सुनिल स्मृति गाउँपालिकाद्वारा नयाँ वर्ष २०७७ सालकाे पावन अवसरमा शुभ कामना वक्तव्य जारी

१ वैशाख, सुलिचौर रोल्पा ।


सुनिल स्मृति गाउँपालिका कार्यालय रोल्पाले आज नयाँ वर्ष २०७७ सालको पवन अनवसरमा एक सूचना जारी गर्दै शुभ कामना वक्तव्य जारी गरेको छ ।
यस गाउँपालिकाले विश्वभरि महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को कारण नयाँ वर्ष २०७७ सालको पावन अवसरमा सामाजिक सञ्जालबाट शुभ कामना आदनप्रदान गर्न सुनिलस्मृतिको आह्वान समेत आह्वान गरेको छ ।

गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले गाउँपालिकाबासि तथा आम नेपालीहरुमा नयाँ वर्ष २०७७ को पावन अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमा जारी गर्दै भन्नुभएको छ,‘नव वर्ष २०७७ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण यस गाउँपालिकाबासी तथा आम नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा सु–स्वास्थ्य, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षले नोबेल कोरोना भाइरस (कोभिड–१९) को महामारीका विरुद्ध सबै एक भएर संघर्ष, पालना गर्न सम्पूर्ण गाउँबासी तथा आम नेपाली आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा पूर्ण सफलता सहित सु–स्वास्थ्यको कामना गर्दछु ।’ साथै उहाँले यस भाइरसले गर्दा संघीय सरकारले लागू गरेको लक डाउन सहित नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्नुहुन समेत अनुरोध गर्दै, नव वर्ष २०७७ को शुभकामना आदानप्रदान फोन, म्यासेज र सामाजिक सञ्जालको प्रयोग गर्दै शुभकामना आदान प्रदान गर्नुहुन समेत विशेष अनुरोध गर्नुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like