सुनछहरी गाउँपालिकामा २७७ जनाको फोटो सहित मतदाता नामावलीमा दर्ता

सुनछहरी गाउँपालिकामा २७७ जनाको फोटो सहित मतदाता नामावलीमा दर्ता

This image has an empty alt attribute; its file name is n1.jpg


जुनिस कुमार बिष्ट
२६ मंसिर, पोबाङ ।
जिल्ला निर्वाचन कार्यालय रोल्पाबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तर्गत सुनछहरी गाउँपापिलकामा २७७ जनाको मतदाता नामावलीमा फोटो सहितको नामावली दर्ता भएको छ ।
मतदाता नामावली दर्तामध्ये १११ जना महिला र १६६ जना पुरुषले मतदाता नामावली दर्ता गरेका मतदाता स्थल व्यवस्थापक बलराम पौडेलले जानकारी दिनुभयो । फोटो सहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तर्गत सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा मंसिर १७ गतेदेखि २६ गतेसम्म १० दिनसम्म सञ्चालन भएको थियो । गाउँपालिकाको १ नं. वडा सेरमबाट १४ जना, २ नं. वडा भित्रीगामबाट ९ जना, ३ नं. वडा बाहिरीगामबाट ४ जना, ४ नं. वडा स्युरीबाट ५० जना, ५ नं. वडा जैमाकसलाबाट १२६ जना, ६ नं. वडा फगामबाट २ जना र ७ नं. वडा जेलबाङबाट ७२ जनाले मतदाता नामावली दर्ता गरेका व्यवस्थापक पौडेलले जानकारी दिनुभयो । मतादाता नामावली संकलन विशेष कार्यक्रमबाट फोटो सहितको मतादाता नामावली दर्तामा छुटेको खण्डमा जिल्ला जिल्ला निर्वाचन कार्यालयमा आएर मतदाता नामावली दर्ताका लागि गाउँपालिकाबासीहरुलाई उहाँले अनुरोध समेत गर्नुभयो ।

You may also like