त्रिवेणी गाउँपालका कार्यालय रोल्पाद्वारा कोरोना भाइरसबाट बच्न र बचाउन विभिन्न गतिविधि सञ्चालन

त्रिवेणी गाउँपालका कार्यालय रोल्पाद्वारा कोरोना भाइरसबाट बच्न र बचाउन विभिन्न गतिविधि सञ्चालन
२ वैशाख, लिबाङ–रोल्पा


विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस रोकथाम तथा भाइरसबाट बच्न र बचाउनको लागि त्रिवेणी गाउँपालिका कार्यालय रोल्पाले जनहितमा विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । यस भाइरस सम्बन्धि जनचेतनावृद्धिमा थप सहयोग पुगेको छ ।
लक डाउन पश्चात् गाउँपालिका बाहिर स्वदेश तथा विदेशबाट घर फर्किएकाको विशेष निगरानी, चेकजाँच, कोरोना भाइरसबाट बच्न विभिन्न जनचेतनामूलक अभियानहरु सञ्चालन, अतिविपन्न, जोखिम, खाद्यन्न समस्याहरुलाई राहत वितरणका कार्यक्रमहरु भइरहेको यस गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो । लक डाउनको समयमा यस गाउँपालिकाका २ सय ३८ जनालाई चामल, दाल, तेल नुन सहित अन्य राहतका सामग्रीहरु वितरण गरिएको छ । त्यसैगरी वडा कार्यालय तथा सामुदायिक वनहरुको सहयोगमा सबै घरपरिवारलाई मास्क र हात सावुन वितरण गरिएको छ । यसका साथै टोलहरुमा कोरोना भाइरसबाट बच्नको लागि जनचेतनामूलक अभियानहरु भइरहेको त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो । गाउँपालिका र नेपालप्रहरीको सक्रियातामा लक डाउनको पालना नियमित अनुगमन भइरहेका छन् । गाउँपालिको दुई नाकाहरुमा निगालपानी र नुवागाउँमा मानवीय आवतजावत र स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

You may also like