशका विभिन्न जिल्ला, पालिका र भारत सहित अन्य मूलक र गाउँमा आएकाहरु व्यक्तिहरुलाई घोडागाउँको रामेस्वरी माध्यामिक विदयालयमा क्वारेन्टाइन निर्माण गरी राख्ने सहित अन्य महत्वपूर्ण निर्णयहरु पारित गरेको कार्यदल संयोजक एवं वडा अध्यक्ष केशवलाल कवँरले जानकारी दिनुभयो ।
नोबेल कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिएपछि संघीय सरकारले २०७६ साल चैत्र महिनाको ११ गतेदेखि नेपाललाई लग डाउन कार्यन्वयन पश्चात् यस वडा कार्यालयले यस भाइरस नियन्त्रणको लागि विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गदै आएको र लक डाउनलाई प्रभावकारी गर्नको लागि अन्य कार्यक्रमहरु गर्ने तयारी गरि कार्यदल संयोजक एवं वडा अध्यक्ष कवँरले बताउनुभयो ।

You may also like