नेपाल रेडक्रस सोसाइटी पोबाङ उपशाखा रोल्पाद्वारा क्वारेन्टाइनका व्यक्तिहरुसँग भेटघाट

नेपाल रेडक्रस सोसाइटी पोबाङ शाखा रोल्पाद्वारा क्वारेन्टाइनका व्यक्तिहरुसँग भेटघाट
३ वैशाख, गाम रोल्पा ।


नेपाल रेडक्रस सोसाइटी पोबाङ उपशाखा सुनछहरी रोल्पाले सुनछहरी गाउँपालिकाभित्र विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुसँग आज गरेको छ । ति व्यक्तिहरुलाई कोरोना भाइरसबाट बच्नका लागि थप ज्ञान अभिवृद्धि भएको छ ।
यस उपशाखाले व्यक्तिगत सरसफाइ, मनोपरामर्श तथा सरसफाइ सम्बन्धि सामाग्री वितरण समेत गरेको छ । दोस्रो दिन सुनछहरी गाउपालिका–४ नं. वडा स्थित स्युरीको झिन्जाको फुलबारी टोलको सिद्ध प्राथमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका ६ जना र र सोही गाउँपालिका–३ नं. वडा बाहिरी गामको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका १७ जनालाई भेटेर व्यक्तिगत सरसफाइ सम्बन्धि सल्लाह सुझाव र परामर्श गरिएको हो । साथै व्यक्तिगत सरसफाइका लागि आवश्यक पर्ने सामाग्री पनि वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङले आफुहरुको क्वारेन्टाइन स्थिति हेर्न र आफ्ना गुनासोहरु सम्बन्धित निकायहरुसम्म पु¥याउन सहयोग गरेकोमा आफुहरु निकै हर्षित भएको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन् । उपशाखा सभापति खिम बहादुर बिष्ट, कोषाध्यक्ष रणबहादुर घर्ती मगर, उप सचिव हर्क घर्ती मगर, सह कोषाध्यक्ष धनलाल पुन, सदस्य जुनिस कुमार बिष्ट सहितको सहभागिमा यस कोरोना भाइरस बच्न र बच्नका लागि व्यक्तिगत सल्लाह सुझाव, परामर्श तथा सरसफाइ सामाग्री वितरण गरिएको थियो । पहिलो दिन सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामको नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा रहेका १३ जना, सोही वडाको धुङसीको प्राथमिक विद्यालयको क्वारेटाइनमा ४ जना, ५ नं. जैमाकसलाको नारबाङ स्थितको क्वारेन्टाइनमा ९ जना, स ७ नं. वडा जेलबाङको रुलबाङ स्थित क्वारेन्टाइनमा ४ जना व्यक्तिहरुसँग भेटघाट यस उपशाखाले गरेको थियो । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुसँग भेटघाटमा सम्बन्धित स्थानको युवा क्लब र जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

You may also like