वडा अध्यक्ष बुढामगरद्धारा नव निर्मित बाल शिशु भवनको उद्घाटन

भाबाङ रोल्पा
असार ७ गते


माडी गाउँपालिका–५ नं. वडा कार्यालयको आर्थिक वर्ष २०७५÷२०७६ को विनियोजिट वजेटबाट हिउबाङ भाबाङ रोल्पामा नव निर्मात तीन कोठे बाल शिशुको भवनको उद्घाटन वडा भरतबहादुर बुढामगरले गर्नुभएको छ । सोही स्थानका बालबालिकाहरुलाई शिशुतहको अध्यायनमा सहज हुनेभएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं माडी गाउँपालिका–५ नं. वडा अध्यक्ष भरतबहादुर बुढामगरले हिउबाङ र ताङधारामा भएको शिशु भवनका लागि आगामी आर्थिक बर्षमा फर्निचर र कक्षा संचालनका लागि बजेट व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडा कार्यालयले वडाको शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको छ भने आगामी दिनमा पनि यि दुई क्षेत्रलाई विशेष प्राथमिकता दिँदै धारणा राख्दै वडा कार्यालयको अभियानमा वडाबासीहरुलाई सक्रिय बन्न अनुरोध समेत गर्नुभयो । वडाको विकासमा वडा कार्यालयको सक्रियबाट सम्भव नभएको नहुँदा वडाको विकासमा वडाबासीहरुको महत्वपूर्ण भूमिकाको अपरिहार्यता पर्ने प्रमुख अतिथि बुढामगरले जोड दिनुभयो । शिक्षा क्षेत्रको गुणस्तरीयताले अन्य क्षेत्रको विकास हुने धारणा समेत उहाँले व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा वडा सदस्यहरु रत्न बहादुर डाँगी, वीरबहादुर घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका रोल्पाको प्रतिनिधि प्रेमबहादुर बि.क, वडा सचिव अशोक बि.क, रेडियो माडी आवाजको स्टेशन म्यानेजर बुद्धिमान वली, पशु प्राविधिक चेतन बिक्रम पुन, देशभक्त गणतान्त्रिक मोर्चाका देउप्रसाद वलि, स्थानीय बुद्धिजीवी, शिक्षकहरुको आतिथ्यता थियो ।

आर्थिक बर्ष २०७५÷०७६बाट विनियोजिट वजेट दुई लाख पचास हजार बजेट र स्थानीयको श्रमदानबाट तीन कोठे भवन निर्माण भएको हो । हिउबाङ टोलको समस्याका बारेमा एक मागपत्र पनि वडा अध्यक्ष बुढामगरलाई स्थानीयबासीहरुले बुझाएका छ्न ।

उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष तथा कोषाध्यक्ष नविना के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भोजन के.सी.ले गर्नुभएको थियो भने स्वागत नरेश के.सी.ले गर्नुभएको थियो ।

You may also like