संघीयता खारेजको माग सहित राष्ट्रिय जनमोर्चा रोल्पाद्वारा विरोध सभा

संघीयता खारेजको माग सहित राष्ट्रिय जनमोर्चा रोल्पाद्वारा विरोध सभा
मंसिर १४ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is j1-1.jpg

“संघीयताको खारेज गरौं”भन्ने मुल नारा सहित कोरोना भाइरस रोकथाम र उपचारमा सरकारको असक्षमता एवम् लापरवाही र भ्रष्टचारकोे विरुद्धमा राष्ट्रिय जनमोर्चा रोल्पाले आज लिबाङमा विरोध सभा सम्पन्न गरेको छ ।
यस सभाको प्रमुख अतिथि अखिल नेपाल युवक संघकको पूर्व केन्द्रीय कासिनाथ प्रोख्रेल, राष्ट्रिय जनमोर्चा लुम्बिनि प्रदेश सदस्य एवम् जिल्ला अध्यक्ष मेघनाथ विष्ट, अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य विवि विष्ट र अखिल छैठौंको केन्द्रीय सदस्य खगेन्द्र विष्ट सहितका अतिथिहरुले सभालाई सम्बोधन गर्नुभएको थियो । सभाको वक्ताहरुले संघीय प्रणाली नै शान्ति र समृद्धको बाधक बनेको धारणा व्यक्त गर्नुभएको थियो । शान्ति र समृद्धको लागि अब संघीय प्रणाली नै खारेज हुनुपर्ने व्यक्ताहरुको जोड थियो । संघीयता खारेजको अभियानमा राष्ट्रिय जनमोर्चा पार्टीलाई साथ सहयोगका लागि व्यक्ताहरुले अपिल गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is j2-2.jpg

विरोध सभामा रक्तिम संस्कृति अभियानले पनि संघीयले शान्ति समृद्धमा प्रभावसँग सम्बन्धित नृत्यहरु समेत प्रस्तुत गरेको थियो । रुन्टीगढी गाउँपालिका–९ सखी निबासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता गुरु प्रसाद थापाले पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको थियो । सल्लाहकार हस्तमणी पुनको अध्यक्षतामा सम्पन्न विरोध सभाको सञ्चालन अखिल नेपाल युवक संघ रोल्पा जिल्लाको उपाध्यक्ष कृष्णराज वलीले गर्नुभएको थियो ।

You may also like