नेकपा रोल्पाद्वारा तीन वुदे सम्झौताको माग गर्दै प्रशासनमा धर्ना

नेकपा रोल्पाद्वारा तीन वुदे सम्झौताको माग गर्दै प्रशासनमा धर्ना


This image has an empty alt attribute; its file name is p1.jpg

१८ असोज, लिबाङ ।
नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले सरकार र पार्टी बिच भएको तीन वुदे सम्झौता हालसम्म कार्यन्वयन नभएको भन्दै ध्यानकर्षण स्वरुप जिल्ला प्रशासन कार्यालय रोल्पामा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एकीकृत जनक्रान्ति–जिन्दावाद, तीन वुदे सम्झौता कार्यन्वयन गर, सम्पूर्ण राजबन्दीलाई रिहा गर, झुठ्ठा मुद्वा खारेज गर नारा लेखिएको व्यानर सहित जिल्ला प्रशासन कार्यालय रोल्पामा पार्टीका नेता तथा कार्यकर्ताहरू धर्ना कार्यक्रम सम्पन्न गरेका हुन् । खड्क प्रसाद शर्मा ओलीको नेतृत्वको नेपाल सरकारल नेपाल कम्युनिष्ट पार्टीसँग तीन वुदे सम्झौता अनुसार पार्टी शान्ति प्रक्रियामा आएको थियो भने सरकारले पार्टीलाई लगाएको प्रतिबन्ध खुल्ला गरेको थियो । सोही अनुसार पार्टीका नेता तथा कार्यकर्ताहरुले सरकारसँगको सम्झौता अनुसार शान्तिपूर्ण राजनीतिक गतिविधिहरू सञ्चालन गर्दै आएका छन् ।

तर, पार्टीसँग सम्झौता भएको महिनौं बितिसक्दा पनि संघीय सरकारले कार्यन्वयन नगरेको भन्र्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले सरकारको ध्यानकर्षणका लागि शान्ति पूर्ण धर्ना कार्यक्रम आयोजना गरेको आयोजकले बताएको छ । प्रतिबन्धको समयमा प्रहरीद्वारा पक्राउ परेका पार्टीका नेता तथा कार्यकर्ताहरूमध्ये धेरै जेलमा नै रहेको छन् । सरकारलाई सम्झौता कार्यन्वयनका लागि शान्तिपूर्ण वातावरणबाट पार्टीले सरकराको ध्यानकर्षण गराउँदै आएको छ । पार्टीका कार्यकर्ताहरुलाई जेलबाट निकाल्नुपर्ने र नेता तथा कार्यकर्ताहरुलाई लगाएको झुठ्ठा मुद्वाहरू खारेजी नभएको अवस्थामा थप विरोधका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य नबाउन पार्टीले खबरदारी गर्दै आएको छ । धर्नामा नेपाल कम्युनिष्ट पार्टी रोल्पा जिल्लाको पूर्व इञ्चार्ज सन्तोष सुवेदी, पार्टीको रोल्पा जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको आयोजकले बताएको छ ।

You may also like