राजनीतिज्ञ सिंह थला परेपछि पार्टी नेताको भेटघाट पाटलो

मानसिंह विश्वकर्मा
पुष १७ गते रोल्पा राजनीतिज्ञ जितेन्द्र सिंह थलापरेपछि पार्टीका नेताहरुले भेटघाट पाटलो बनाएको गुनासो गर्नुभएको छ । राष्ट्रिय जनमोर्चामा बाल्यालदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गर्नुभएका सिंह विगत ४ वर्षदेखि विरामीले थला परेपछि पार्टीका भेटघाट पाटलो बनाएका बताउनुभयो ।

 

 


सुवर्णावती गाउँपालिका खुंग्री खुंग्रीकोट निवासी ७१ वर्षिय जितेन्द्र सिंह बाल्यकालदेखि राज्यव्यस्था परिवर्तको लागि बाम राजनीतिमा लाग्नुभएको थियो । राष्ट्रिय जनमोर्चाकोको विभिन्न जिम्मेवारी सम्माल्दै जिल्ला अध्यक्ष हुनुभएको थियो । राजनीतिमा सक्रिय बुढेशकालमा पनि युवाको झै जोसमा आन्दोलन र विशाल कार्यक्रममा सम्वोधन गर्ने जितेन्द्र सिंहलाई प्यारालाइसेस भएपछि खुंग्रीकोटको घरमै आराम गरिरहनुभएको थियो ।
मुखको बोली राम्रो भएपनि आँखाको नजरले पनि थम्याउन नसक्ने सिंह घरमा नै ओछ्यानमा पल्टिरहनुभएको छ । उहाँलाई विरामी भएपछि तत्कालीन जिल्ला विकास समितिले सर्वदलीय संयन्त्रको निर्णयमा ७५ हजार रुपैया सहयोग समेत गरेको थियो । काठमाण्डाँैमा हुँदा पार्टीले खर्चमा केही हेरेको थियो । तर हाल भने उहाँलाई उपचार खर्च धौ–धौ भएको उहाँको जीवनसंगीनी हिरा सिंहको भनाई छ ।
हाल नेताहरुले कुनै सरकारी तथा गैर सरकारी सँस्थाको विभिन्न कार्यक्रम गाउँमै भयो भने मात्रै आफूलाई भेट्न आएको होइन भने आफैलाई भेट्नका लागि नआएको गुनासो गर्नुभएको छ । उहाँले जीवनकालमा नै राजतन्त्र अन्त्य, संघीय गणतन्त्र नयाँ नेपाल बनेको खुशी व्यक्त गर्नुभयो ।

You may also like