लकडाउनमा माक्स सिलाएर नाम र दाम कमाए पृथ्वी

मानसिंह विश्वकर्मा
बैशाख १ सुलिचौर

हरेक मानिसहरुलाई लक डाउनमा समय विताउन, दिन कटाउन निकै कठिन परिरहेको बेलामा रोल्पा सुलिचौर रुइनीबाङका पृथ्वी नेपालीलाई भने दिन वितको थाहाँ नै हुँदैन । बरु पृथ्वीलाई विहान कति चाडै हुन्छ, रात कति छिटो पर्दछ भन्ने कुराले चिन्चित बनाइरहेको छ ।
विगतको भन्दा पनि लक डाउनको बेलामा निकै व्यस्त रहनुभएको छ । आजकालको छोटो दिन करिव ५ बजे उज्यालो हुन्छ । उहाँले भन्नुभयोः–‘विहानै उज्यालो भइसकेको हुन्छ, त्यतिबेला निद्रा न पुगेको हुँदैन, कति छिटो उज्यालो हुन्छ, रात पनि कति छिटो पर्दछ । खाना खाने समय पनि पाइदैन ।’
रोल्पा जिल्लामा पनि लकडाउनको बेलामा सबै क्षेत्र सुनसान बनेको छ । त्यतिबेला पृथ्वीलाई त कुनै फूर्सद छैन । विहान क्षितिज नखुलकै बेलामा उठ्नु हुन्छ अनि राती अबेर निद्रा नलाग्दासम्म टेलर्समै काम गरेको बताउनुभयो । पृथ्वीले विहानै उठेर पसलमा जाने र दिनभरी माक्स सिलाएर बस्ने गर्दछन् । उहाँलाई माक्स सिलाएर नै समय विताउने गर्दछन् । एक्कासी सुनछहरी गाउँपालिका, लुंग्री, सुनिलस्मृतिबाट अडर आएपछि यो संकटको बेलामा आम्दानीतर्फ भन्दा पनि सेवा पनि गर्न भित्रैदेखि आयो र सेवाको काममा जुत्नुभयो ।

लकडाउनको बेलामा रोल्पा जिल्लाको विभिन्न स्थानीयनिकायको तर्फबाट आफूलाई करिव १० हजार वटा माक्स सिलाउन अडर आएको थियो । १० हजार वटा माक्स सिलाउनको लागि निकै हतार रहेको छ । त्यसैले पृथ्वीले कुनै कामको प्रवाह नगरी सिलाई रहनुभएको थियो । १० हजार वटा माक्स सिलाउनको लागि आफूसँग रहेको जनशक्तिलाई पनि परिचालन गर्नुभयो । आफूले पनि सिलाउनुभयो, र १० वटा माक्स तयार गर्नुभयो । एउटा माक्र्सलाई ३० मा विक्री गर्नु हुन्छ । १० हजार माक्स तयार गर्दा करिव ३ लाखको कारोवार भएको बताउनुभयो ।
लकडाउनको बेलामा पृथ्वी परियारले केही दिनमै ३ लाख कमाइ गर्नुभयो । लक डाउनको बेलामा समय कसरी विताउला भन्नु पनि भएन, आर्थिक आम्दानी पनि भयो समय पनि वित्यो त्यसैले हामीले समय अनुसारका लघु उद्यमहरु पनि गरेमा समय पनि वित्ने आर्थिक आम्दानी पनि हुने छ । त्यसतर्फ ध्यान दिनु पर्दछ । त्यसैले पृथ्वी सामाजिक उत्तरदायित्व बहन गरेर कामसंगै नाम एवं सेवाको भावनाले ओतप्रोत हुन जरुरी छ ।

 

 

You may also like