३०१ जनाको निःशुल्क मोतिया विन्द्रको अप्रेसन
१५ पौस, लिबाङ–रोल्पा
रोल्पा नगरपालिका–२ पिपल चौतरा रोल्पा स्थित सामुदायिक आँखा केन्द्रमा सोमबारबाट सुरु भएको तीन दिने निःशुल्क मोतिया विन्दु अप्रेसन शिविरमा ३०१ जना मोतिया विन्दुका विरामीहरुको अप्रेसन सम्पन्न भएको छ ।
तिलगंगा आखाँ प्रतिस्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाको संयुक्त आयोजनामा तीन दिनसम्म शिविर सञ्चालन गरिएको हो । ३ दिनसम्म सञ्चालन भएको शिविरमा आखाँका बिरामी बालबालिकादेखि वृद्व वृद्वासम्मका विरामीहरुको मोतिया विन्दु अप्रेसन सम्पन्न भएको जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पाका इञ्चार्ज धर्मेन्द्र यादवले बताउनुभयो । ३०१ जनामध्ये ३ जनाको सामान्य सल्क्रिया गरिएको उहाँले बताउनुभयो ।
जिल्लाको विभिन्न ठाउँमा मोतिया विन्दु छनोटका लागि आँखा शिविरमा ३ हजारले आख जाँच गरेको उहाँले जानकारी दिनुभयो ।